Sunday, October 5News That Matters

रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन

खोटाङ, भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” गठन गरिएको छ । सांसद डा.तोसिमा कार्की र केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको प्रमुख उपस्थितिमा शनिबार “खोटाङ–काठमाडौ सम्पर्क बिभाग” गठन गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाले गठन गरेको “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” सभापतिमा भरत प्रसाद घिमिरेलाई चयन गरिएको छ । खोटेहाङ गाउँपालिका–९ का घिमिरे सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । उपसभापतिमा एलिसा खड्का, सचिवमा यज्ञ बहादुर बन चयन हुनुभएको रास्वपा खोटाङका सभापति मुकुन्द कृष्ण थापाले जानकारी दिनुभयो ।

यस्तै, सदस्यहरुमा पर्शुराम बिष्ट, बलराम कार्की, लोक बहादुर कटवाल, विनोद दाहाल, कृष्ण बहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलक बहादुर राउत, नवीन फुयाँल, सोम बहादुर गिरी, कालुराम राई, प्रेम कुमार राई, बिरेन्द्र घिमिरे, खवराज (हरि) गिरी, तिला माया पुरी र नरेन्द्र खनाल चयन हुनुभएको सभापति थापाले बताउनुभयो ।

यस्तै, पालिका स्तरीय सम्पर्क बिभाग अन्तर्गत ऐसेलुखर्क गाउँपालिकाको संयोजकमा दिपक गिरी, रावा बेसी गाउँपालिकाको संयोजकमा बलराम कार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयोजकमा नरनाथ आचार्य, हलेसी तुवाचुङ नगरपालिकाको संयोजकमा तिलकबहादुर राउत, साकेला गाउँपालिकाको संयोजकमा टंक बहादुर भुजेल र जन्तेढुङ्गा गाउँपालिकाको संयोजकमा रत्न कुमार राई चयन हुनुभएको बताइएको छ ।

जिल्ला सभापति थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोशी प्रदेश समितिको नेतृत्व क्षमता तथा मानव संसाधन विकास विभागका संयोजक नबराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेश समिति सदस्य तथा पुर्व जिल्ला संयोजक  रबिन्द्र ओझा, जिल्ला सचिव तुला खत्री, जिल्ला सह–सचिव राजन अधिकारी, कोशी–काठमाडौ सम्पर्क बिभागका सदस्य टेक बहादुर थापा मगर, चर्चित हाँस्य कलाकार गोकुल परियार, सामाजिक अभियन्ता रमा बस्नेत लगायत केन्द्र तथा प्रदेशका विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायिकाहरु आशा लामा (ज्ञानमाला), सन्जु न्यौपाने र गायक प्रेम बाबु बनले सांगीगितक मनोरञ्जन प्रदान गरेको जिल्ला सभापति थापाले बताउनुभयो । सम्पर्क बिभाग गठनको लागी ओखलढुंगा जिल्ला सभापति कृष्ण थापाको अध्यक्षतामा निर्वाचन समिति बनाइएको उहाँको भनाइ छ । खोटाङ–तराई सम्पर्क बिभाग पनि छिट्टै गठन गरिने जिल्ला सभापति थापाको भनाइ छ ।

यस्तै, कार्यक्रममा रास्वपा खोटाङको सदस्यता लिने पहिलो ब्यक्ति बन्नुभएका दिक्तेलका नरनाथ आचार्य र बिदेशमा संगठन निर्माणमा भूमिका खेलेका प्रदिप आचार्यलाई सम्मान गरिएको सभापति थापाले बताउनुभयो ।