Thursday, December 4News That Matters

ताजा अपडेट

एमाले महाधिवेशन : खोटाङबाट १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी

एमाले महाधिवेशन : खोटाङबाट १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मङ्सिर ११ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि खोटाङमा ६५ जना आकांक्षी देखिएका छन् । ११ औं राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधित्व हुने १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी देखिएका हुन् । नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईका अनुसार खुला ५ कोटामा ४१ जना, महिला ३ कोटामा ९ जना, युवा १ कोटामा ११ जना र दलित १ कोटामा ४ जना आकांक्षी रहेका छन् । आकांक्षीहरुलाई मङ्सिर १२ गते छलफलका लागि पार्टी कार्यालय दिक्तेल बोलाइएको अध्यक्ष राईले बताउनुभयो । सबै प्रतिनिधि सर्वसम्मत चयन गर्न प्रयत्न भइरहेको बताइएको छ । सहमति नभए १३ गते महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्ला भरका एमालेका संगठित सदस्यहरुले मतदान गर्नु पर्ने हुन्छ । तर, मतदान नगरी सहमतिमै प्रतिनिधि चयन गरिने अध्यक्ष राईको भनाइ छ । खोटाङकै अन्य ७ जना नेता भने स्वतः प्रतिनिधि हुनेछन् । एकालेको वर्तमान केन्द्रीय कार्यसमित...
जेनजी आन्दोलनमा बनेपा हिरासतबाट फरार एक ब्यक्ति खोटाङमा पक्राउ

जेनजी आन्दोलनमा बनेपा हिरासतबाट फरार एक ब्यक्ति खोटाङमा पक्राउ

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, कात्तिक २२  । जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक ब्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ केराबारीका २३ वर्षीय प्रबिन मगर रहेका छन् । जबरजस्ती करणीको मुद्धामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थिए । फरार भएको करिब २ महिना पछि प्रहरीले पक्राउ गरेको हो । काभ्रे हिरासतबाट फरार भएका मगर आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले कात्तिक २० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मगरलाई थप कारबाहीको लागि बनेपा इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीलाई कात्तिक २२ गते जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो ।...
खोटाङका युवा समाजसेवामा सक्रिय, ४३६ जनालाई दिए निःशूल्क यातायात सेवा  

खोटाङका युवा समाजसेवामा सक्रिय, ४३६ जनालाई दिए निःशूल्क यातायात सेवा  

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज २१ । युवाहरुको यस्तो एउटा अभियान, जहाँ समस्यामा परेका महिलाहरुले निःशूल्क यातायात सेवा पाए । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनबाट गन्तव्यसम्म पुग्न सके । तर, उनीहरुलाई कुनै शूल्क लागेन ।   सवारी साधन पाउन नसकेर समस्यामा परेका, वृद्ध र विपन्न अवस्थाका चेलीलाई लक्षित गर्दै खोटाङका युवाहरुले सञ्चालन गरेको यो अभियानले दसैँ अवधिभर ४ सय ३६ जनालाई सेवा दिएका छन् । ‘दसैँ तिहार, चेलीलाई उपहार’ नामक यस अभियान खोटाङका युवाहरुले अघिल्लो वर्षबाट सुरु गरेका थिए । यो वर्ष पनि निरन्तरता पाएको यस अभियानले दसैँमा माइती मावली जानआउन समस्यामा परेका चेलीहरुलाई ठुलो राहत प्रदान गरेको छ । तिहारमा पनि यस अभियानलाई निरन्तरता दिने जिल्ला संयोजक सञ्जय कुमार राईले बताउनुभएको छ । खोटाङबाट सुरु भएको युवाहरुको यो निश्वार्थ अभियान भोजपुर र सङ्खुवासभा जिल्लामा पनि सुरु भएको छ । खोटाङमा यस वर्ष जिल्ला सद...
खोटाङमा व्यवसायिक राँगा पालन 

