Monday, May 12News That Matters

ट्रेन्डिङ

खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

खोटाङमा श्रीमतीको कुटाइबाट श्रीमान पाँचकर्ण राईको मृत्यु

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख २८ । खोटाङमा श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका श्रीमानको उपचारकोक्रममा मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले माथिल्लो चिचिङ्गाका ५१ वर्षीय पाँचकर्ण राईको आफ्नै श्रीमतीको कुटाइबाट मृत्यु भएको हो । आफ्नै श्रीमानको हत्या अभियोगमा ५३ वर्षीया रेनुका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ । शनिबार बिहान मकै बारीमा जोत्ने क्रममा सामान्य विवादहुँदा श्रीमती रेनुकाले श्रीमान पाँचकर्णलाई कोदालोको पासोले टाँउकोमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुसान्त मिश्रले बताउनुभयो । गम्भीर घाइते पाँचकर्णलाई नगर अस्पताल दुर्छिम उपचारको लागि लगिएको थियो । नगर अस्पतालमा उपचार सम्भव नभएपछि तत्काल हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारको क्रममा अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा पाँचकर्णको शनिबार साँझ मृत्यु भएको प्रह...
खोटाङबाट राष्ट्रिय युवा संघको १३ जना केन्द्रीय प्रतिनिधि छनोट

खोटाङबाट राष्ट्रिय युवा संघको १३ जना केन्द्रीय प्रतिनिधि छनोट

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख २८ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ खोटाङले सर्वसम्मत केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । पोखरामा हुने आसन्न महाधिवेशनको लागि युवा संघ खोटाङले १३ जना प्रतिनिधि सर्वसम्मत छनोट गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित एमालेको पार्टी कार्यालयमा शनिबार बसेको युवा संघको तेस्रो पूर्ण बैठकले दश स्थानीय तहबाट १/१ जना र जिल्लाबाट ३ जना गरी १३ जना प्रतिनिधि छनोट गरेको युवा संघका जिल्ला अध्यक्ष रोशन राईले बताउनुभयो । जिल्लाबाट रोशन राई, सविन राई र रस्मिका आचार्य प्रतिनिधिकोरुपमा छनोट हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट विजय राई, हलेसी तुवाचुङ नगरपालिकाबाट किसन राई, ऐसेलुखर्क गाउँपालिकाबाट डेबिट राई, केपिलासगढी गाउँपालिकाबाट मौसम राई र रावा बेसी गाउँपालिकाबाट यम मगरलाई केन्द्रीय प्रतिनिधिमा छनोट गरिएको छ । यस्तै, साकेला गाउँपालिकाबाट भैरब बस्नेत, दिप्रुङ चुइचु...
पूर्ण खोप सुनिश्चितता घोषणा हुने जिल्लाकै पहिलो बन्यो रावा बेसी गाउँपालिका

पूर्ण खोप सुनिश्चितता घोषणा हुने जिल्लाकै पहिलो बन्यो रावा बेसी गाउँपालिका

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख १८ । खोटाङको रावा बेसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा रावा बेसी गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो स्थानीय तह बनेको छ । खोप निर्देशिका अनुसारका सम्पूर्ण सूचक पूरा गरेपछि रावा बेसीलाई बुधबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । खोप लगाउने उमेर समुहका सबै बालबालिकालाई खोप लगाएपछि वडाहुँदै पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका १४८ बालबालिकाले नियमित तथा ...
संघीय निजामती ऐन जारी गर्न माग गर्दै खोटाङका कर्मचारी संगठनहरुले बुझाए ज्ञापनपत्र

संघीय निजामती ऐन जारी गर्न माग गर्दै खोटाङका कर्मचारी संगठनहरुले बुझाए ज्ञापनपत्र

