
..त्यसपछि हाम्रो कुराकानी पातलिन थाल्यो
निदोर्ष पोखरेल (सरोज)
पतर–पतर बोलिरहने,
प्रश्न उसैले मात्र सोध्न पाउनु पर्ने, अरुले केबल जवाफ मात्र दिनु पर्ने जस्तो ।
खैर उनको व्यक्तित्व आकर्षक र बोल्ड लाग्थ्यो मलाई
यति भए अरु के नै चाहियोर हुनत्
पहिलो भेटमै म जिल्ल परेको थिएँ ।
मलाई उनले परिचय गर्दा नै चुपचाप बनाएकी थिइन्
मैले म ..... हुँ बाहेक केहि भन्न सकिन
केहि नबोले पनि आँखा र मुख खुल्ला भएका थिए मेरा
पहिलो भेटबाटै म उनि सँग प्रभावित भएको थिए
फेसबुकबाट नै चिनजान भएर यो भेटको निधो गरेका थियौं
विशुद्ध नेपाली कविता र गजलहरू कोर्दै घरमै बसिरहने म साँच्चै नै फरक थिएँ
तर पहिलो भेटबाट नै मेरा स्मृतिमा उनका तस्विरहरू बसिरहे
हामी फेरि भेट्नेछौं
नभन्दै हाम्रा भेटघाटहरू निकै बाक्लिन थाले
पढाइ लेखाइ मै रूमल्लि रहेको म मा, परिपक्वताले अंगालि सकेको थिएन
प्रेम के हो भन्ने थाहा पाए पनि म प्रेम गर्न डराउथेँ
मलाई लाग्थ्यो मेरो...