Sunday, October 5News That Matters

अर्थ

खोटाङमा व्यवसायिक राँगा पालन 

खोटाङमा व्यवसायिक राँगा पालन 

Banner News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १६ । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामुहिकरुपमा व्यवसायिक राँगा पालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । उनीहरुलाई घाँसको कुनै चिन्ता छैन् । दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यवसायिकरुपमा राँगा पालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीति अनुसार कृषकहरुले व्यवसायिकरुपमा राँगा पाल्न थालेका हुन् । दुधको लागि भैँसी पाल्दै आएपनि मासुका लागि व्यवसायिकरुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामुहिक र केही ठाउँमा ब्यक्तिगत राँगा पालन सुरु गरेका हुन् । अ...
दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

दिक्तेल रुपाकोटका जनप्रतिनिधिको सुविधामा १ करोड २२ लाख खर्च, नियम विपरीत करारमा कर्मचारी नियुक्ति

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ८ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिको सुविधामा एक वर्षमा १ करोड २२ लाख ६४ हजार खर्च भएको पाइएको छ । महालेखा परीक्षको कार्यालयको लेखा परीक्षण अनुसार आर्थिक वर्ष २०८०/०८१ मा उक्त खर्च भएको प्रतिवेदनमा भनिएको छ । नगरपालिकाका मेयर उपमेयरदेखि वडा सदस्यसम्मको सुविधा खर्चमा १ करोड २२ लाख ६४ हजार खर्च भएको छ । जुन नगरपालिकाको आन्तरिक आयको ९९.५ प्रतिशत हो । प्रतिवेदन अनुसार पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६८ प्रतिशत चालु र २७ प्रतिशतमात्र पुँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाले विकास निर्माण कार्यक्रम सञ्चालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढी खर्च गरेको महालेखाले जनाएको छ । मितव्ययिता नपनाइ अत्याधिक खर्च महालेखा प्रतिवेदन अनुसार कर्मचारी तथा पदाधिकारी बैटक भत्ता, अनुगमन तथा भ्रमण खर्च,...
दिप्रुङ चुइचुम्मामा १६ लाख बढी खाना खाजामा खर्च, मृत्यु भएका ब्यक्तिको खातामा भत्ता निकासा

दिप्रुङ चुइचुम्मामा १६ लाख बढी खाना खाजामा खर्च, मृत्यु भएका ब्यक्तिको खातामा भत्ता निकासा

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, असार ६ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विविध शिर्षकमा १६ लाख बढी खाना र खाजामा मात्र खर्च गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयले निकालेको गाउँपालिकाको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले खाना र खाजामा विविध शिर्षकबाट १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको जनाएको छ । गाउँपालिकाले खर्च गर्दा मितव्ययिता अपनाएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । एक आर्थिक वर्षमा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कर्मचारी पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड २४ लाख ८१ हजार खर्च गरेको छ । विविध शिर्षकमा १६ लाख ३६ हजार ७८५ रुपैयाँ खाना र खाजामा मात्र खर्च गरेको छ । कर्मचारी पदाधिकारी बैठक र अन्य भत्तामा ३८ लाख ४० हजार खर्च देखिन्छ । अनुगमन मुल्याङ्कन र भ्रमण खर्चमा ३१ ला...
जन्तेढुंगाका जनप्रतिनिधि र कर्मचारीको एक वर्षमा ४५ लाख बैठक भत्ता, ३१ लाख भ्रमण खर्च

जन्तेढुंगाका जनप्रतिनिधि र कर्मचारीको एक वर्षमा ४५ लाख बैठक भत्ता, ३१ लाख भ्रमण खर्च

