समयको चाल चलन
विनोद राई पाषण
समयको चाल चलन
बाटो देखिन्न अगाडि पहाड छ
हुन त हामीसँग डोजर पनि छ
आस्था राख्छु भन्न पाईएन ।
स्वतन्त्र रूपमा घण्टी बजाउन पाइएन
समयको चालचलन यस्तो छ...
कृषि प्रधान देशको हामी किसानले
मेरो माटो भन्न पाइएन
श्रमदान भन्नु पर्या छ ।
समयको दखल यस्तो छ...
रूख जोगाउनु सितल दिन्छु, देश बनाउछु भन्नेहरू
मासुभात दिएर वन फडानीमा लाग्या छन् ।
समयको अकल यस्तो छ...
अनन्त शक्ति घाम नै हो भन्थे
देशको नागरिक रापले पिल्सिएर सेकुवा भएका छ्न ।
समयको हालत यस्तो छ... ...
उता बिजुली बत्तिको टुङ्गो छैन
पिलिक्क पिलिक्क आँउदै जाँदै गर्छ...
समयको स्थिरता यस्तो छ...
यता हसिया हतौडा वन फडानी गर्दै
घाम छेक्ने छाप्रो बनाउने दाउको पर्खाइमा छ ।
समयको खिचातानि यस्तो छ ।
भन्नै पर्दा यि सबै एकै ड्याङका मुला हुन् ।
हजार ग्राम र...









