खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद
खोटाङ, भदौ ९ । खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सव डिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलिडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सव डिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षणहुँदा काठ काट्नेहरु बेखबर भएपछि बरामद गरिएको उहाँको भनाइ छ । अवैधानिक तरिकाले काठ निकासा हुने लागेको विषयमा रुपाकोट खबरले समाचार प्रशारण गरेको थियो । समाचार पश्चात वन कार्यालयले तत्काल एक्सन लिएर का...









