
खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु
खोटाङ, साउन १७ । खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा सञ्चालन भइरहेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम खोटाङमा शनिबारबाट सुरु भएको हो । नेपालमा यो कार्यक्रम बिहिबारबाट औपचारिकरुपमा सुरु भएको थियो । दशरथ रङ्गशालामामा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम को शुभारम्भ गरेका थिए ।
देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयहरूमा उक्त कार्यक्रम सञ्चालन हुने बताइएको छ । फिफाले नेपाल फुटबल संघ एन्फासँगको सहकार्यमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ सञ्चालन गरेको छ । फिफा एवं एन्फाको मान्यता पाएपछि दिक्तेल इङ्लिस बोर्डिङ स्कुलबाट यो कार्यक्रम सुरु भएको हो । बोर्डिङका करिब २ सय जना विद्यार्थीलाई कार्यक्रमको सुरुवातसँगै फुटबल प्रशिक्षण सुरु गरिएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए । खोटाङ फुटबल संघको आयोजना एव...