असोज ०६, खोटाङ। १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक चरणको तथ्यांक संकलन गर्न खोटाङमा घरघरमा सुुपरीवेक्षक परिचालन भएका छन् ।
भदौ अन्तिम साता दुुई दिने पुुनर्ताजगी तालिम दिएर खटाइएका ७१ जना सुुपरीवेक्षकले हालसम्म करिब २० प्रतिशत घर तथा घरपरिवारको सूचीकरण गरिसकेको जिल्ला जनगणा कार्यालय खोटाङले जनाएको छ । कार्यालयका अनुुसार भदौ ३० गतेदेखि परिचालन गरिएका सुुपरीवेक्षकले असोज १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरणको काम गर्ने छन् ।
असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको गणनामा घर, जनगणना घर र जनगणना परिवार संख्या गणना गर्ने काम भइरहेको जिल्ला जनगणना अधिकारी जितबहादुर कोइराला (जेबी) ले जानकारी दिनुुभयो । यसका साथै घरको विवरण, घरमूूलीको नाम, घर कुन प्रयोजनामा रहेको छ, पशुपंक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायतका २० प्रश्नसमेत सुपरीवेक्षकले सोध्ने गरेका छन् ।
सुपरीवेक्षकले संकलन गरेको तथ्यांक इन्ट्रीमा भने समस्या भइरहेको जनगणना अधिकारी कोइरालाले बताउनुुभयो । उहाँका अनुुसार भौगोलिक विकटता, वर्षाको समय रहेकाले मौसममा आउने प्रतिकूूलता र इन्टरनेटको समस्याले तथ्यांक संकलनको काममा अपेक्षाअनुुरुप प्रगति हुन सकेको छैन । सुपरीवेक्षकले मोबाइल एपको सहयताले फिल्डबाटै दैनिक डाटा इन्ट्री गर्नुपर्ने तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुने भएकाले समस्या हुने गरेको छ ।
पहिलो चरणमा संकलन गरिएको तथ्यांकको आधारमा मूलगणना गरिने कार्यालयले जनाएको छ । मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
सरकारले प्रत्येक १०/१० वर्षमा जनगणना गर्ने गर्दछ । दोस्रो लहरको कोरोना महामारीका कारण स्थगित भएर पुनः सुचारु भएको राष्ट्रिय जनगणना कार्यक्रम अहिले देशैभर चलिरहेको छ । यसपालिको जनगणना ‘मेरो गणना, मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८’ भन्ने नाराका साथ भइरहेको छ ।
