डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट
राजकुमार सरगम (भट्टराई)
खोटाङ, चैत १५ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थल खोटाङको रुपाकोट चर्चामा आउन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्ने सम्भावना भएपनि प्रचारको अभावले ओझेलमा रहेको छ ।
रुपाकोट डाँडा जिल्ला सदरमुकाम दिक्तेलको शिरमा रहेपनि हालसम्म लुकेको अवस्था छ । रुपाकोट डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विभिन्न हिमशृङ्खलासँगै अन्य मनोरम दृश्य देखिन्छ । रुपाकोट आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं धार्मिक महत्व बोकेको ठाउँ पनि हो ।
जानकारहरुका अनुसार मौसम खुलेको समयमा रुपाकोटबाट सगरमाथा, चोयु, लोत्से, मकालु र आमाडब्लम विश्व चर्चित सँगै अन्य थुर्पै साना हिमशृङ्खला देखिन्छ । अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त मुन्धुुम ट्रेलको अन्तिम स्थल साल्पा सिलिचुङ लगायतका दृश्यको अवलोकन रुपाकोटबाट गर्न सकिन्छ । यस्तै, ...









