Sunday, February 16News That Matters

ट्रेन्डिङ

कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

कांग्रेस खोटाङको सभापतिमा चार जनाको भिडन्त, दोस्रोे चुनावको संभावना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ कार्तिक ३० : नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा चार जनाको भिडन्त हुने देखिएको छ । नेपाली कांग्रेस खोटाङको जिल्ला नेतृत्व गर्न चार जनाले सभापतिमा उम्मेद्वारी दिएसँगै जिल्ला अधिवेशनमा चार जनाको भिडन्त हुने पक्का जस्तै भएको छ । नेपाली कांग्रेस खोटाङको अधिवेशन मंसिर ६ गते हुँदैछ । अधिवेशन आफ्नो पक्षमा पार्नको लागी यतिबेला कांग्रेसका नेता कार्यकर्ता गाउँगाउँमा पुगेका छन । सातौँ जिल्ला अधिवेशनमा जिल्ला तहको नेतृत्वका लागि कांग्रेस पूर्व जिल्ला सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको समूह नै घोषणा भएको छ । राईको समूहबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई उम्मेद्वार रहनुभएको छ । यस्तै सह–सचिवमा सार्जन राई र शालिकराम बञ्जारालाई उम्मेद्वार बनाइएको छ । यस्तै, पुर्व राज्यमन्त्री सर्वधन राईले जिल्ला सभापतिमा आफ्नो उम्मेद्वा...
खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

खोटाङमा २ हजार बढी अति विपन्न परिवारले ‘कोभिड राहत रकम’ पाउँदै, कुन स्थानीय तहमा कति परिवार ?

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक २३ : कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित खोटाङका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप १० हजार रुपैयाँ पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेटमार्फत घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेसँगै जिल्लाका २ हजार ७ सय ३९ अति विपन्न परिवारले राहतस्वरूप उक्त रकम पाउने भएका हुन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका ६ सय २ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ सय ३७ अति विपन्न परिवारले राहत रकम पाउने राजपत्रमा उल्लेख छ । यस्तै साकेला गाउँपालिकाका १९३, दिप्रुङ चुइचुम्मा गाउँपालिकका ३ सय ३८, खोटेहाङ गाउँपालिकाका ४ सय १७, जन्तेढुङ्गा गाउँपालिकाका ३ सय ५ र वराहपोखरी गाउँपालिकाका २ सय ४७ परिवारले राहत रकम पाउने भएका छन् । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटले कोरोनाबाट प्रभावित अ...
नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

नगरपालिकाद्धारा निर्मलीडाँडाका महिलालाई ढाका बुनाइ तालिम प्रदान

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ कार्तिक १३ गते : जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले महिलाहरूलाई स्वरोजगार बनाउन तीन महिने सीपमूलक ढाका बुनाइ तालिम प्रदान गरेको छ । आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाको ९ नं. वडा निर्मलीडाँडास्थित साकेला महिला समूहका ७ जना महिलालाई तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विणादेवी राईले जानकारी दिनुभयो । नगरपालिका र ९ नं. वडाको आर्थिक सहयोगमा गत साउन १४ गतेबाट सुरु तालिममा चन्द्रकला राईले सहजीकरण गर्नुभएको थियो । तालिममा सहभागी महिलाले ढाकाको कपडाबाट साडी, कोट, सललगायतका कपडा बनाउन सिकेका छन् । उनीरूले उत्पादनसमेत थालिसकेका र ठूलो मात्रामा उत्पादन गरे नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने उपप्रमुख राईले बताउनुभयो । तालिमका समापनका अवसरमा आज प्रशिक्षिकालाई प्रशंसापत्र र प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ । नगरपालिकाले विगतका वर्षमा पनि नगरभित्रका ...
बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज
काक्तिक ४ गते : बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ। २८ जना बेपत्ता छन्। १२ घाइते छन्। ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन । ५० घरमा पानी पसेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ। ३ जना बेपत्ता छन्। इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ । खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन । नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाए...
यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

