Thursday, December 4News That Matters

Banner News 2

जेनजी आन्दोलनमा बनेपा हिरासतबाट फरार एक ब्यक्ति खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा बनेपा हिरासतबाट फरार एक ब्यक्ति खोटाङमा पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २२  । जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक ब्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ केराबारीका २३ वर्षीय प्रबिन मगर रहेका छन् । जबरजस्ती करणीको मुद्धामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थिए । फरार भएको करिब २ महिना पछि प्रहरीले पक्राउ गरेको हो । काभ्रे हिरासतबाट फरार भएका मगर आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले कात्तिक २० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मगरलाई थप कारबाहीको लागि बनेपा इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीलाई कात्तिक २२ गते जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो ।...
खोटाङमा व्यवसायिक राँगा पालन 

खोटाङमा व्यवसायिक राँगा पालन 

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १६ । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामुहिकरुपमा व्यवसायिक राँगा पालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । उनीहरुलाई घाँसको कुनै चिन्ता छैन् । दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यवसायिकरुपमा राँगा पालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीति अनुसार कृषकहरुले व्यवसायिकरुपमा राँगा पाल्न थालेका हुन् । दुधको लागि भैँसी पाल्दै आएपनि मासुका लागि व्यवसायिकरुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामुहिक र केही ठाउँमा ब्यक्तिगत राँगा पालन सुरु गरेका हुन् । अ...
अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन १६ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको खोटाङ र सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीले पाएका छन् । अनेरास्ववियुकाको खोटाङ जिल्लाको निवर्तमान अध्यक्ष उपरकोटी हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्य उपरकोटीलाई अनेरास्वियुको केन्द्रीय सचिवालय बैठकले खोटाङ र सोलुखुम्बु दुई जिल्लको इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, सचिवालयको बैठकले अनेरास्ववियु खोटाङ जिल्ला संयोजक शुसिला तिमिल्सिनालाई तोकेको छ । तिमिल्सिनाले संयोजकको जिम्मेवारी पाउदा अबिशेक घिमिरे र इश्वर आचार्यलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।...
दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिको सुविधामा एक वर्षमा १ करोड २२ लाख ६४ हजार खर्च भएको पाइएको छ । महालेखा परीक्षको कार्यालयको लेखा परीक्षण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा उक्त खर्च भएको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाका मेयर उपमेयरदेखि वडा सदस्यसम्मको सुविधा खर्चमा १ करोड २२ लाख ६४ हजार खर्च भएको छ । जुन नगरपालिकाको आन्तरिक आयको ९९.५ प्रतिशत हो । प्रतिवेदन अनुसार पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६८ प्रतिशत चालु र २७ प्रतिशतमात्र पुँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको महालेखाले जनाएको छ । मितव्ययिता नपनाइ अत्याधिक खर्च महालेखा प्रतिवेदन अनुसार कर्मचारी तथा पदाधिकारी बैटक भत्ता, अनुगमन तथा भ्रमण खर्च,...
पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १० । पौडी खेल्ने क्रममा सुनकोशीमा खोटाङका एक किशोर बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १६ वर्षका सविन राई पौडी खेल्ने क्रममा शनिबार सुनकोशीमा बेपत्ता भएका हुन् । डिकुवाका वडाध्यक्ष देबेन्द्र राईका अनुसार शनिबार बिहान करिब ११ बजेको समयमा डिकुवा ओख्लाङका बिन्द्र केशर राईका छोरा सविन राईलाई सुनकोशीले बगाएको हो । स्थानीयहरुले खोजी कार्य जारी राखेपनि हालसम्म फेला नपरेको वडाध्यक्ष राईले बताउनुभयो । वडा सदस्य सुर्ज अधिकारीसहितको टोलीले खोजी गरिरहेको उहाँको भनाइ छ । हाल च्यास्मिटार प्रहरी चौकीबाट प्रहरीहरु घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । जानकारी आउनसाथ च्यास्मिटार प्रहरी चौकीबाट प्रहरी टोली खटिएका हुन् । धामी लिन भनेर ओख्लाङबाट सविन र उनका साथी १५ वर्षका सागर राई डिकुवा गएका थिए । सुनकोशी किनारको बाटोहुँदै गएका दुवै जना तुइम्बु बादरेखोप भन...
रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी

रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा वडा अधिवेशन सुरु गरेको छ । जिल्ला सदरमुकाम एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबाट रास्वपाले वडा अधिवेशन सुरु गरेको हो । शुक्रबार भएको पहिलो वडा अधिवेशनले दिक्तेल वडाको सभापतिमा दुर्गा देवी कार्कीलाई चयन गरेको छ । पार्टीको बिधान अनुसार कार्कीको नेतृत्वमा ११ जनाको वडा समिति निर्माण गरिएको रास्वपाका खोटाङ सभापति मुकुन्द कृष्ण थापाले जानकरी दिनुभयो । उप–सभापतिमा चन्द्र बहादुर परियार, सचिवमा पदम घिमिरे चयन हनुभएको छ । यस्तै, सदस्यहरुमा सिता बस्नेत, इन्द्र बेलास आचार्य, सुशिला बास्तोला, गिता आचार्य, लीलानाथ पाण्डे, डिल्ली प्रसाद आचार्य, राधा घिमिरे पराजुली र तोरण सैंजु रहनुभएको छ । कार्यक्रममा जिल्ला सभापति थापासँगै जिल्ला सचिव तुला बहादुर खत्री, दिक्तेल नगर संयोजक पर्शुराम थापा (आशिष), जिल्ला RAT बिभाग संयोजक आनन्द ख...
पञ्चावती आविमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना

