एक वर्ष भित्रमा खानेपानी समस्याको अन्त्य हुन्छ : मेयर विमला राई (अन्तरवार्ता)
खोटाङ, कात्तिक २ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा भइरहेको खानेपानीको समस्या एक वर्ष भित्रमा समाधान हुने मेयर विमला राईले बताउनुभएको छ । हाल नगरपालिकाका अधिकांश ठाउँमा खानेपानीको समस्या रहेको छ ।
सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको सात वडामा खानेपानीको समस्या समाधान गर्न बृहत् पम्पिङ खानेपानी आयोजना सञ्चालन गरिएको छ । तर सम्झौता समय नाघिसक्दा पनि कामले पुर्णता पाएको छैन् । उक्त आयोजनाबाट तीन हजार ७५६ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको छ । हाल अलपत्र जस्तै बनिरहको खानेपानी योजना सम्पन्न गर्न मन्त्रलायदेखि सम्बन्धित सबै निकायमा कुरा गरिरहेको र एक वर्ष भित्र काम सम्पन्न हुने मेयर राईले बताउनुभयो । ‘नगरपालिका भित्र सञ्चालन भइरहेको बृहत् पम्पिङ खानेपानी आयोजनासँगै अन्य खानेपानी योजनाहरु पनि सञ्चालन भइरहेका छन् । त्यी सबै योजना चाडै सम्पन्न हुन्छ, त्यसपछि नगरपालिका...