खोटाङ, असार २९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । नगरपालिकाको लेखा शाखा प्रमुख भिम ढकाललाई वर्ष उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान गरिएको हो ।
शुक्रबार भएको १५ औँ नगरसभाको दोस्रो अधिवेशनको अवसरमा लेखाप्रमुख ढकाललाई नगदसहित सम्मानपत्रले नगर प्रमुख विमला राई, उपप्रमुख रमेश कुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलास बहादुर ठकुराठीले सम्मान गर्नुभएको हो । नगरपालिकाको कार्यालयमा सहायक लेखापालको पदमा रही उत्कृष्ट कार्यका साथ नगरपालिकाको समग्र विकासमा पु¥याएको योगदनस्वरुप ढकाललाई सम्मान गरिएको नगर प्रमुख राईले बताउनुभयो ।
शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सर्वसम्मत पारित गरेको छ । असार १० गते भएको पहिलो अधिवेशनमा पेस भएको ८२ करोड २८ लाख ३३ हजार ३ सय बजेट दोस्रो अविधेशनमा छलफलछ पश्चात सर्वसम्मत पारित गरिएको नगरपालिकाले जनाएको छ । अधिवेशनले “नगरपालिकाको नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन ऐन २०८१”, “धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण तथा व्यवस्थापन ऐन २०८१” समेत पास गरेको छ ।