Thursday, September 21News That Matters

मनोरञ्जन

मिश्रा गुरुङको गजल गीत “फूलको धार” सरिता राईको आवाजमा सार्वजनिक

मिश्रा गुरुङको गजल गीत “फूलको धार” सरिता राईको आवाजमा सार्वजनिक

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
साउन २४ । मिश्रा गुरुङको गजल गीत “फूलको धार” सार्वजनिक भएको छ । गुरुङको शब्द रहेको गजल गीतमा गायीका सरिता राईको आवाज, दुर्गा पराजुलीको संगीत र किरण कडेलको एरेन्ज रहेको छ । गजल गीतको भिडियोसमेत तयार गरिएको छ । भिडियोमा यसराज गराच, रचना शिवाकोटी र विमला खाजुम लिम्बुको अभिनय रहेको छ । गीतको भिडियो वरिष्ठ नुत्य निर्देशक कमल राईले तयार पारेका हुन् । यस्तै भिडियोको नुत्यमा सुमित गुरुङ, छायांकनमा शिव ढकाल र सम्पादन, कलरिङ्गमा मनोज कार्की रहेका छन् । भिडियो क्यास म्युजिक च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/0zR_u0kDnFA...
अन्धो हुन्छ माया भन्दै बजारमा आए विश्वास गजमेर

अन्धो हुन्छ माया भन्दै बजारमा आए विश्वास गजमेर

ताजा अपडेट, मनोरञ्जन
साउन ८ । नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गायक विश्वास गजमेरले अन्धो हुन्छ माया बोलको गितको भिडियो सार्वजनिक गरेका छन । गीतमा विश्वासको स्वर विकास संगम राईको शब्द, विक्रम राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय, बिशाल थापाको छायाँकन र ज्वाला राईको निर्देशन तथा सम्पादन रहेको छ । https://youtu.be/LrYVhBcRhOE...
बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

बाक्सिलामा वैशाख ६ गते गायिका मेलिना राई लगायतका कलाकारले नचाउने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत २४ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सांगीतिक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०८० सालको अवसरमा वैशाख ६ गते हुन लागेको सांगीतिक कार्यक्रममा नेपालको चर्चित गायिका मेलिना राई लगायतका कलाकारहरुको प्रस्तुति रहेने बताइएको छ । केपिलासगढी गाउँपालिकाको आर्थीक सहयोगमा ग्रामीण युवा विकास मञ्च केपिलासगढीको आयोजनामा सांगीतिक एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम हुन लागेको हो । कार्यक्रममा चर्चित गायिका मेलिना राईसँगै, गायक तथा संगीतकार विक्रम राई, बिनोद खम्बु, राकेश किराती, पदम थुलुङ, सुरेश कोयी राई र उमेश दुमी राईको सांगीतिक प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । गीत संगीतमार्फत मनोरञ्जन दिदै पर्यटन प्रवद्र्धनका लागि सांगीगितक कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका सदस्य प्रताप राईले बताउनुभयो । बाक्सिलास्थित पृथ्वी माध्यमिक विद्यालय...
खोटाङका प्रजन बस्नेतको शब्द, प्रमोद खरेल र अनु चौधरीको आवाजमा “पिलपिल आँसु”

खोटाङका प्रजन बस्नेतको शब्द, प्रमोद खरेल र अनु चौधरीको आवाजमा “पिलपिल आँसु”

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
खोटाङ, चैत ७ । खोटाङका प्रजन बस्नेतको शब्दमा “पिलपिल आँसु” बोलको नयाँ गीत सार्वजनिक भएको छ । जिल्लाको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका बस्नेतको शब्दमा चर्चिच गायक प्रमोद खरेल र चर्चित गायिका अनु चौधरीले आवाज दिएका छन् । ऋषि खड्का नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियो छोटो समयमा धेरै दर्शकले रुचाएका छन् । सार्वजनिक भएको करीब ५ दिनमा २ लाख ३० हजार बढी दर्शकले हेरेका छन् । ऋषि खड्काको संगीतमा तयार भएको “पिलपिल आँसु” मा नायिका सिल्पा पोखरेल र मोडल विक्रम बुढाथोकीको अभिनय रहेको छ । हेर्नुहोस् गीत ...
नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

