
हलेसीका होटलप्रति दर्शनार्थीको गुनासो
खोटाङ, साउन ६ । त्रि–धार्मिक स्थल हलेसीमा दर्शन गर्न आएका दर्शनार्थीहरुले होटलप्रति गुनासो गरेका छन् । साउनको सोमबार हलेसीमा लाग्ने बोलबम मेलामा आएका दर्शनार्थीहरुले होटल व्यवसायीसँग गुनासो गरेका हुन् ।
हलेसीमा साउनको प्रत्येक सोमबार बोलबम मेला लाग्ने गर्छ । यस वर्षको बोलबम मेला पहिलो सोमबार साउन ५ गतेबाट सुरु भएको छ । पहिलो सोमबार देश विदेशका करिब १३ हजार दर्शनार्थीले हलेसीको दर्शन गरेका छन् । अन्य समयमा भन्दा मेलाको समयमा होटलहरुले कोठा शूल्क महङ्गो लिएको, खाना खानेलाई मात्र कोठा दिएको लगायतका गुनोसो दर्शनार्थीले गरेका हुन् । मेलाको मौका छोपेर केही होटल व्यावसायीहरुले अन्य समयमा भन्दा दर्शनार्थीबाट ५० प्रतिशतसम्म बढी भाडा लिएको उनीहरुको भनाइ छ ।
हलेसी आएका एक दर्शनार्थीका अनुसार सामान्य होटलहरुमा पनि ननएटेज कोठाको २ हजार ५ सयसम्म रकम तिर्नु पर्ने बाध्यता रहेको छ । “कोठाको रकम अरुबेला भ...