खोटाङ, असार ३१ । खोटाङकी उदीयमान गायिका अर्जुना राईको “टारी खेत” बोलको नयाँ गीत सार्वजनिक भएको छ । रोपाइँसँग सम्बन्धित गीतको भिडियो खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा छायांकन गरिएको हो ।
गाउँघरमा हुने धान रोपाइँसँगै युवा युवतीबीचको प्रेमलाई गीत र भिडियोमा देखाउन खोजिएको छ । गीतमा आवाजसँगै शब्द र संगीत पनि स्वयं अर्जुनाको रहेको छ । आफु कक्षा ८ मा अध्ययन गर्दै गर्दा रचना गरिएको “टारी खेत” गीत लामो समय पछि हाल रेकर्ड गरेर आफ्नै गाउँमा छायांकन गरिएको अर्जुनाको भनाइ छ ।
सोमबार अर्जुना राई अफिसियल नामक युटुव च्यानलबाट सार्वजनीक गरिएको “टारी खेत” गीतको एरेन्ज सागर संसार राईको रहेको छ । भिडियोमा मोडल आशिस लिम्बुसँगै स्वयं अर्जुना र सञ्जु बान्तावा लगायतको अभिनय देख्न सकिन्छ । अर्जुनाले नै निर्देशन गरेको भिडियो विशाल राईले खिचेका हुन् ।
गायीका अर्जुनाको हालसम्म दर्जन गीतहरु बजारमा आएका छन् ।
हेर्नुहोस् भिडियो