
खोटाङको तराई, मैनटार
खोटाङ, वैशाख २१ । सुन्दर मैनटार गाउँ सुनकोशी नदिको किनारमा रहेको छ । खोटाङको जन्तेढुंगा गाउँपालिका–१ मा पर्ने मैनटार गाउँ साविक देविस्थान गाविसको ८ नम्बर वडा हो । तराई जस्तै उर्वर र समथर मैनटारमा अहिले करीब ५० घर रहेका छन् ।
औलो रोगका कारण पहिले मैनटार बेँसीमा काम गरेर किसान माथिल्लो गाउँमा बस्न जाने गरेको बताइन्छ । तर बिस्तारै औलो रोग हराएपछि वि.स. २०३६ सालबाट मैनटारमा घर बनाएर किसानहरु बस्न थालेका हुन् । प्राय माझी जातीको बसोबास रहेको मैनटारमा तामाङ, राई, क्षेत्री जातीहरुको पनि बसोबास छ । प्राय सबै घरहरु तराईको जस्तै काठले बनाइएको छ ।
धान, मकै, गँहु लगायतका बाली प्रसस्त फल्ने मैनटारमा सुपारी, नरिवल, मेवा, मरिच पनि उत्पादन हुँदै आएको छ । सोही गाउँमा प्रसिद्ध धार्मिक स्थल पञ्चकन्या पोखरी पनि रहेको छ । नजिकका अन्य भूगोल देविस्थान, वाप्लुखाकाका खेतबारीमा भर्खरै मकै गोड्ने बेलाहुँदा...