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, वैशाख ८ गते । खोटाङका चार कर्मचारी संगठनले संघीय निजामती ऐन जारी गर्न माग गर्दै जिल्ला प्रशासनमार्फत सभामुखलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार संयुक्तरुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर कर्मचारी संगठनहरुले सभामुखलाई पठाउने गरी प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ज्ञापनपत्र हस्तान्त्रण गरेका हुन् । विभिन्न ११ बुँदे मागसहित जिल्लामा सकृय चारै संगठनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाईसमेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् । देशै भर वैशाख ८ गते ज्ञापनपत्र बुझाउने कर्मचारी संगठनहरुको संयुक्त कार्यक्रम रहेको थियो । माग पुरा नभए वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने कर्मचारी संगठनहरुको केन्द्रीय कार्यक्रम रहेको छ । यस्...
गाउँ फर्किनेलाई पालिकाको एक लाख

गाउँ फर्किनेलाई पालिकाको एक लाख

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ५ गते । बसाइसराइँ गरेर गएपनि पुनः गाउँ फर्किने परिवारलाई खोटाङको बराहपोखरी गाउँपालिकाले एक लाख प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ दिएको हो । बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइसराइँ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्ष पछि उनीहरु पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइसराइँले गाउँ खालीहुँदै गएको छ । गाउँ छाडेर जानेहरुको संख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिना अघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले वैशाख ४ गते घरमै पुगेर एक लाख रकमको चेक हस्तान्त्रण गर्नुभएको हो । आफ्नो जन्मथलोको माया लागेर गाउँ फर्किएको बोदबहादुर खड्काको भनाइ छ । पुरानो आफ्नो ...
चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु

चट्याङ लागेर खोटाङमा एक ब्यक्तिको मृत्यु

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, वैशाख ४ । बाँदर खेद्न जादा खोटाङमा चट्याङ लागेर एक ब्यक्तिको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ नास्तुमका ५५ वर्षका गंगा प्रसाद ढकालको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै रहेको खेतमा बाली खान आएको बाँदर खेद्न जादा ढकाललाई चट्याङ लागेको पाइएको वडाध्यक्ष लिला चौहानले बताउनुभयो । बाँदर खेद्न खेतमा गएका ढकाललाई बिहिबार आज दिउँसो करिब १ बजेको समयमा चट्याङ लागेको उहाँको भनाइ छ । विद्युतको पोल नजिक रहेका ढकाललाई पोलमा हानेको चट्याङले भेटेको पाइएको वडाध्यक्ष चौहानले बताउनुभयो । चट्याङ विद्युतको पोलमा हानेको देखिन्छ, सोही पोलमा हानेको चट्याङ लागेर पोल नजिकै रहेका ढकालको ज्यान गएको उहाँको भनाइ छ । चट्याङ लागेर मृत्यु भइसके पछि ढकाललाई मृत अवस्थामा भेटिएको हो ।...
दिप्रुङमा चैत २९ र ३० गते साहित्यिक माहोल, नवराज पराजुलीको कविता कन्सर्ट

दिप्रुङमा चैत २९ र ३० गते साहित्यिक माहोल, नवराज पराजुलीको कविता कन्सर्ट

Banner News 1, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २६ । खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चैत २९ र ३० गते साहित्यकि माहोल बन्ने भएको छ । गाउँपालिकाको व्यवस्थापन र ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ को आयोजनामा भब्य साहित्यिक कार्यक्रम हुन लागेको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपालकै चर्चित साहित्यकारहरुको उपस्थिति रहने छ । ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ ले आयोजना गरेको खुला राष्ट्रव्यापी कविता प्रतियोगितामा छनोट भएका देशभरका कविहरु प्रतियोगि कविता पनि वाचन गरेर सुनाउने छन् । यस्तै, राष्ट्रव्यापी कविता प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम पनि रहेको संस्थाको सचिव आस्था कोपिलाले जानकारी दिनुभएको छ । प्रतियोगिताका लागि आएका ६७ कवितामध्ये वाचनका लागि कविहरू १५ वटा कविता अर्थात कविहरु छनोट भएको उहाँको भनाइ छ । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी, वरिष्ठ गायक बच्चु कैल...
खोटाङ : बार्दलीबाट लडेर बालिकाको मृत्यु, चट्याङ लागेर महिलाको ज्यान गयो