खोटाङमा व्यवसायिक राँगा पालन 

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १६ । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामुहिकरुपमा व्यवसायिक राँगा पालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । उनीहरुलाई घाँसको कुनै चिन्ता छैन् । दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यवसायिकरुपमा राँगा पालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीति अनुसार कृषकहरुले व्यवसायिकरुपमा राँगा पाल्न थालेका हुन् । दुधको लागि भैँसी पाल्दै आएपनि मासुका लागि व्यवसायिकरुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामुहिक र केही ठाउँमा ब्यक्तिगत राँगा पालन सुरु गरेका हुन् । अ...
महिलाले हाँकेको पालिका लगातार अगाडि, विकासमा उदाहरणीय प्रयास

महिलाले हाँकेको पालिका लगातार अगाडि, विकासमा उदाहरणीय प्रयास

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ ८ । देश संघीय संरचनामा गयो, गाउँ गाउँमा सिंहदरबार पुग्यो भनियो । तर, यो कुरा नागरिकले सुने मात्र की महसुस पनि गरे ? विशेस गरी गाउँका स्थानीय सरकार यो प्रश्नले घेरिएका थिए, र अझै घेरिरहेका छन् । स्थानीय सरकारको निर्माणहुँदै गर्दा गाउँमा अभावनै अभाव थियो भन्दा फरक नपर्ला । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, आधुनिक कृषि प्रणाली, रोजगारी, पर्यटन प्रवद्र्धन यि सबै कुराको अभावमा गाउँ बाँचिरहेको थियो । र अझै पनि त्यी सबै अभाव परिपुर्ति भइसकेका छैनन् । केही स्थानीय सरकारले त्यी अभावहरुलाई परिपुर्ति गर्ने प्रयास गरेका छन् । प्रयास गर्ने मध्येको एउटा स्थानीय सरकार हो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका । त्रि–धार्मिक स्थल हलेसी रहेको यस नगरपालिका हलेसीको नामले परिचित थियो । तर विकासले पछी । हिन्दु, बौद्ध र किराँत धर्मको सङ्गमस्थल हलेसीमा दर्शन गर्न नेपालसँ...
रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन

रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” गठन गरिएको छ । सांसद डा.तोसिमा कार्की र केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको प्रमुख उपस्थितिमा शनिबार “खोटाङ–काठमाडौ सम्पर्क बिभाग” गठन गरिएको रास्वपाले जनाएको छ । रास्वपाले गठन गरेको “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” सभापतिमा भरत प्रसाद घिमिरेलाई चयन गरिएको छ । खोटेहाङ गाउँपालिका–९ का घिमिरे सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । उपसभापतिमा एलिसा खड्का, सचिवमा यज्ञ बहादुर बन चयन हुनुभएको रास्वपा खोटाङका सभापति मुकुन्द कृष्ण थापाले जानकारी दिनुभयो । यस्तै, सदस्यहरुमा पर्शुराम बिष्ट, बलराम कार्की, लोक बहादुर कटवाल, विनोद दाहाल, कृष्ण बहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलक बहादुर राउत, नवीन फुयाँल, सोम बहादुर गिरी, कालुराम राई, प्रेम कुमार राई, बिरेन्द्र घिमिरे, खवराज (हरि) गिरी, तिला माया पुरी र नरेन्द्र...
खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि

खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन २४ गते । खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि गरेको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापतेलका नवराज बस्नेतका छोरी र छोरा बिहिबार राती मृत भेटिएका थिए । प्रहरीलाई जानकारी नगराई शुक्रबार बिहान छोराछोरीको अन्त्यष्टि गरिएको पाइएको हो । साउन २२ गते बिहिबार घरबाट हराइरहेका १० वर्षकी छोरी र ४ वर्षको छोरा जङ्गलमा मृत भेटिएका थिए । सँगै हराएका अन्य ४ जना बच्चा भने सकुसल भेटिएको पूर्व वडाध्यक्षसमेत रहनुभएका स्थानीय इन्द्र बहादुर बस्नेतले बताउनुभयो । भीरबाट लडेर मृत अवस्थामा भेटिएका उक्त दुई बच्चाको शुक्रबार अन्त्यष्टि गरिएको उहाँको भनाइ छ । यता प्रहरीलाई भने घटनाको केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भीरबाट लडेर मृत भेटिएको बालबालिकाको अन्त्यष्टि गरिएको भनेर गोरखापत्र समाचारदातालाई जानकारी आ...
कक्षा १२ मा जिल्ला प्रथम हुने विद्यार्थीलाई माउन्ट एभरेस्टले गर्यो सम्मान

कक्षा १२ मा जिल्ला प्रथम हुने विद्यार्थीलाई माउन्ट एभरेस्टले गर्यो सम्मान

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २३ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा सञ्चालित माउन्ट एभरेस्ट इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कूलले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । ३.७० जिपिए ल्याएर कक्षा १२ उत्तिर्ण हुने प्रेम कुमार पुरीलाई विद्यालयले सम्मान गरेको हो । उत्कृष्ट जिपिए ल्याएका माउन्ट एभरेस्टका विद्यार्थी पुरी जिल्ला प्रथम भएकाले सम्मान गरिएको सहायक प्रधानाध्यापक अजुर्न केसीले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत सोमबार सार्वजनिक गरेको थियो । माउन्ट एभरेस्टका विद्यार्थी पुरी १२ को नतिजामा खोटाङ जिल्लाकै प्रथम भएको केसीले बताउनुभयो । पुरीलाई शुक्रबार विद्यालयले नगदसहित प्रशंसापत्रले सम्मान गरेको उहाँको भनाइ छ । यस्तै, जिल्ला दोस्रो पनि माउन्ट एभरेस्टका विद्यार्थी किरणकाजी बस्नेत भएका छन् । उनले ३.६४ जिपिए ल्याएर जिल्ला दोस्रो भएको सहायक प्रध...
पत्रकार दर्नाल हिमालको फेददेखि अमेरिकासम्म

पत्रकार दर्नाल हिमालको फेददेखि अमेरिकासम्म

Banner News 3, ताजा अपडेट, समाचार, समाज
साउन २३ । हिमालपारिको सानो जिल्ला सोलुखुम्बु । जहाँ हिउँसँग लड्दै मान्छे बाँच्न सिक्छ, जहाँ पत्रकारिता बन्दुक र बम होइन, नक्सा र नक्साच्युत आवाजसँग संघर्ष गर्छ । त्यसै भूभागबाट उक्लिएर एक पत्रकार आज विश्व पत्रकारहरूको साझा थलोमा उभिएका छन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सुवास दर्नाल अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेतृत्वकर्ता कार्यक्रममा सहभागी भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालयद्वारा आयोजना गरिएको यो कार्यक्रम पत्रकारिता, नेतृत्व र अन्तर्राष्ट्रिय समन्वयको क्षेत्रका लागि विश्वकै प्रतिष्ठित मञ्च मानिन्छ । सन् २०२५ को संस्करणमा दर्नालले नेपालको मात्र नभई हिमाली पत्रकारिता र स्थानीय आवाजहरूको प्रतिनिधित्व गरिरहेका छन् । १५ वर्षभन्दा बढी समयदेखि राजनीति, पर्यटन र जलवायु परिवर्तन जस्ता जटिल र दूरदराजका विषयमा कलम चलाएका दर्ना...
खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु

खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन १७ । खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा सञ्चालन भइरहेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम खोटाङमा शनिबारबाट सुरु भएको हो । नेपालमा यो कार्यक्रम बिहिबारबाट औपचारिकरुपमा सुरु भएको थियो । दशरथ रङ्गशालामामा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम को शुभारम्भ गरेका थिए । देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयहरूमा उक्त कार्यक्रम सञ्चालन हुने बताइएको छ । फिफाले नेपाल फुटबल संघ एन्फासँगको सहकार्यमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ सञ्चालन गरेको छ । फिफा एवं एन्फाको मान्यता पाएपछि दिक्तेल इङ्लिस बोर्डिङ स्कुलबाट यो कार्यक्रम सुरु भएको हो । बोर्डिङका करिब २ सय जना विद्यार्थीलाई कार्यक्रमको सुरुवातसँगै फुटबल प्रशिक्षण सुरु गरिएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए । खोटाङ फुटबल संघको आयोजना एव...