Thursday, October 22News That Matters

खोटाङबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित, विमलालाई पपुलर मत

खोटाङ, असोज १८ । नेपाली कांग्रेस खोटाङबाट १५ औं महाधिवेशनका लागि ३३ जना प्रतिनिधि निर्वाचित भएका छन् । ६ जना प्रतिनिधि निर्विरोधहुँदा २७ जना प्रतिनिधि मतदानमार्फत निर्वाचित भएका हुन् । निरन्तरको वर्षाले पछि सरेको खोटाङको प्रतिनिधिसभा र प्रदेशसभाको अधिवेशन असोज १४ गतेबाट सुरु भएको थियो । प्रतिनिधिको आकांक्षी बढी भएपछि १६ गते मतदान भएको थियो ।

मतदानमार्फ निर्वाचित विमला राईले पपुलर मत पाउनुभएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नगर प्रमुखसमेत रहनुभएकी राईले मत संख्याको करिब ८० प्रतिशत मत पाउनुभएको छ । जिल्लाभर १ हजार ७२३ क्षेत्रीय प्रतिनिधि रहेकोमा १ हजार २६४ मत खसेको थियो । जसमध्ये महिलातर्फ राईले १ हजार १० मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । चार जना महिला प्रतिनिधिको कोटामा ७ जनाको उम्मेद्वारी परेको थियो । जसमा विमला राईसँगै ६१४ मत ल्याएर कान्ती केसी बस्नेत, ५६१ मत ल्याएर मिना कार्की र ४५१ मत ल्याएर डिल्ली कुमारी आचार्य विजयी भएका छन् ।

यस्तै, खुल्लातर्फ १० जनाको कोटामा २० जनाको उम्मेद्वारी परेको थियो । जसमा वीरकाजी राई खुल्लातर्फको ८८२ पपुलरमतसहित विजयी हनुभएको छ । यस्तै, ८३० मतसहित इवन राई, ७९७ मतसहित नरेशकुमार श्रेष्ठ, ७७६ मत ल्यएर विष्णुकुमार राई, ७४० मत ल्याएर इच्छुराम राना, ७०६ मत ल्याएर समिर राई, ६२१ मत ल्याएर शालिकराम बञ्जरा, ५९९ मत ल्याएर रवि प्रकाश राई, ५१७ मत ल्याएर राजकुमार बस्नेत, र ४९७ मत ल्याएर सुमनबाबु आचार्य महाधिवेशन प्रतिनिधिमा विजयी हनुभएको हो । ४८० मत ल्याएर फटिककुमार श्रेष्ठ झिनो मतले पराजित हुनुभएको छ । अन्य प्रतिस्पर्धि भारी मतान्तरले पराजित भएका छन् ।

यस्तै, जनजाती पुरुषतर्फ तीन जनाको कोटामा १० जनाको उम्मेद्वारी परेको थियो । जसमा ५९२ मत ल्याएर भिषण राई र ४७७ मत ल्याएर काजिमान राई विजयी हनुभएको छ । तेस्रो स्थानमा रहेका सञ्जय कुमार राई र कैलास राईको बराबर २८१ मत आएपछि चिट्ठामार्फत कैलास राई विजयी हुनुभएको छ । २ जनाको कोटा रहेको खस आर्यतर्फ ९ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये ३२६ मत ल्याएर दिनेशकुमार घिमिरे र २६५ मत ल्याएर खेमबहादुर खड्का वियजी हनुभएको छ । खसआर्य महिलातर्फ ४९८ मत ल्याएर अन्जना बस्नेत विजयी हनुभएको छ ।

यस्तै, ३५ वर्ष मुनीको युवा खुल्लामा २ जनाको कोटामा ७ जनाको उम्मेद्वारी परेको थियो । जसमध्ये ३८१ मत ल्याएर विकल राई र ३७३ मत ल्याएर जीवन न्यौपाने विजयी हुनुभएको छ । प्रजातन्त्र सेसानी द्धन्द पीडिततर्फ ३४९ मत ल्याएर अनिस गुरुङ, अपाङ्गतर्फ ५६१ मत ल्याएर कुमार पुरी, पेशागततर्फ ४८६ मत ल्याएर रमेशकुमार राउत र अल्पसंख्यकतर्फ ७३९ मत ल्याएर किसन भुजेल महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

यस्तै, आदीवासी जनजाती महिलातर्फ सपना राई, देवीकुमारी राई र विनिता श्रेष्ठ निर्विरोध महाधिवेशन प्रतिनिधिमा निर्वाचित हनुभएको थियो । यस्तै, ३५ वर्ष मुनीको युवा महिलामा गोमा राई, दलिततर्फ दिपक विश्वकर्मा र श्रमिकतर्फ नवराज केसी खत्री पनि महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित हनुभएको थियो ।

यस्तै, प्रदेशसभा क को सभापतिमा राजेन्द्र राई निर्विरोध निर्वाचितहुँदा प्रदेशसभा ख मा मतदानमार्फत बाजिन्द्र बिष्ट सभापतिमा निर्वाचित हुनुभएको छ ।