खोटाङ : बार्दलीबाट लडेर बालिकाको मृत्यु, चट्याङ लागेर महिलाको ज्यान गयो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत ९ । खोटाङमा दुई फरक घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बार्दलीबाट लडेर एक बालिकाको मृत्यु भएको छ भने चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुंगानाको २१ महिनाको छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु गएको हो । यस्तै, जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर ज्यान गएको हो । जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आएका पोखरेल दम्पतीको छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो । बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा रेफर गरेपछि स...
खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानित

खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानित

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २ । खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानति भएका छन् । नेपाल शिक्षक संघ खोटाङले ५० जना निवृत्त शिक्षकलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरेको हो । नेपाल शिक्षक संघ खोटाङ जिल्ला कार्य समितिले जिल्ला प्रतिनिधिसभा कार्यक्रमको अवसरमा शिक्षक संघमा आवद्ध भएका, २०६३ साल यता निवृत्त भएका शिक्षकहरुलाई सम्मान गरेको जनाएको छ । शिक्षक संघले वर्षभरिको आयव्यय प्रस्तुत, आगामी योजना निर्माणका लागि हरेक वर्ष प्रतिनिधिसभा कार्यक्रम गर्ने गरेको छ । २०८१ सालको प्रतिनिधिसभा चैत २ गते दिक्तेलस्थित वी.पी. स्मृति भवनमा सम्पन्न भएको शिक्षक संघका विशिष्ट सदस्य एकराज बुढाथोकीले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा साथै नेपाल शिक्षक संघमा आवद्ध भएर लामो समयसम्म अतुलनीय योगदान पु¥याएकोमा निवृत्त शिक्षकलाई सम्मान गरिएको बुढाथोकीले बताउनुभयो । नेपाली कांग्रेस खोटाङका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि विष...
घर र जग्गा विद्यालयलाई निःशूल्क उपहार (भिडियो सहित)

घर र जग्गा विद्यालयलाई निःशूल्क उपहार (भिडियो सहित)

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, चैत २ । खोटाङको हलेसी तुवाचुङ नगरापलिका–१० अर्खौलेस्थित ८१ वर्षीया वृद्धा जयथकु श्रेष्ठले आफ्नो घर जग्गा विद्यालयलाई दान गर्नुभएको छ । घर नजिकै रहेको सरस्वती माध्यमिक विद्यालयलाई वृद्धा श्रेष्ठले घरसहित ६ आना, २ पैसा, २ दाम जग्गा दान गर्नुभएको हो । स्वर्गीय दिलबहादुर श्रेष्ठकी श्रीमती जयथकु हाल छोरा बुहारीसँग जिल्ला बाहिर बस्दै आउनुभएको छ । तीन छोराहरुको स्वीकृतिमा आमा जयथकुले पुर्खौली घर र जग्गा विद्यालयलाई दान गर्नुभएको हो । अर्खौले बजारमा रहेको करिब ८ लाख बराबरको घर र जग्गा फागुन २७ गते वृद्धा जयथकुले मालपोत कार्यालय दिक्तेलमा उपस्थित भएर विद्यालयलाई निःशुल्क नामसारी गरिदिनुभएको हो । आफ्नो पुर्खौली घर जग्गा पैसामा बिक्री गर्नु भन्दा विद्यालयलाई दिन आमाले उचित ठाने पछि विद्यालयलाई दान गरिएको जयथकुका छोरा गोपाल श्रेष्ठले बताउनुभयो । छोरा गोपाल सरस्वती माध्यमिक विद्यालयका पूर्व शि...