Thursday, September 21News That Matters

रोचक

सुत्केरी उद्दार गर्न आएको हेलिकप्टरले मोटरसाइकल उडाएपछि….भिडियोसहित

सुत्केरी उद्दार गर्न आएको हेलिकप्टरले मोटरसाइकल उडाएपछि….भिडियोसहित

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, रोचक, समाचार, स्थानीय
खोटाङ, पुस ७ । बिहिबार सुत्केरी उद्दार गर्न दिक्तेल आएको हेलिकप्टरले मोटरसाइकल उडाएको छ । सुन्दा अचम्म लागे पनि घटना भने यथार्थ हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षिया इन्द्रकला राईको सुत्केरी पश्चात अत्याधिक रगत बगेपछि निशुल्क सेवा राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तरगत हेलिकप्टर लिन आयो । बिहिबार दिउसो करीब १ बजे दिक्तेलस्थित हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गरियो । तर ल्याण्ड गर्ने क्रममा हेलिप्याडको छेउमा पार्किङ गरेर राखिएको मोटरसाइकल हेलिकप्टरको हावाले उडाएको छ । हेलिप्याडको छेउमा ३/४ वटा मोटरसाइकल पार्किङ गरेर राखिएको थियो । त्यसमध्ये एउटा मोटरसाइकल भने हेलिकप्टरको हावाले उडाएर करीब १५ मिटर तल सडकमा झारेको छ । हेलिप्याडबाट जिल्ला समन्वय समितिको हल पछाडिको सडमा झरेको मोटरसाइकलको अगाडिको भाग पुर्णरुपमा क्षति भएको छ । मोटरसाइकल साकेला गाउँपालिकाका एक व्यक्तिको...
कुखुराको भाले मर्दा गाउँले मलामी गए, मालिकले कपाल फाले, नुन छोडे

कुखुराको भाले मर्दा गाउँले मलामी गए, मालिकले कपाल फाले, नुन छोडे

Banner News 1, ताजा अपडेट, रोचक
दाङको तुलसीपुरमा कुखुराको भाले मरेपछि त्यसका मालिकले कपाल मुण्डन गर्नुका साथै नुनसमेत छोडेका छन् । तुलसीपुर उपमहानगरपालिका– १५ पहरुवा गाउँका ४६ वर्षीय शिव सुवेदीले पालेको भाले मरेपछि हिन्दु परम्पराअनुसार गाउँलेहरू मलामी गई स्थानीय टैवा खोलामा लगि अन्तिम संस्कार गरेका छन्। ‘मैले १९ वर्ष १० महिनासम्म पालेको भाले साउन १६ गते म¥यो,’ सुवेदीले भने, ‘त्यो खबर थाहा पाएर गाउँलेहरू जम्मा हुनुभयो, २५ जना मलामी भएर टौवा खोलामा भालेको अन्तिम संस्कार ग¥यौं।’ भाले मरेपछि मानिसको मृत्युजस्तै गरी गाउँलेहरूले खटमा भालेलाई बोकेर खोलासम्म पु¥याएका थिए । ‘गाउँलेहरूले जलाउन आवश्यक पर्ने काठ पनि लिएर आउनुभएको थियो,’ सुवेदीले भने, ‘भालेलाई जलाएर सकेपछि हिन्दु परम्परा अनुसार मैले खोलामै कपाल पनि मुण्डन गरेको हा े।’ धेरै लामो समयसम्म पालेको भालेलाई परिवारको सदस्यजस्तै मानेर आफू र गाउँलेले त्यसको मृत्यु पछि ...