Thursday, September 21News That Matters

संघर्षको कथा

खोटाङमा सुँगुरको खोरजस्तो छाप्रोमा दृष्टि विहिन वृद्ध, दिसापिसाव पनि ओछ्यानमै

खोटाङमा सुँगुरको खोरजस्तो छाप्रोमा दृष्टि विहिन वृद्ध, दिसापिसाव पनि ओछ्यानमै

Banner News 3, ट्रेन्डिङ, संघर्षको कथा, समाचार, समाज, स्थानीय
खोटाङ, फागुन ८ । खोटाङमा ८३ वर्षिय वृद्ध विगत साढे दुई वर्षयता छाप्रोमा जीवन बिताइरहेको पाइएको छ । केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका एकल तथा अशक्त वृद्ध जिरे राई ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा सामान्य छाप्रोमा जीवन बिताइरहेका छन् । जसको अगाडी पुग्दा मानिसको जीवन पनि यस्तो दर्दनाक अवस्थामा पुग्छर भन्ने लाग्नु स्वाभाबिक जस्तै छ । अढाई वर्षदेखि सुँगुरको खोरजस्तो छाप्रोमा राखिएका वृद्ध जसको दृष्टि गुमेको छ । तर दृष्टि हुनेहरुले पनि उनलाई अहिलेसम्म देखेका छैनन् । विगत आठ वर्षदेखि आँखाको दृष्टि गुमाएका राई तीन वर्षदेखि ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा पुगेका छन् । आफन्तकोमा बस्दै आएका राई दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि आफन्तले अलग्गै छाप्रो बनाएर राखिदिएका छन् । विवाह नगरी बसेका राई वृद्धावस्थामा पुगेसँगै हिँडडुल गर्न सक्दैनन् । वृद्धावस्थामा उनी भतिजो निरकुमार राईको रेखदेखमा ब...
मैनबत्ती र दियो बालेर, छिनो र मार्तोलले खनिएको ऐतिहासिक सुरुङ कुलो

मैनबत्ती र दियो बालेर, छिनो र मार्तोलले खनिएको ऐतिहासिक सुरुङ कुलो

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, संघर्षको कथा, समाचार, स्थानीय
राजकुमार भट्टराई खोटाङ, मङ्सिर २२ । वि.स. २०४४ सालमा खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर साविक ८ कट्टिस्थित देउराली डाँडालाई त्यहाँका नागरिकले छेड्ने निधो गरे । लोचा खोला (हौँचुर खोला) को पानी खेतसम्म ल्याउन अन्य बिकल्प नभएपछि हौँचुरका केही ब्यक्तिको नेतृत्वमा गाउँबाट अन्नबाली संकलन गरेर ओखलढुंगा मानेभञ्ज्याङका बिर्ख बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा लागाइयो । गाउँलेको जग्गा कृषि बैंकमा धितो राखेर निकालिएको रु १ लाख ४४ हजार ऋण र संकलन गरिएको ४० मुरी अन्नबाट सुरुङ सम्पन्न गर्ने गाउँलेको सपना थियो । मगरको समुहले देउराली डाँडा मुनी केही भूभाग सुरुङ खने, तर माथीबाट पहिरो झरेर सुरुङ पुरियो । गाउँलेले फेरी लामिडाँडा तिर्पाका हर्क बहादुर मगरको समुहलाई सुरुङ खन्ने जिम्मा दिए । केही समय खनेपछि पुनः सुरुङ पुरियो, धन्न उनिहरु बाँचे भने उनिहरुले प्रयोग गरेका हम्मर, छिनो, गैति लगायतका सामा...
दुई बहिनी : जो सडकमा बसेर खनिउँ बेच्छन् अनि कपी डट्पेन किन्छन्

दुई बहिनी : जो सडकमा बसेर खनिउँ बेच्छन् अनि कपी डट्पेन किन्छन्

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, संघर्षको कथा, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन ३१ । हलेसी–घुर्मी सडकखण्ड, पक्की भएपनि ठाउँ ठाउँमा कालोपत्रे उक्किएकाले आफुले चाहे जती सवारी साधन हाक्न नपाइने । सोही दिन फिर्ने गरी खोटाङको सदरमुकाम दिक्तेलबाट बिहान ११ बजे उदयपुरको घुर्मीसम्मको यात्रामा निक्लिएको म बाटोमा कतै नरोक्किने सोँचमा थिएँ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार प्रहरी चौकी भन्दा करीब ३ सय मिटर वर पुगेपछि प्लास्टीकमा केही बोकेर हात हल्लाई रहेका दुई उस्तै र उत्रै बहिनीहरु भेटिए । ‘दाई किन्नुस्न, दाई प्लिज किन्नुस्न’, दुई बहिनीहरु एउटै आवाजमा भनिरहेका थिए । उनिहरु भनिमात्र रहेनन् बिच सडकमै उत्रिए । म मोटरसाइकल रोक्न बाध्य भएँ । ‘मैले के किन्नु पर्यो हौ नानिहो, के हो त्यो प्लास्टिकको ?’, ‘खनिउँ हो दाइ मिठो हुन्छ अनि गर्मिमा सित्तल पनि हुन्छ ।’ ओहो खनिउँ पो, पहिले बाख्रा चराउन जाँदा, घाँस काट्न जाँदा बोटभरी खनिउँका दाना देख्दा ...
परिश्रमी खम्ब चाम्लिङ, जसले ४० वर्षअघिको बाँझो जमिन खेतीयोग्य बनाए

परिश्रमी खम्ब चाम्लिङ, जसले ४० वर्षअघिको बाँझो जमिन खेतीयोग्य बनाए

Banner News 1, ताजा अपडेट, संघर्षको कथा, समाज, स्थानीय
पवन खड्का/खोटाङ, वैशाख ३ । आधा उमेर देशबाहिर बिताएका हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुरीढाँडका खम्ब चाम्लिङ अहिले ४८ वर्ष पुगे । रोजगारीको सिलसिलामा उनले कतारमा ६ वर्ष, साउदी अरबमा २ वर्ष र भारतका विभिन्न प्रान्तमा १५ वर्ष बढी गरी जीवनको अढाइ दशक खर्चेका छन् । एकातिर घरको जेठो सन्तान, अर्कातिर सानै उमेरमा विवाह । त्यसले गर्दा किशोरावस्थामै उनको काँधमा जिम्मेवारीको चाङ आइलाग्यो । परिवार चलाउन उनले सानै उमेरमा ऋणको बोझ बोक्नुपर्यो । लागेको ऋण तिर्ने र प्रशस्त पैसा कमाएर परिवारलाई सुखले पाल्ने सुनौलो सपना लिएर विदेश पसेका उनले रोजगारीको सिलसिलामा अनेकन समस्या झेल्नुपर्यो । कहिले काम गर्ने कम्पनी राम्रो परेन त कहिले सोचे अनुुसारको काम पाएनन् । स्वभावैले मान्छे एकातिरबाट आशा गरिएको प्रतिफल प्राप्त नभएपछि अर्कातिर लाग्छ । त्यही आशाले वैदेशिक रोजगारीका दौरान यताउता गर्दागर्दै उनको आधा उम...
द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, संघर्षको कथा
तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्। ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् । भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए। झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएमलगायत चर्चित अवार्डहरू हात पारिसकेका थिए। तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, ...