नगरपालिकाको सहयोगमा साइनो कला केन्द्रले निःशूल्क संगीत प्रशिक्षण गर्ने

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, चैत ६ । खोटाङमा लामो समयदेखि गीत संगीतको क्षेत्रमा काम गरिरहेको संस्था साइनो कला केन्द्रले आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा केन्द्रले करीब १५ जना विद्यार्थीलाई निःशूल्क संगीत प्रशिक्षण गर्ने भएको जनाएको छ । संगीत प्रशिक्षणका लागि नगरपालिकाले ३ लाख रकम दिएको बताइएको छ । सोमबार सार्वजनिक सुनुवाइ गर्दै केन्द्रका कोषाध्यक्ष दशरत राईले नगरपालिकाले दिएको रकम मध्ये १ लाख ५० हजार बाध्यबादन खरिद गर्न खर्च गरेको बताउनुभयो । बाकी १ लाख ५० हजार प्रशिक्षकलाई तलब र कार्यालय व्यवस्थापनमा खर्च गरिने उहाँको भनाइ छ । संगीत प्रशिक्षणका लागि आएका धेरै ब्यक्तिहरु शुल्क तिर्न नसकेर बीचैमा कक्षा छाडिरहेकाले उनीहरुलाई नगरपालिकाको आर्थीक सहयोगमा निःशूल्क कक्षाको व्यवस्था गरिएको साइनो कला केन्द्रका अध्यक्ष भ...
खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

खोटाङका राजेश राईले जिते सिंगिङ सुपरस्टारको उपाधि

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, कात्तिक २८ । खोटाङमा जन्मिएका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा जन्मिएका राई बिगत १३ वर्षदेखि सांगीगितक क्षेत्रमा सक्रिय छन् । उनै राईले भ्वाईस स्टार नेपाल लिमिटेडले निर्माण गरी ईमेज च्यानलबाट प्रसारण भैरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् । आइतबार भएको फिनालेमा प्रथम भई राईले २० लाख नगद र म्युजिक नेपालसंग सम्झौता लगायत पुरस्कार प्राप्त गरेका छन् । फिनालेमा फस्ट रनर अप नामगेल लामा र सेकेन्ड रनर अप दीपक सापकोटा भए । कार्यक्रम हरेक आइतबार र सोमबार साँझ ईमेज च्यानलबाट प्रसारण हुँदै आएको थियो । फिनालेमा प्रतियोगीहरुले विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा खोटाङका राजेश राई, उपाधिकालागि भोटको अपिल

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा खोटाङका राजेश राई, उपाधिकालागि भोटको अपिल

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज २७ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् । भ्वाइ...
खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउँदै चलचित्र ‘संघार’

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज ६ । चलचित्र ‘संघार’ खोटाङसहित विभिन्न स्थानमा प्रदर्शनमा आउने भएको छ । लेखक तथा साहित्यकार प्रयास दुमी राईनिर्देशित संघार दशैं र तिहारलाई लक्षित गरी प्रदर्शन गर्न लागिएको बताइएको छ । चलचित्र दशैंलाई छेको पारेर खोटाङ, उदयपुर र आसपासका जिल्लामा समेत प्रदर्शनमा आउनेछ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको माक्पा, नोरूङ, जलेस्वरी लगायत आसपासका विद्यालयमा, खोटाङकै जन्तेढुंगा गाउँपालिकामा प्रदर्शन गरिने निर्देशक दुमीले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका, बेल्टार बसाहा र भोजपुरको अन्नपूर्ण पानधारे दावा, भोजपुर पाङ्खाङ, चखेवा लगायतका स्थानहरुमा प्रदर्शन गरिने उहाँको भनाइ छ । पुर्वका विभिन्न स्थानमा प्रदर्शन पश्चात चलचित्र संघीय राजधानी काठमाडौँ साथै अन्य देशशरुमा पनि प्रदर्शन गरिनेछ । चलचित्रमा अस्मिता राई, प्रयास दुमी राई, अरुण राई, सुश्मा राई, दुर्गा वान्तावा राई, मनोज राई, अनि...
गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण

गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण

Banner News 3, ताजा अपडेट, मनोरञ्जन, समाचार, स्थानीय
खोटाङ, असोज ४ । खोटाङमा जन्मनुभएकी गायिका सत्यकला राई राष्ट्रपतिबाट विभूषण हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्दा गायिका राईको नाम पनि समावेश भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णय र सिफारिसमा विभूषण प्राप्त गर्ने व्यक्तिको नामावली सार्वजानिक गरिएको हो । विभूषित हुने व्यक्तित्वमा गायिका राईसहित अन्य कलाकारहरुसमेत छन् । राष्ट्रपतिबाट विभूषण हुनुभएकी गायिका राई खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ माक्पा लेवामा जन्मनुभएको हो । इन्टरनेटैमा, आइडिकार्डैले, तिमि मसँग नबोल्ने अरे, खोटाङ हलेसी, ढडिया थापिदेउ साईला लगायतका गीतहरु गयिका राईको चर्चित छन् । विभूषित हुने क...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मल्टिमिडिया, स्थानीय
खोटाङ, भदौ २८ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राईले प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म टप ९ घोषणा हुँदा राई पनि पर्न सफल भएका छन् । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको टप ८ कालागि भोटिङ खुल्ला भइसकेको छ । राईलाई टप ८ मा पु¥याउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । टप ८ कालागि आगामी आइतबार राती १२ बजेसम्म भोट गर्न मिल्नेगरी गत आइतबारबाट भोटिङ लाइन खुल्ला भइसकेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–८ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोट...