Sunday, October 5News That Matters

समाचार

खोटाङमा व्यवसायिक राँगा पालन 

खोटाङमा व्यवसायिक राँगा पालन 

Banner News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ भदौ १६ । बिहान जङ्गलमा लगेर राँगा छाड्ने र बेलुका गोठमा ल्याएर बाँध्ने, खोटाङ खाल्लेका कृषकहरुको अहिलेको दैनिकी बनेकोे छ । सामुहिकरुपमा व्यवसायिक राँगा पालन सुरु गरेका खाल्लेका चारसले दाप्सा कृषक समुहसँग अहिले राँगा र पाडी गरेर २४ वटा छन् । उनीहरुलाई घाँसको कुनै चिन्ता छैन् । दिनभरी जङ्गलमा चरेर राँगाभैँसी अघाउछन् । कृषकहरु भने हिउँदको लागि घाँस जोहो गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोगमा कृषकहरुले व्यवसायिकरुपमा राँगा पालन सुरु गरेका हुन् । किसानलाई स्वरोजगार बनाउँदै राँगाको मासुमा आत्मनिर्भर बन्ने नगरपालिकाको नीति अनुसार कृषकहरुले व्यवसायिकरुपमा राँगा पाल्न थालेका हुन् । दुधको लागि भैँसी पाल्दै आएपनि मासुका लागि व्यवसायिकरुपमा खोटाङमा हालसम्म राँगा पालिएको थिएन । यतिबेला भने कृषकहरुले केही ठाउँमा सामुहिक र केही ठाउँमा ब्यक्तिगत राँगा पालन सुरु गरेका हुन् । अ...
महिलाले हाँकेको पालिका लगातार अगाडि, विकासमा उदाहरणीय प्रयास

महिलाले हाँकेको पालिका लगातार अगाडि, विकासमा उदाहरणीय प्रयास

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ ८ । देश संघीय संरचनामा गयो, गाउँ गाउँमा सिंहदरबार पुग्यो भनियो । तर, यो कुरा नागरिकले सुने मात्र की महसुस पनि गरे ? विशेस गरी गाउँका स्थानीय सरकार यो प्रश्नले घेरिएका थिए, र अझै घेरिरहेका छन् । स्थानीय सरकारको निर्माणहुँदै गर्दा गाउँमा अभावनै अभाव थियो भन्दा फरक नपर्ला । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, आधुनिक कृषि प्रणाली, रोजगारी, पर्यटन प्रवद्र्धन यि सबै कुराको अभावमा गाउँ बाँचिरहेको थियो । र अझै पनि त्यी सबै अभाव परिपुर्ति भइसकेका छैनन् । केही स्थानीय सरकारले त्यी अभावहरुलाई परिपुर्ति गर्ने प्रयास गरेका छन् । प्रयास गर्ने मध्येको एउटा स्थानीय सरकार हो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका । त्रि–धार्मिक स्थल हलेसी रहेको यस नगरपालिका हलेसीको नामले परिचित थियो । तर विकासले पछी । हिन्दु, बौद्ध र किराँत धर्मको सङ्गमस्थल हलेसीमा दर्शन गर्न नेपालसँ...
रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन

रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” गठन गरिएको छ । सांसद डा.तोसिमा कार्की र केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको प्रमुख उपस्थितिमा शनिबार “खोटाङ–काठमाडौ सम्पर्क बिभाग” गठन गरिएको रास्वपाले जनाएको छ । रास्वपाले गठन गरेको “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” सभापतिमा भरत प्रसाद घिमिरेलाई चयन गरिएको छ । खोटेहाङ गाउँपालिका–९ का घिमिरे सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । उपसभापतिमा एलिसा खड्का, सचिवमा यज्ञ बहादुर बन चयन हुनुभएको रास्वपा खोटाङका सभापति मुकुन्द कृष्ण थापाले जानकारी दिनुभयो । यस्तै, सदस्यहरुमा पर्शुराम बिष्ट, बलराम कार्की, लोक बहादुर कटवाल, विनोद दाहाल, कृष्ण बहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलक बहादुर राउत, नवीन फुयाँल, सोम बहादुर गिरी, कालुराम राई, प्रेम कुमार राई, बिरेन्द्र घिमिरे, खवराज (हरि) गिरी, तिला माया पुरी र नरेन्द्र...
खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि

खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन २४ गते । खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि गरेको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापतेलका नवराज बस्नेतका छोरी र छोरा बिहिबार राती मृत भेटिएका थिए । प्रहरीलाई जानकारी नगराई शुक्रबार बिहान छोराछोरीको अन्त्यष्टि गरिएको पाइएको हो । साउन २२ गते बिहिबार घरबाट हराइरहेका १० वर्षकी छोरी र ४ वर्षको छोरा जङ्गलमा मृत भेटिएका थिए । सँगै हराएका अन्य ४ जना बच्चा भने सकुसल भेटिएको पूर्व वडाध्यक्षसमेत रहनुभएका स्थानीय इन्द्र बहादुर बस्नेतले बताउनुभयो । भीरबाट लडेर मृत अवस्थामा भेटिएका उक्त दुई बच्चाको शुक्रबार अन्त्यष्टि गरिएको उहाँको भनाइ छ । यता प्रहरीलाई भने घटनाको केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भीरबाट लडेर मृत भेटिएको बालबालिकाको अन्त्यष्टि गरिएको भनेर गोरखापत्र समाचारदातालाई जानकारी आ...
कक्षा १२ मा जिल्ला प्रथम हुने विद्यार्थीलाई माउन्ट एभरेस्टले गर्यो सम्मान

कक्षा १२ मा जिल्ला प्रथम हुने विद्यार्थीलाई माउन्ट एभरेस्टले गर्यो सम्मान

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन २३ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा सञ्चालित माउन्ट एभरेस्ट इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कूलले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । ३.७० जिपिए ल्याएर कक्षा १२ उत्तिर्ण हुने प्रेम कुमार पुरीलाई विद्यालयले सम्मान गरेको हो । उत्कृष्ट जिपिए ल्याएका माउन्ट एभरेस्टका विद्यार्थी पुरी जिल्ला प्रथम भएकाले सम्मान गरिएको सहायक प्रधानाध्यापक अजुर्न केसीले जानकारी दिनुभयो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत सोमबार सार्वजनिक गरेको थियो । माउन्ट एभरेस्टका विद्यार्थी पुरी १२ को नतिजामा खोटाङ जिल्लाकै प्रथम भएको केसीले बताउनुभयो । पुरीलाई शुक्रबार विद्यालयले नगदसहित प्रशंसापत्रले सम्मान गरेको उहाँको भनाइ छ । यस्तै, जिल्ला दोस्रो पनि माउन्ट एभरेस्टका विद्यार्थी किरणकाजी बस्नेत भएका छन् । उनले ३.६४ जिपिए ल्याएर जिल्ला दोस्रो भएको सहायक प्रध...
पत्रकार दर्नाल हिमालको फेददेखि अमेरिकासम्म

पत्रकार दर्नाल हिमालको फेददेखि अमेरिकासम्म

Banner News 3, ताजा अपडेट, समाचार, समाज
साउन २३ । हिमालपारिको सानो जिल्ला सोलुखुम्बु । जहाँ हिउँसँग लड्दै मान्छे बाँच्न सिक्छ, जहाँ पत्रकारिता बन्दुक र बम होइन, नक्सा र नक्साच्युत आवाजसँग संघर्ष गर्छ । त्यसै भूभागबाट उक्लिएर एक पत्रकार आज विश्व पत्रकारहरूको साझा थलोमा उभिएका छन् । नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सुवास दर्नाल अमेरिकामा आयोजित अन्तर्राष्ट्रिय नेतृत्वकर्ता कार्यक्रममा सहभागी भएका छन् । अमेरिकी सरकारको विदेश मन्त्रालयद्वारा आयोजना गरिएको यो कार्यक्रम पत्रकारिता, नेतृत्व र अन्तर्राष्ट्रिय समन्वयको क्षेत्रका लागि विश्वकै प्रतिष्ठित मञ्च मानिन्छ । सन् २०२५ को संस्करणमा दर्नालले नेपालको मात्र नभई हिमाली पत्रकारिता र स्थानीय आवाजहरूको प्रतिनिधित्व गरिरहेका छन् । १५ वर्षभन्दा बढी समयदेखि राजनीति, पर्यटन र जलवायु परिवर्तन जस्ता जटिल र दूरदराजका विषयमा कलम चलाएका दर्ना...
खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु

खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन १७ । खोटाङमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम सुरु भएको छ । विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा सञ्चालन भइरहेको ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम खोटाङमा शनिबारबाट सुरु भएको हो । नेपालमा यो कार्यक्रम बिहिबारबाट औपचारिकरुपमा सुरु भएको थियो । दशरथ रङ्गशालामामा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम को शुभारम्भ गरेका थिए । देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ वटा विद्यालयहरूमा उक्त कार्यक्रम सञ्चालन हुने बताइएको छ । फिफाले नेपाल फुटबल संघ एन्फासँगको सहकार्यमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ सञ्चालन गरेको छ । फिफा एवं एन्फाको मान्यता पाएपछि दिक्तेल इङ्लिस बोर्डिङ स्कुलबाट यो कार्यक्रम सुरु भएको हो । बोर्डिङका करिब २ सय जना विद्यार्थीलाई कार्यक्रमको सुरुवातसँगै फुटबल प्रशिक्षण सुरु गरिएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए । खोटाङ फुटबल संघको आयोजना एव...
अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन १६ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको खोटाङ र सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीले पाएका छन् । अनेरास्ववियुकाको खोटाङ जिल्लाको निवर्तमान अध्यक्ष उपरकोटी हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्य उपरकोटीलाई अनेरास्वियुको केन्द्रीय सचिवालय बैठकले खोटाङ र सोलुखुम्बु दुई जिल्लको इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, सचिवालयको बैठकले अनेरास्ववियु खोटाङ जिल्ला संयोजक शुसिला तिमिल्सिनालाई तोकेको छ । तिमिल्सिनाले संयोजकको जिम्मेवारी पाउदा अबिशेक घिमिरे र इश्वर आचार्यलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।...
खोटेहाङका कर्मचारी र पदाधिकारीको एक वर्षमा बैठक तथा अन्य भत्ता १ करोड १२ लाख ९८ हजार

खोटेहाङका कर्मचारी र पदाधिकारीको एक वर्षमा बैठक तथा अन्य भत्ता १ करोड १२ लाख ९८ हजार

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, साउन ८ । एक वर्षमा खोटाङको खोटेहाङ गाउँपालिकामा कर्मचारी तथा पदाधिकारी बैठक भत्ता, अनुगमन तथा भ्रमण खर्च, कर्मचारी प्रोत्साहन तथा इन्धन र विविध तथा विविध कार्यक्रममा २ करोड ४२ लाख ९३ हजार खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा खोटेहाङ गाउँपालिकाले उक्त खर्च गरेको हो । एक आर्थिक वर्षमा गाउँपालिकाको कर्मचारी पदाधिकारी बैठक तथा अन्य भत्तामा १ करोड १२ लाख ९८ हजार खर्च भएको महालेखाको प्रतिवेदनले जनाएको छ । यस्तै, अनुगमन तथा मुल्यांकन र भ्रमण खर्चमा ३४ लाख ४३ हजार, इन्धन पदाधिकारी र कार्यालय प्रयोजनमा १७ लाख ३८ हजार, विविध खर्चमा ४७ लाख ६२ हजार, विविध कार्यक्रम खर्चमा २० लाख ५१ हजार र कर्मचारी प्रोत्साहन र फिल्ड भत्तामा १० लाख १ हजार खर्च भएको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । खाना खाजा खर्च...
नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा कसजु र सचिवमा गुरुङ

नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा कसजु र सचिवमा गुरुङ

Banner News 3, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, साउन ७ । नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा मिलन कसजु र सचिवमा विरेन गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको खोटाङको पहिलो अधिवेशनले कसजुको अध्यक्षतामा सर्वसम्मत २४ सदस्य जिल्ला कार्य समिति निर्वाचित गरेको हो । बुधबार नेपाली कांग्रेस वीपी स्मृति भवन दिक्तेलमा भएको प्रथम जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सहसचिवमा श्याम कुमार पौडेल र कोषाध्यक्षमा किरण राईलाई निर्विरोध निर्वाचित गराएको हो । यस्तै, सदस्यहरुमा विचारी तामाङ, दिनेश राई, राजधन राई, दिपक खत्री, चन्द्रबहादुर श्रेष्ठ, हरिकुमार श्रेष्ठ, कंचन राई, सविन श्रेष्ठ, सोमकुमार राई, सन्तोष खड्का, ढकराज मगर, गौधन राई र एलिशा गुरुङ चयन भएको निर्वाचन मण्डलका सदस्य फुर्वा शेर्पाले जानकारी दिनुभयो । यस्तै, केन्द्रीय प्रतिनिधिमा...