यसरी सदुपयोग हुँदैछ हलेसीमा मकैको खोसेला

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २० : मकैको खोसेलाबाट बन्ने विभिन्न सामग्री निर्माणका लागि हलेसी तुवाचुङ नगरपालिकाका महिलालाई यस सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङसँगको समन्वयमा १२ दिनको आधारभूत तालिम दिइएको नगरपालिकाकी उपप्रमुख विमला राईले जानकारी दिनुभयो । हलेसी तुवाचङ नगरपालिका–७, ऐँसेलुखर्कमा असोज ८ देखि १९ गतेसम्म सञ्चालन भएको तालिममा १९ जना महिला सहभागी थिए । सहभागीहरूलाई यसअघि नगरपालिकाले आयोजना गरेको तालिममा लिनुभएकी मनिषा राईले प्रशिक्षण दिनुभएको थियो । मकैको खोसेलाबाट झोला, डोर म्याट, चप्पल, ढाकी, ह्याट, टि–म्याट, फूलदानी, पिरा, डायनिङ म्याट, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्ने तालिम दिइएको हो । सामान्यतया घाँसको रूपमा गाईवस्तुलाई खुवाउने गरिएको खोस्टाबाट घरायसी आकर्षक घरायसी सामग्री उत्पादन गरी...
जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु भएको छ । दिक्तेलबाट साप्सुखोला हुँदै खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारसम्म जाने सडकको प्रारम्भिक स्तरोन्नतिको काम सुरु भएको हो ।   सडक विभागको ८ करोड लागतमा सडक स्तरोन्नतिको काम थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । आज (बुधबार) जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र नगरप्रमुख दिपनारायण रिजालले संयुक्त रूपमा सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो । १० मिटर चौडाइ र ६ किलोमिटर लम्बाइको सडक आगामी पुस सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।...
गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पवन खड्का, खोटाङ असोज १२ : खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् । गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउँनु भयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।...
खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

खोटाङमा नागरिकता लिनेको सङ्ख्या बढ्यो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज ११ : जिल्ला प्रशासन कार्यालय खोटाङबाट पाँच महिनामा १६ सय ४७ जनाले नागरिकता लिएका छन् । कार्यालयको नागरिकता शाखाका अनुसार प्रतिलिपि, संशोधन र नयाँ गरी चालु वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको अवधिमा सो संख्याको राहदानी वितरण भएको हो । दुई जनाले वैवाहिक अंगीकृत र बाँकीले वंशजका आधारमा नागरिकता लिएका हुन् । नागरिकता लिनेमा ९ सय ५३ पुरुष र ६ सय ९४ महिला रहेका सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती खनाल पौडेलले जानकारी दिनुभयो । यस अवधिमा भदौ महिनामा सबैभन्दा बढी र जेठ महिनामा सबैभन्दा कमले नागरिकता लिएका छन् । भदौमा ३ सय ४९ पुरुष र २४७ जना महिला गरी ५९६ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठमा भने एक जना पुरुषले मात्र नागरिकता लिएका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढेपछि जिल्लामा निषेधाज्ञा जारी गरिएकाले जेठ महिनामा नागरिकता वितरण प्रभावित भएको सहायक प्...
खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

खोटाङमा एस्ट्राजेनिका खोपको पहिलो मात्रा असोज ४ र ५ गते लगाईदै

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । ४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ । खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।...
खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ असोज २ गते : खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि भएको छ । एक हप्ताको अवधिमा जिल्लाको तीन स्थानीय तहका आठ जनामा डेंगु रोग पुष्टि भएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले जानकारी दिनुभयो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, सोहि नगरपालिका–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेंगु लागेको पूष्टि भएको उहाँले बताउँनु भयो । डेंगु रोग लागेको पुष्टि भएका ६ जनालाई शरीरमा रगत कम भएकाले जिल्ला अस्पताल खोटाङले रेफर गरेको छ । बाकी दुई जनाको घरमै उपचार भईरहेको छ । यो सिजनमा खोटाङमा विगतका वर्षमा पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।...