Saturday, September 12News That Matters

Banner News 2

दिक्तेलको सार्वजनिक चौतारो पाँच वर्षदेखि गायब

दिक्तेलको सार्वजनिक चौतारो पाँच वर्षदेखि गायब

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ ३ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलस्थित हस्पिटल चोकमा रहेको सार्वजनिक चौतारो गायब भएको छ । करिब २ सय वर्षदेखि स्थानीय समुदायको संस्कारसँगसमेत जोडिएको सार्वजनिक चौतारो अहिले गायब भएको हो । हस्पिटल चोक नामले परिचित जिल्ला अस्पताल नजिकै रहेको सार्वजनिक धारा अहिले पनि जिवित छ । परापूर्वकालदेखि नागरिकको तिर्खा मेटाउदै आएको धारालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा संरक्षण गरिएको छ । तर, धारासँगै जोडिएको सार्वजनिक चौतारो भने अहिले गायब भएको छ । उक्त स्थानमा दुई कित्ता सार्वजनिक जग्गा रहेको छ । एक कित्ता सार्वजनिक धारा र अर्को कित्ता सार्वजनिक चौतारोकोरुपमा भूमि प्रशासन कार्यालय (तत्कालिन मालपोत कार्यालय)मा दर्ता रहेको देखिन्छ । साविक दिक्तेल गाउँविकास समिति वडा नम्बर २ र ३ अन्तरगत हस्पिटल चोकस्थित ७ आना ३ दाम २ पैसा क्षेत्रफल रहेको कित्ता नम्बर ...
समयको चाल चलन

समयको चाल चलन

Banner News 2, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट
विनोद राई पाषण                                समयको चाल चलन बाटो देखिन्न अगाडि पहाड छ हुन त हामीसँग डोजर पनि छ आस्था राख्छु भन्न पाईएन । स्वतन्त्र रूपमा घण्टी बजाउन पाइएन समयको चालचलन यस्तो छ... कृषि प्रधान देशको हामी किसानले मेरो माटो भन्न पाइएन श्रमदान भन्नु पर्या छ । समयको दखल यस्तो छ... रूख जोगाउनु सितल दिन्छु, देश बनाउछु भन्नेहरू मासुभात दिएर वन फडानीमा लाग्या छन् । समयको अकल यस्तो छ... अनन्त शक्ति घाम नै हो भन्थे देशको नागरिक रापले पिल्सिएर सेकुवा भएका छ्न । समयको हालत यस्तो छ... ... उता बिजुली बत्तिको टुङ्गो छैन पिलिक्क पिलिक्क आँउदै जाँदै गर्छ... समयको स्थिरता यस्तो छ... यता हसिया हतौडा वन फडानी गर्दै घाम छेक्ने छाप्रो बनाउने दाउको पर्खाइमा छ । समयको खिचातानि यस्तो छ । भन्नै पर्दा यि सबै एकै ड्याङका मुला हुन् । हजार ग्राम र...
खोटाङमा १३ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

खोटाङमा १३ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ फागुन, १० गते । खोटाङमा १३ वर्षीया  छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका २४ वर्षीय टेकबहादुर खत्री पक्राउ परेका हुन् । आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी  गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए । परिवारले घटनाको विषयमा जानकारी गराएपछी शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । परिवारले लिखित जाहेरी दिइसकेका छन । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । बालिकाको जिल्ला अस्...
पहिलो पटक कांग्रेसको साझा उम्मेदवार बने बिरकाजी राई, इतिहास रच्ने अवसर

पहिलो पटक कांग्रेसको साझा उम्मेदवार बने बिरकाजी राई, इतिहास रच्ने अवसर

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, माघ १३ गते । नेपाली कांग्रेस खोटाङको पहिलो पटक बिरकाजी राई साझा उम्मेदवार बनेका छन् । विभिन्न गुटका कारण प्राय सबै निर्वाचनमा टिकटप्रति रुष्टहुँदै आएको खोटाङ कांग्रेस यो पटक सबैले उम्मेदवारलाई समर्थन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट बिरकाजी राई कांग्रेसको उम्मेदवार छन् । उनलाई अहिलेसम्म जिल्लाका सबै कांग्रेसी नेताहरुले समर्थन गरेको देखिन्छ । बागी उम्मेदवार र अन्तरघातले आजित भएको कांग्रेस यो पटक एक ठाउँमा उभिएर जीत निकाल्ने दाउमा रहेको छ । विगतका निर्वाचनहरुमा एउटा पक्षले टिकट ल्याउने अनि अर्को पक्ष रुष्टहुँदै आएको प्रष्ट देखिन्थ्यो । तर, बिरकाजी राईलाई अहिले सबै पक्षले समर्थन गरेका छन् । कांग्रेस जिल्ला कार्यसमितिको एक कार्यकाल सचिव भएका राई सभापतिमा पराजित भएका थिए । अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका राईलाई प...
हलेसी तुवाचुङका पाठेघरको समस्या भएका १३ महिलाको निःशूल्क शल्यक्रिया

