खोटाङकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जित्यो
खोटाङ, माघ ११ गते । खोटाङमा सञ्चालित हालसम्मकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको उपाधि नेर्पा स्पोर्टस क्लबले जितेका छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा आयोजित ‘प्रभुराम राई कप–२०८२’ आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि नेर्पाले जितेको हो ।
आइतबार भएको फाइनलमा गछिया युवा समाज मोरङलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको नेर्पाले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५–४ गोलले नेर्पासँग गछिया पराजित भएको थियो । उपविजेता बनेको गछिया युवा समाजले १ लाख ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलिस्ट भएका आयोजक बुइपा–११ स्पोर्टस क्लब र रारम्बु स्पोर्टस क्लबले नगद ५०/५० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बुइपास्थित यलम्बर खेलमैदानमा सम्पन्न आम...









