
महिलाले हाँकेको पालिका लगातार अगाडि, विकासमा उदाहरणीय प्रयास
राजकुमार सरगम (भट्टराई)
खोटाङ, भदौ ८ । देश संघीय संरचनामा गयो, गाउँ गाउँमा सिंहदरबार पुग्यो भनियो । तर, यो कुरा नागरिकले सुने मात्र की महसुस पनि गरे ? विशेस गरी गाउँका स्थानीय सरकार यो प्रश्नले घेरिएका थिए, र अझै घेरिरहेका छन् ।
स्थानीय सरकारको निर्माणहुँदै गर्दा गाउँमा अभावनै अभाव थियो भन्दा फरक नपर्ला । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, आधुनिक कृषि प्रणाली, रोजगारी, पर्यटन प्रवद्र्धन यि सबै कुराको अभावमा गाउँ बाँचिरहेको थियो । र अझै पनि त्यी सबै अभाव परिपुर्ति भइसकेका छैनन् ।
केही स्थानीय सरकारले त्यी अभावहरुलाई परिपुर्ति गर्ने प्रयास गरेका छन् । प्रयास गर्ने मध्येको एउटा स्थानीय सरकार हो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका । त्रि–धार्मिक स्थल हलेसी रहेको यस नगरपालिका हलेसीको नामले परिचित थियो । तर विकासले पछी । हिन्दु, बौद्ध र किराँत धर्मको सङ्गमस्थल हलेसीमा दर्शन गर्न नेपालसँ...