हलेसी तुवाचुङका पाठेघरको समस्या भएका १३ महिलाको निःशूल्क शल्यक्रिया

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १२ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघरको समस्या भएका १३ जना महिलाहरुको शल्यक्रियासहितको सफल उपचार गराएको छ । बनेपास्थित शीर मेमोरियल अस्पताल लगेर नगरपालिकाले महिलाहरुको निःशूल्क उपचार गराएको हो । पाठेघरको समस्या भएका महिलाको पहिचान र उपचारका लागि नगरपालिकाले पुस २० र २१ गते महिला प्रजनन रुग्णता शिविर सञ्चालन गरेको छ । सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा २२ जना महिलाहरुको पाठेघरको शलयक्रिया गर्नु पर्ने देखिएको थियो । २२ मध्ये १८ जनालाई माघ ४ गते अस्पताल लगिएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अहेव विबेक पराजुलीले बताउनुभयो । ४ जना अउपचारको लागि जान नमानेको उहाँको भनाइ छ । उपचारसहित बिरामी र कुरुवालाई निःशूल्क खाना बस्न र यायातायातको व्यवस्था नगरपालिकाले गरेको थियो । बस रिजर्भ गरेर नगरपालिकाले अस्पताल पुराएको १८ मध्ये १३ जनाको ...
खोटाङकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जित्यो

खोटाङकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जित्यो

Banner News 2, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, माघ ११ गते । खोटाङमा सञ्चालित हालसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेका छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा आयोजित ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जितेको हो । आइतबार भएको फाइनलमा गछिया युवा समाज मोरङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको नेर्पाले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–४ गोलले नेर्पासँग गछिया पराजित भएको थियो । उपविजेता बनेको गछिया युवा समाजले १ लाख ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलिस्ट भएका आयोजक बुइपा–११ स्पोर्टस क्लब र रारम्बु स्पोर्टस क्लबले नगद ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बुइपास्थित यलम्बर खेलमैदानमा सम्पन्न आम...
खोटाङमा व्यवसायिक राँगा पालन 

खोटाङमा व्यवसायिक राँगा पालन 

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १६ । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामुहिकरुपमा व्यवसायिक राँगा पालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । उनीहरुलाई घाँसको कुनै चिन्ता छैन् । दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यवसायिकरुपमा राँगा पालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीति अनुसार कृषकहरुले व्यवसायिकरुपमा राँगा पाल्न थालेका हुन् । दुधको लागि भैँसी पाल्दै आएपनि मासुका लागि व्यवसायिकरुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामुहिक र केही ठाउँमा ब्यक्तिगत राँगा पालन सुरु गरेका हुन् । अ...
अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन १६ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको खोटाङ र सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीले पाएका छन् । अनेरास्ववियुकाको खोटाङ जिल्लाको निवर्तमान अध्यक्ष उपरकोटी हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्य उपरकोटीलाई अनेरास्वियुको केन्द्रीय सचिवालय बैठकले खोटाङ र सोलुखुम्बु दुई जिल्लको इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, सचिवालयको बैठकले अनेरास्ववियु खोटाङ जिल्ला संयोजक शुसिला तिमिल्सिनालाई तोकेको छ । तिमिल्सिनाले संयोजकको जिम्मेवारी पाउदा अबिशेक घिमिरे र इश्वर आचार्यलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।...
दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिको सुविधामा एक वर्षमा १ करोड २२ लाख ६४ हजार खर्च भएको पाइएको छ । महालेखा परीक्षको कार्यालयको लेखा परीक्षण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा उक्त खर्च भएको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाका मेयर उपमेयरदेखि वडा सदस्यसम्मको सुविधा खर्चमा १ करोड २२ लाख ६४ हजार खर्च भएको छ । जुन नगरपालिकाको आन्तरिक आयको ९९.५ प्रतिशत हो । प्रतिवेदन अनुसार पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६८ प्रतिशत चालु र २७ प्रतिशतमात्र पुँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको महालेखाले जनाएको छ । मितव्ययिता नपनाइ अत्याधिक खर्च महालेखा प्रतिवेदन अनुसार कर्मचारी तथा पदाधिकारी बैटक भत्ता, अनुगमन तथा भ्रमण खर्च,...
पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १० । पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षका सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा बेपत्ता भएका हुन् । डिकुवाका वडाध्यक्ष देबेन्द्र राईका अनुसार शनिबार बिहान करिब ११ बजेको समयमा डिकुवा ओख्लाङका बिन्द्र केशर राईका छोरा सविन राईलाई सुनकोशीले बगाएको हो । स्थानीयहरुले खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईले बताउनुभयो । वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले खोजी गरिरहेको उहाँको भनाइ छ । हाल च्यास्मिटार प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जानकारी आउनसाथ च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटिएका हुन् । धामी लिन भनेर ओख्लाङबाट सविन र उनका साथी १५ वर्षका सागर राई डिकुवा गएका थिए । सुनकोशी किनारको बाटोहुँदै गएका दुवै जना तुइम्बु बादरेखोप भन...