राष्ट्रिय स्वतन्त्र पार्टीको दिक्तेल रुपाकोट नगर समिति गठन
खोटाङ, माघ १३ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा समिति गठन गरेको छ । शुक्रबार भएको खुल्ला जिल्ला भेलामा नगर समिति गठन गरेको बताइएको छ ।
माघ १२ गते जिल्ला समन्वय समितिको सभाहलमा (रास्वपा) को खुल्ला जिल्ला भेला राखिएको थियो । सोही भेलाको अवसरमा नगर समिति निर्माण गरिएको (रास्वपा)का क्षेत्रीय सचिव मुकुन्द कृष्ण थापाले जानकारी दिनुभयो । भेलामा प्रतिनिधि सभा सदस्य अशोक चौधरी, कोशी प्रदेश सभापति राजेश तिमिल्सीना, महामन्त्री लाल विक्रम थापासँगै जिल्लाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
भेलाले नगर समितिको संयोजकको जिम्मेवारी पर्शुराम थापा “आशिष”लाई दिएको छ । यस्तै, सह–संयोजकमा चन्द्रकला परियार, सचिवमा बिजय मिश्र, कोषाध्यक्षमा जीवन ढकाल, सदस्यहरुमा भरत ढकाल, खगेन्द्र आचार्य, एकराज ढकाल, आनन्द खत्री, मन्जु घिमिरे रिजाल, टेक ब...









