बजारको फोहोर अव्यवस्थित फाल्दा खानेपानीको मुहानमा असर
खोटाङ, असोज ८ । खोटाङको सिम्पानी बजारको फोहोर अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर भएको छ । जिल्लाको पुरानो बजार खोटेहाङ गाउँपालिका–८ सिम्पानी बजारको फोहोर बजार नजिकै अव्यवस्थितरुपमा फाल्दा खानेपानीको मुहानमा असर पुगेको हो ।
चिसापानी बजारको फोहोर बजार नजिकै सडकबाट खोल्सामा फाल्ने गरेको देखिएको छ । सडकको डिलमा बोतल, प्लास्टिकजन्य लगायतका फोहोर असरल्ल छरिएका छन् । स्वास्थ्य संस्थाले प्रयोग गर्ने सिरिन्जसमेत सडकको डिलमा फालिएको छ । सडक भन्दा तल रहेको खोल्सामा खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेको तीन खोप्रे गाउँमा जाने खानेपानीको मुहान रहेको स्थानीय रोमन श्रेष्ठले बताउनुभयो । फालिएको फोहोर खानेपानीको मुहानसम्म पुग्ने भएकाले पटक पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको उहाँको भनाइ छ ।
सिम्पानी बजारको फोहोर व्यवस्थापनको लागि वडा कार्यालयले हरेक वर्ष ठेक्का खुलाउने गरेको छ ।...









