Saturday, July 27News That Matters

सुत्केरी उद्दार गर्न आएको हेलिकप्टरले मोटरसाइकल उडाएपछि….भिडियोसहित


खोटाङ, पुस ७ । बिहिबार सुत्केरी उद्दार गर्न दिक्तेल आएको हेलिकप्टरले मोटरसाइकल उडाएको छ । सुन्दा अचम्म लागे पनि घटना भने यथार्थ हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षिया इन्द्रकला राईको सुत्केरी पश्चात अत्याधिक रगत बगेपछि निशुल्क सेवा राष्ट्रपति महिला उद्दार कार्यक्रम अन्तरगत हेलिकप्टर लिन आयो । बिहिबार दिउसो करीब १ बजे दिक्तेलस्थित हेलिप्याडमा हेलिकप्टर ल्याण्ड गरियो । तर ल्याण्ड गर्ने क्रममा हेलिप्याडको छेउमा पार्किङ गरेर राखिएको मोटरसाइकल हेलिकप्टरको हावाले उडाएको छ ।

हेलिप्याडको छेउमा ३/४ वटा मोटरसाइकल पार्किङ गरेर राखिएको थियो । त्यसमध्ये एउटा मोटरसाइकल भने हेलिकप्टरको हावाले उडाएर करीब १५ मिटर तल सडकमा झारेको छ । हेलिप्याडबाट जिल्ला समन्वय समितिको हल पछाडिको सडमा झरेको मोटरसाइकलको अगाडिको भाग पुर्णरुपमा क्षति भएको छ । मोटरसाइकल साकेला गाउँपालिकाका एक व्यक्तिको रहेको बुझिएको छ ।

हेर्नुहोस् भिडियो
धनिराम नछुङको सामाजिक सञ्जाल फेसबुकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *