
खोटाङ, कात्तिक १८ । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्ष खोटाङको सभापतिमा रोजन राई निर्वाचित हुनुभएको छ । आठौं जिल्ला अधिवेशनबाट राई सर्वसम्मत सभापति निर्वाचित हुनुभएको कांग्रेस देउवा पक्षले जनाएको छ ।
कात्तिक १७ गते दिक्तेल बजारमा ¥याली निकालेर जिल्ला समन्वय समितिको हलमा जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो । १८ गते निर्वाचित समितिको नाम सार्वजनिक गरिएको हो । जिल्ला समितिको उपसभापतिमा खिलाराज राई र केशव राई, सचिबमा अमृत गिरी र प्रदिप कार्की, सहिसचिबमा अनिता राई र शुरेस कार्की सर्वसम्मत निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत महाप्रसाद आचार्यले बताउनुभयो । जिल्ला कार्य समितको सदस्यहरु पछि टुङ्ग्याइने बताइएको छ ।
यस्तै, खोटाङको प्रदेशसभा क को सभापतिमा उद्दव राई, उपसभापतिमा मकर राई, सचिबमा टिका बहादुर बस्नेत, सहसचिबमा सेकेन्द्र राई र राधा गिरी निर्वाचित भएका छन् । प्रदेशसभा ख को सभापतिमा सुनिलचन्द्र राई, उपसभापतिमा भिमबहादुर राउत र निरेशकुमार राई, सचिबमा सर्गम राई र विश्वदिप राई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, खुल्लासँगै विभिन्न कोटाबाट महाधिवेशन प्रतिनिधिहरुमा ३४ जना निर्वाचित भएका छन् । भुपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेशलकुमार राई, बसन्त राई, नबराज राई, दिलीप खत्री, भिमकेशर राई, राकेश परियार, हिरा गुरुङ, सरिता आङ्देम्बे, देवि राई, शान्ती कला राई, विकाश श्रेष्ठ, इन्दिरा दाहाल, पदम निरौला, उदय चाम्लिङ, दुरेन्द्र कुमार राई, मोहन राई, सुमन राई, सुनिता राई, कम्पशेर राई, सन्तोश राई, निर्पध्वज बिस्वकर्मा, देबेन्द्र बस्नेत, कृष्णराज आचार्य, प्रतिभा राई, योगेश गुरुङ, दिपक विश्वकर्मा, सत्यवती राई, निर्मला राई र हरी थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा कतर्फ भेषिन्द्र राई, पदम बहादुर श्रेष्ठ, दिपक राई, रमाहाङ राई, अनिता राई, पुजन राई, मुना दाहाल, गोपी निरौला, कादिदास पोखरेल, नारायण सिं राई, शकुन्तला बानिया, मेनुका राई र कला विश्वकर्मा रहेका छन् । प्रदेशसभा खतर्फ मन्जित राई, कुमार खत्री, चन्द्र बहादुर राई, कौशिला राई, देवका खड्का, नयन्द्र मगर, कविराज राई, नवराज दाहाल, शुक्र राई, दुरेन गुरुङ, टिकामाया दर्जी, हेमराज राना मगर, उसा राई, रमा खड्का, मुना दाहाल, किरण राई, केदार ओझा, राजकुमार गुरुङ र गिता परियार रहेका छन् ।