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  राजकुमार सरगम (भट्टराई )  खोटाङ, असार ४ । एक वर्षमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविधमा १ करोड ५३ लाख ९९ हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जन्तेढुंगा गाउँपालिकाले उक्त खर्च गरेको हो । एक आर्थिक वर्षमा गाउँपालिकामा कर्मचारी पदाधिकारी बैठक र अन्य भत्ता ४५ लाख २४ हजार, भ्रमण खर्च ३१ लाख ४६ हजार, इन्धन खर्च २४ लाख ९ हजार र विविध खर्च ५३ लाख २० हजार रहेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले खर्च गर्दा सवारी गुडेको किलोमिटर उल्लेख गरी सवारी लगबुक नराखेको, भ्रमण गर्नुको कारण र उदेश्य उल्लेख गरी भ्रमण प्रतिवेदन तयार नगरेको, अनुगमन समिति बनाइ अनुगमन मुल्यांकन नगरेको तथा एउटै कार्यमा दोहोरो हुने गरी अनुगमन गरेको देखिएकाले...
साकेला गाउँपालिकामा ऐन विपरीत ६ जना कर्मचारी नियुक्त गरी २७ लाख खर्च

साकेला गाउँपालिकामा ऐन विपरीत ६ जना कर्मचारी नियुक्त गरी २७ लाख खर्च

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, जेठ ३० । खोटाङको साकेला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरीत ६ जना कर्मचारी राखेको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण प्रतिवेदन अनुसार साकेला गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन विपरीत पूर्ण सरसफाई कार्यक्रम अन्तरगत ६ जना सरसफाइ उत्प्रेरकहरु नियुक्त गरेर रु २७ लाख ६ हजार ५ सय ८७ रुपैयाँ खर्च गरेको जनाएको छ । “स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३(१) बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा पालिकामा विषयगत शाखा रहेको संगठन संरचना कायम गर्नु पर्ने उल्लेख छ । कार्यालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण बेगर पूर्ण सरसफाइ कार्यक्रममा ५ वडाका लागि १÷१ जना राजपत्र अनंकित द्धितीय...
सुशासनमा हलेसी तुवाचुङ नगरपालिकाको छलाङ, ०.१५ प्रतिशतमा झर्यो बेरुजु

सुशासनमा हलेसी तुवाचुङ नगरपालिकाको छलाङ, ०.१५ प्रतिशतमा झर्यो बेरुजु

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुशासनमा छलाङ मारेको छ । हरेक वर्ष बेरुजु रकम घटाउदै ल्याएको नगरपालिकाले यो वर्ष ०.१५ प्रतिशतमा झारेको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार रहेको छ । यो वर्ष पनि खोटाङ जिल्लाको सबै भन्दा कम बेरुजु हुने स्थानीय तह हलेसी तुवाचुङ बनेको छ । हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुने स्थानीय तहमा जिल्लाको पहिलो र कोशी प्रदेशको तेस्रो भएको छ । देशभरको ७५३ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुनेमा १० औँ नम्बरमा रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को महालेखापरीक्षकको प्रतिवेदन अनुसार खोटाङको कम बेरुजु हुने दोस्रो स्थानीय तह ऐसेलुखर्क गाउँपालिका रहेको छ । ऐसेलुखर्क गाउँपालिकाको ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार बेरुजु रहेको छ । यस्तै, रावा बेसी गाउँप...
पाथेकामा ड्यु, पेप्सी, कोक प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

पाथेकामा ड्यु, पेप्सी, कोक प्रतिबन्ध, प्रयोग गरेमा जरिवाना

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १३ । खोटाङको पाथेकाको एउटा सिङ्गो गाउँले ड्यु, पेप्सी, कोक जस्ता आयातीत पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको छ । स्वास्थ्यलाई असर गर्ने र फजुलखर्च हुने भएकाले ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थ गाउँमा हुने शुभअशुभ सबै कार्यमा प्रयोग नगर्ने निर्णय गरेको हो । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाको साविक ३ नम्बर वडा टोल विकास समितिको माघ १२ गते भएको निर्णय अनुसार आगामी दिनमा गाउँमा हुने शुभकार्य वा अशुभकार्य सबैमा ड्यु, पेप्सी, कोक जस्ता पेय पदार्थप्रयोग गर्न पाइने छैन् । टोल विकास समितिले गरेको निर्णय उल्लङ्घन गरेमा पहिलो पटक ५ हजार, दोस्रो पटक ७ हजार र तेस्रो पटक १० हजार जरिवाना तिर्ने निर्णयसमेत गरिएको टोल विकास समितिका अध्यक्ष सर्वधन राईले बताउनुभयो । गाउँमा हुने बिहे, पास्नी, छेवर, मरौपरौ जस्ता सामाजिक कार्य माबहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थल...
उद्यम गर्न चाहाने हलेसी तुवाचुङका नागरिकले ५ लाखसम्म विनाब्याज ऋण पाउने