पञ्चावती आविमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ३१ । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारस्थित पञ्चावती आधारभूत विद्यालयमा १ लाख ११ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय तेज बहादुर राउतको स्मृतिमा परिवारले वैशाख ३० गते मंगलबार अक्षयकोष स्थापना गरेका हुन् । श्रीमती तिल कुमारी राउत, छोराछोरीहरु गणेश बहादुर राउत, होम बहादुर राउत, कृष्ण बहादुर राउत, शर्मिला राउत, जानुका राउत र तिलक राउतले विद्यालयलाई अक्षयकोषको रकम हस्तान्त्रण गरेका हुन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरलाई वृद्धि गर्न सहयोग गर्ने उदेश्यले स्वर्गीय बुवाको नाममा अक्षयकोष स्थापना गरिएको छोरा कृष्ण राउतले बताउनुभयो । अक्षयकोषको रकमबाट आएको ब्याजले हरेक वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरिने उहाँको भनाइ छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लंक बहादुर बस्नेतको अध्यक्षता एवं मंगलटारका वडाध्यक्ष गण राईको प्रमुख आतिथ्यतामा अक...
संघीय निजामती ऐन जारी गर्न माग गर्दै खोटाङका कर्मचारी संगठनहरुले बुझाए ज्ञापनपत्र

संघीय निजामती ऐन जारी गर्न माग गर्दै खोटाङका कर्मचारी संगठनहरुले बुझाए ज्ञापनपत्र

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख ८ गते । खोटाङका चार कर्मचारी संगठनले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्मचारी संगठनहरुले सभामुखलाई पठाउने गरी प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ज्ञापनपत्र हस्तान्त्रण गरेका हुन् । विभिन्न ११ बुँदे मागसहित जिल्लामा सकृय चारै संगठनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाईसमेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् । देशै भर वैशाख ८ गते ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनहरुको संयुक्त कार्यक्रम रहेको थियो । माग पुरा नभए वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने कर्मचारी संगठनहरुको केन्द्रीय कार्यक्रम रहेको छ । यस्...
घर र जग्गा विद्यालयलाई निःशूल्क उपहार (भिडियो सहित)

घर र जग्गा विद्यालयलाई निःशूल्क उपहार (भिडियो सहित)

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २ । खोटाङको हलेसी तुवाचुङ नगरापलिका–१० अर्खौलेस्थित ८१ वर्षीया वृद्धा जयथकु श्रेष्ठले आफ्नो घर जग्गा विद्यालयलाई दान गर्नुभएको छ । घर नजिकै रहेको सरस्वती माध्यमिक विद्यालयलाई वृद्धा श्रेष्ठले घरसहित ६ आना, २ पैसा, २ दाम जग्गा दान गर्नुभएको हो । स्वर्गीय दिलबहादुर श्रेष्ठकी श्रीमती जयथकु हाल छोरा बुहारीसँग जिल्ला बाहिर बस्दै आउनुभएको छ । तीन छोराहरुको स्वीकृतिमा आमा जयथकुले पुर्खौली घर र जग्गा विद्यालयलाई दान गर्नुभएको हो । अर्खौले बजारमा रहेको करिब ८ लाख बराबरको घर र जग्गा फागुन २७ गते वृद्धा जयथकुले मालपोत कार्यालय दिक्तेलमा उपस्थित भएर विद्यालयलाई निःशुल्क नामसारी गरिदिनुभएको हो । आफ्नो पुर्खौली घर जग्गा पैसामा बिक्री गर्नु भन्दा विद्यालयलाई दिन आमाले उचित ठाने पछि विद्यालयलाई दान गरिएको जयथकुका छोरा गोपाल श्रेष्ठले बताउनुभयो । छोरा गोपाल सरस्वती माध्यमिक विद्यालयका पूर्व शि...
खोटाङबाट बिरामी बोकेर काठमान्डौं जादै गरेको सुमो दुर्घटना, ३ जनाको मृत्यु

खोटाङबाट बिरामी बोकेर काठमान्डौं जादै गरेको सुमो दुर्घटना, ३ जनाको मृत्यु

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १७ गते । खोटाङबाट बिरामी बोकेर काठमाडौं जादै गरेको सुमो दुर्घटनाहुँदा ३ जनाको मृत्यु भएको छ । खोटाङबाट काठमाडौंको लागि छुटेको ना १ ज ६४२१ नम्बरको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा दुर्घना भएको भएको हो । सुमोमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बिहिबार बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थमा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा खोटाङको केपिलागढी गाउँपालिका–३ का ५६ वर्षीया माया देवी गुरुङ, उहाँको छोरा २८ वर्षीय पुजन गुरुङ र माया देवीको बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–का ४५ वर्षीया तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । बिरामी माया देवी गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाडांै लिएर गएको बुभmिएको छ । सुमोमा चालक सहित ४ जना सवार थिए । तीन जनाको घटनास्...