Friday, September 18News That Matters

सडकमा अस्तायो अरुणको सपना

सडक दुर्घटनामा ज्यान गुमाएका अरुण कटुवाल

खोटाङ, असोज २ गते । लोकसेवाको तयारीका लागि काठमाडौं गएका खोटाङका २५ वर्षीय युवाको सपना सडकमा अस्ताएको छ । सडक पार गर्दा मोटरसाइकलको ठक्करले खोटाङका २५ वर्षीय अरुण कटुवालको घटनास्थलमै मृत्यु भएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका कटुवाल लोकसेवाको तयारीका लागि काठमाडौं पुगेका थिए । काठमाडौंमा लोकसेवाको कक्षा लिदै भक्तपुरमा रहेको काकाको घरमा बस्दै आएका कटुवालको असोज १ गते साँझ मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । भक्तपुरको सानोठिमीस्थित अनुदान चोकमा सडक पार गर्दै गरेका कटुवाललाई तिव्रगतिको मोटरसाइलले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

खड्ग बहादुर कटुवालको एक्लो छोरा अरुण कटुवालको सडक दुर्घटनामा निधन भएपछि परिवार भावविह्वल भएको छिकेकी डिएसपी पोखरेलले बताउनुभयो । अरुण केही वर्ष अघिबाट लोकसेवाको तयारीमा लागेका थिए । तिव्र गतिको मोटरसाइलले ठक्कर दिदा अरुण सडकमै अस्ताएका हुन् ।

अरुणलाई ठक्कर दिने मोटरसाइकल चालक चाँगुनारायण नगरपालिकाका सञ्जय श्रेष्ठ प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दिपक कार्कीले बताउनुभयो । घाइते रहेका श्रेष्ठको उपचार भइरहेको प्रहरीले जनाएको छ ।