उद्यम गर्न चाहाने हलेसी तुवाचुङका नागरिकले ५ लाखसम्म विनाब्याज ऋण पाउने

Banner News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ ९ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका नागरिकले ५ लाख सम्मको कर्जा विनाब्याज पाउने भएका छन् । उद्यमी बन्न चाहाने नागरिकले ५ लाखसम्मको कर्जा विनाब्याज पाउने भएका हुन् । कृषि, पशुपालन, होमस्टे सञ्चालन लगायतका लघु उद्यम गर्न चाहाने नागरिकका लागि नगरपालिकाले विनाब्याज ५ लाखसम्म ऋण दिने व्यवस्था मिलाएको हो । जसका लागि नगरपालिकाले बुधबार प्रभु बैंकसँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिसको आधारमा प्रभु बैंकले मुल्याङ्कन गरेर उद्यमी बन्न चाहाने नागरिकलाई ऋण दिने छ । नागरिकले पाएको उक्त ऋणको बैंकको औसत आधार दरमा २ प्रतिशत प्रिमियम थप गरेर नगरपालिकाले ब्याज तिर्ने गरी सम्झौता भएको हो । उद्यमी बन्न चाहाने नागरिकलाई ब्याज अनुदान प्रदान गर्न लागिएको नगरपालिकाका मेयर विमला राईले बताउनुभएको छ । कृषि, पशुपालन लगायतका लघु उद्यमबाट नागरिकलाई रोजगार प्रदानसँगै उद्यमहरुको प्रवद्र्धनका लागि ब...
हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

हलेसी तुवाचुङ नगरपालिकाले गर्यो वार्षिक सार्वजनिक सुनुवाइ

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको शुक्रबार सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ८०/८१ मा रु ७० करोड ५७ लाख २४ हजार ५८ रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा कुल बजेटको ८३.५४ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा रु १ करोड ५० लाख ९४ हजार ९ सय ३० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । सुशासन र पारदर्शिताको लागि हलेसी तुवाचुङ नगरपालिकाले हरेक अर्ध वार्षिक र वार्षिकरुपमा सार्वजनिक सुनुवाइ गर्दै आएको छ । आगामी दिनमा अझ चार चार महिनाको अन्तरमा नगरपालिमा भइरहेको कामहरुको विषयमा सार्वजनिक सुनुवाइ गर्ने मेयर विमला राईले बताउनुभएको छ । नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ एवं...
खोटाङमा सवारीसाधन कारबाहीबाट एक वर्षमा ५० लाख बढी राजश्व संकलन

खोटाङमा सवारीसाधन कारबाहीबाट एक वर्षमा ५० लाख बढी राजश्व संकलन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १२ । जिल्ला ट्राफिक कार्यालय खोटाङले एक वर्षमा ५० लाख बढी राजश्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक कार्यालयले सवारी साधन कारबाहीबाट ५० लाख ३२ हजार राजश्व संकलन गरेको हो । गत साउन १ गतेदेखि असार मसान्तसम्म एक वर्षमा साढे ६ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । ट्राफिक नियम पालना नगर्ने मोटरसाईकल, बस, टिफर, ट्याक्टर, ट्रक, टेम्पो, कार, जिप र भेन गरी ६ हजार ७ सय २९ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय खोटाङले जनाएको छ । सबै भन्दा बढी राजश्व माघ महिनामा उठेको छ । माघ महिनामा ६ सय ३० वटा सवारी साधन कारबाहीमा पर्दा ६ लाख १५ हजार राजश्व उठेको हो । यस्तै, साउन महिनामा ३७८ सवारी साधन कारबाहीमा पर्दा २ लाख ८५ हजार, भदौमा २७२ सवारी साधन कारबाहीमा पर्दा २ लाख १४ हजार ५ सय, असोजमा ३५० सवारी साधन कारबाहीमा पर्दा २ लाख ८४ हजार ५ सय राजश्व संकलन भएको छ ...