Saturday, July 27News That Matters

खोटाङको कथा समेटिएको उपन्यास “विधाता” 

दोर्पाका प्रतिक आचार्यलाई उपन्यास “विधाता” प्रदान गर्दै लेख मनोज कुमार राई

खोटाङ, चैत १३ । ‘..दिक्तेलदेखि पूर्व हेर्दा मन फुरुङ्ग भयो । धेरै वर्षपछि आमालाई भेटेजस्तो, आफ्नो गाउँ फर्किँदा मैले अतीतका जम्मै पीडाहरु बिर्सिएँ ।’ उपन्यास “विधाता” मा भेटिन्छन् यि शब्दहरु ।

खोटाङ जिल्लाको कथा व्यथा, शिक्षाको अवस्था, माओवादी जनयुद्ध समयमा भोग्नु परेको समस्या लगायतको विषय समेटेर शिक्षक एवं साहित्यकार मनोज कुमार राईले लेख्नु भएको उपन्यास “विधाता” बजारमा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पास्थित विध्योदय माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राईले लेख्नु भएको उपन्यास “विधाता” गत ७ गते काठमाडौंमा बिमोचन गरिएको हो ।

सामाजिक उपन्यास “विधाता” मा खोटाङमा जन्मिएका पात्र बसाइ सरेर तराइ गएको, धन कमाउन विदेश गएको र त्यो पात्रले भोगेको समस्या, दुःख, लगायतका कथा बस्तु पढ्न सकिने लेखक राईले बताउनुभयो । हाल जिल्लामा देखिएको शैक्षिक क्षेत्रको विचलनलाई पनि उपन्यासमा समेटिएको उहाँको भनाइ छ । लेखक राईको यो दोस्रो पुस्तक हो । यस अघि “सर्जक र सिर्जनाको विश्लेषण” (समालोचना, २०६८) प्रकाशित छ ।

तत्काललाई कुनै पनि पसलमा पुस्तक राखिएको छैन् । उपन्यास “विधाता” पढ्न चाहानेले लेख राईलाई ९८६२९७६१९० नम्बरमा सम्पर्क गर्न सकिने छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलिडाँडा लामाखु जन्म घर भएका लेखक राईको परिवार हाल मोरङमा छ । राई २०६७ सालदेखि विध्योदय माविमा कार्यरत हुनुहुन्छ ।