Thursday, March 5News That Matters

Author: रुपाकोट खबर

जाँदा–जाँदै ओली सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो

जाँदा–जाँदै ओली सरकारले २८ प्रतिशतसम्म गाडी भाडा बढायो

Banner News 2, समाचार, समाज
सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले आज बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ । भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार अर्थात् असार २७ गते नै विभागलाई सहमति दिएको थियो । विभागले हिजो मङ्गलवार २९ गतेदेखि नै नयाँ भाडा दर लागू भएको जनाएको छ । नयाँ भाडा दर अनुसार सार्वजनिक बसको भाडा २८ प्रतिशतले बढेको छ । यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ । बढेको भाडादर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्...
कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार

कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार

Banner News 3, समाचार, समाज
नेपाल पत्रकार महासंघ सोलुखुम्बुले कोरोना संक्रमित ४ जना सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार प्रदान गरेको छ । प्रदेश नम्बर एकको सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश कमिटिको संयोजनमा मंगलबार एक कार्यक्रमका बीच नगद रु. १० हजारका दरले पुरस्कार प्रदान गरेको हो । पुरस्कार प्राप्त गर्नेहरुमा जिल्लामा सञ्चालित सोलु एफ.एममा कार्यरत अन्जु कार्की र रमन वन, रेडियो चोमोलुङ्मामा कार्यरत बिदुर बस्नेत र गोरखापत्र दैनिकका जिल्ला संवाददाता सन्तोष राउत रहेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुले जनाएको छ । पुरस्कृत चारै जना संक्रमण मुक्त भईसकेको जनाइएको छ । उनीहरुलाई समाचार संङकलनको क्रममा कोरोना लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले बताउँनु भयो ।...
यस्तो छ देउवाको पाँचौँ पटक प्रधानमन्त्री बन्दासम्मको राजनीतिक यात्रा

यस्तो छ देउवाको पाँचौँ पटक प्रधानमन्त्री बन्दासम्मको राजनीतिक यात्रा

Banner News 2, राजनीति, समाचार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराउनुभएको हो । २००३ सालमा डडेल्धुराको असीग्राममा जन्मनुभएका देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०२८ सालमा नेविसङ्घको सभापति बन्नुभएका देउवा विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । देउवाले राजनीतिक जीवनकालमा पटक–पटक गरी नाै वर्षभन्दा बढी समय जेल जीवन बिताउनुभएको छ । देउवा २०४८ सालदेखि यताका सबै संसदीय तथा संविधान सभा चुनावमा अपराजित हुनुहुन्छ । देउवा २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापति बन्नुभएको हो । २०५९ सालमा नेपाली कांग्रेस विभाजन गरेर उहाँ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बन्नुभएको थियो । २०६४ सालमा पार्टी एकीकरण गरेर देउवा पार्टीको वरिष्ठ नेता बन्नु...
सुन चाँदीको भाउ बढ्यो

सुन चाँदीको भाउ बढ्यो

अर्थ
सुन चाँदीको भाउ आज फेरि बढेको छ । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ भने चाँदीकाे भाउ १० रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा १३ सय २० रुपैयाँ छ ।
उपभोक्ता समितीद्धारा काम सकेर बाकी रहेको रकम बिद्यालयलाई हस्तान्तरण

उपभोक्ता समितीद्धारा काम सकेर बाकी रहेको रकम बिद्यालयलाई हस्तान्तरण

Banner News 1, समाचार, स्थानीय
खोटाङमा एक उपभोक्ता समितीले शौचालय निर्माण गरेर बाकी रहेको रकम बिद्यालयलाई दिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटार बरापानी स्थीत पन्चावती प्राथामिक बिद्यालयको शौचालय निर्माण पश्चात बाकी रहेको १ लाख रकम समितीले सोहि बिद्यालयलाई जिम्मा लगाएको नगरपालिका कर्मचारी सिताराम बस्नेतले जानकारी दिनुभयो । चालु आर्थीक बर्ष २०७७\०७८मा नगरपालिकाबाट शौचालय निर्माणको लागि ७ लाख बजेट बिनियोजन भएको थियो । स्टमेट अनुसारको २ कोठाको शौचालय ६ लाखमै निर्माण भएपछि बाकी रहेको रकम बिद्यालयलाई जिम्मा लगाएको उपभोक्ता समितीका अध्यक्ष होम बहादुर राउतले बताउँनु भयो । उपभोक्ता समितीले बुझाएको रकम लगानि गरी प्राप्त हुने ब्याज बिद्यालयमा कार्यरत निजि शिक्षकको ब्यवस्थापनमा खर्च गरीने प्रधानाध्यापक पदमलाल चौधरीले बताउँनु भयो । यस्तै रकम अनुसारको काम नभएको भन्दै कतिपय ठाउँमा उपभोक्ता समितीको आलोचना भईरहदा उक्त ब...
लिफ्टिङ मार्फत रावा खोलाको पानी गिद्धेबेँसीमा, अब बाह्रै महिना खेती गर्न सकिने

लिफ्टिङ मार्फत रावा खोलाको पानी गिद्धेबेँसीमा, अब बाह्रै महिना खेती गर्न सकिने

Banner News 2, समाचार, स्थानीय
खोटाङ : खोटाङको रावाबेसी गाउँपालिका ६ हौँचुरमा रावाखोलाबाट लिफ्टिङ गरी सिँचाई सुबिधा सञ्चालनमा आएको छ । आर्थीक बर्ष ०७५\७६ मा बिनियोजित गाउँपालिकाको ६ लाख बजेटबाट सम्पन्न योजनाको आईतबार (आज) गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले उद्धघाटन गरेसँगै सिँचाई सुबिधा सञ्चालनमा आएको वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठको भनाई अनुसार विद्युतको प्रयोगमा भुतियाबाट करीब १०० मिटर माथी बाद्रे सम्म पानि लिफ्टिङ गरिएको छ । गिद्धेबेँसीका करीब १ सय ५० रोपनी खेतमा बाह्रै महिना खेती लगाउँन सकिने उहाँले बताउँनु भयो । यस अघि खेति लगाउँन आकाशको पानी पर्खिएर बस्नु पर्ने कृषकहरुको बाध्यता थियो । भुतिया गिद्धेबेँसी सिँचाई सुबिधा सञ्चालनमा आएसँगै त्यहाँका कृषहरुको आम्दानीमा बृद्धि हुने वडाध्यक्ष श्रेष्ठको भनाई छ ।...