विनोद राई पाषण
समयको चाल चलन
बाटो देखिन्न अगाडि पहाड छ
हुन त हामीसँग डोजर पनि छ
आस्था राख्छु भन्न पाईएन ।
स्वतन्त्र रूपमा घण्टी बजाउन पाइएन
समयको चालचलन यस्तो छ…
कृषि प्रधान देशको हामी किसानले
मेरो माटो भन्न पाइएन
श्रमदान भन्नु पर्या छ ।
समयको दखल यस्तो छ…
रूख जोगाउनु सितल दिन्छु, देश बनाउछु भन्नेहरू
मासुभात दिएर वन फडानीमा लाग्या छन् ।
समयको अकल यस्तो छ…
अनन्त शक्ति घाम नै हो भन्थे
देशको नागरिक रापले पिल्सिएर सेकुवा भएका छ्न ।
समयको हालत यस्तो छ… …
उता बिजुली बत्तिको टुङ्गो छैन
पिलिक्क पिलिक्क आँउदै जाँदै गर्छ…
समयको स्थिरता यस्तो छ…
यता हसिया हतौडा वन फडानी गर्दै
घाम छेक्ने छाप्रो बनाउने दाउको पर्खाइमा छ ।
समयको खिचातानि यस्तो छ ।
भन्नै पर्दा यि सबै एकै ड्याङका मुला हुन् ।
हजार ग्राम रूवा र एक केजी फलाम तराजुमा उस्तै हुन् ।
समयको आकलन यस्तो छ…
कुनै लुट्न बानी परेका…
कोही झुक्न बानी नपरेका…
कोही अवसरवादी …
कतै लिँडेढिपी कस्नेहरू छ्न…
कोही लाज पचेकाहरु पनि छन… …
सबैले सबैको मनसाय बुझेका छन…
विडम्बनावश यो देश अनाथ भएको छ ।
समयको यथार्थता यस्तो छ ।।।।
