Sunday, April 19News That Matters

राजनीति

भट्टराईले कार्यकर्तालाई केराको पैसा दिएको थिए, सामाजिक सञ्जालमा फैलियो भ्रम

भट्टराईले कार्यकर्तालाई केराको पैसा दिएको थिए, सामाजिक सञ्जालमा फैलियो भ्रम

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन ६ । अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल छ । भाइरल फोटोमा एक जना ब्यक्तिलाई नेकपा एमालेका नेता विशाल भट्टराईले पैसा दिएकोे देखिन्छ । सोही फोटो मतदाता फकाउन नेता भट्टराईले पैसा दिएको भन्दै सामाजिक सञ्जालमा भाइरहल भइरहेको छ । यस विषयमा रुपाकोट खबरले बुझ्दा फोटोको यथार्थ अर्कै रहेको पाइएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज भट्टराईले रावा बेसी गाउँपालिका–१ कुभिण्डेका नवराज रेग्मीलाई केराको पैसा दिएको पुष्टि भएको छ । फागुन ५ गते एमालेले पालिकाको केन्द्र हरमटारमा निर्वाचन विशेष भेला आयोजना गरेको थियो । सोही भेलामा एमालेका सकृय सदस्य तथा कार्यकर्तासमेत रहेका रेग्मीले केरा लिएर आएका थिए । नवज्योति कृषि फर्मका सञ्चालक रेग्मी कुभिण्डेका अघुवा कृषक हुन् । पार्टीको भेलामा फर्ममा उत्पादन भएको केरा लिएर गएका थिए । उक्त केरा सित्तैमा खानु हुन्न भन्दै कार्यक्रमका...
पहिलो पटक कांग्रेसको साझा उम्मेदवार बने बिरकाजी राई, इतिहास रच्ने अवसर

पहिलो पटक कांग्रेसको साझा उम्मेदवार बने बिरकाजी राई, इतिहास रच्ने अवसर

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, माघ १३ गते । नेपाली कांग्रेस खोटाङको पहिलो पटक बिरकाजी राई साझा उम्मेदवार बनेका छन् । विभिन्न गुटका कारण प्राय सबै निर्वाचनमा टिकटप्रति रुष्टहुँदै आएको खोटाङ कांग्रेस यो पटक सबैले उम्मेदवारलाई समर्थन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट बिरकाजी राई कांग्रेसको उम्मेदवार छन् । उनलाई अहिलेसम्म जिल्लाका सबै कांग्रेसी नेताहरुले समर्थन गरेको देखिन्छ । बागी उम्मेदवार र अन्तरघातले आजित भएको कांग्रेस यो पटक एक ठाउँमा उभिएर जीत निकाल्ने दाउमा रहेको छ । विगतका निर्वाचनहरुमा एउटा पक्षले टिकट ल्याउने अनि अर्को पक्ष रुष्टहुँदै आएको प्रष्ट देखिन्थ्यो । तर, बिरकाजी राईलाई अहिले सबै पक्षले समर्थन गरेका छन् । कांग्रेस जिल्ला कार्यसमितिको एक कार्यकाल सचिव भएका राई सभापतिमा पराजित भएका थिए । अहिले कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका राईलाई प...
खोटाङमा पुरानै तीन पार्टीको मुख्य प्रतिस्पर्धा, नयाँले दिदैछन् चुनौती

खोटाङमा पुरानै तीन पार्टीको मुख्य प्रतिस्पर्धा, नयाँले दिदैछन् चुनौती

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, माघ १० गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङमा पुराना तीन पार्टीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लाबाट १५ जनाले मनोनय दर्ता गरे पनि २०७९ मा भएको चुनावको मत परिणाम अनुसार मुख्य प्रतिस्पर्धा पुरानै तीन पार्टीको हुने देखिन्छ । यद्यपी नयाँ पार्टीहरुले पनि उतिकै चुनौती दिने देखिन्छ । ०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धनबाट नेकपा माओवादीका रामकुमार राई निर्वाचित भएका थिए । राईले ३१ हजार ३५१ मत ल्याएर जिवयीहुँदा नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरेका थिए । यस्तै, जनता समाजवादी नेपाल पार्टीका डाक्टर कृष्ण कुमार राईले १ हजार ९१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १ हजार ७६१ मत प्राप्त गरेका थिए । प्रत्यक्षतर्फको उम्मेद्वार पराजित भए...
राप्रपा खोटाङबाट युवा नेता सर्जुसहित ६ जनाको नाम सिफारिस

राप्रपा खोटाङबाट युवा नेता सर्जुसहित ६ जनाको नाम सिफारिस

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, पुस ७ । आसन्न निर्वाचनका लागि राप्रपा खोटाङले युवा नेता सर्जु श्रेष्ठसहित ६ जनाको नाम सिफारिस गरेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम राप्रपा खोटाङले सिफारिस गरेको हो । प्रत्यक्षतर्फ युवा नेता श्रेष्ठसहित गुणराज राजभण्डारी र आदिवासी जनजाती महिलातर्फ कृष्णकुमारी राईलाई सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताउनुभयो । ०७९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले खोटाङबाट श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो । आसन्न निर्वाचनमा पनि श्रेष्ठको नाम जिल्लाले सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ आदिवासी जनजाती महिलामा बिजयकला राई, खस आर्यतर्फ शिवकुमार खत्री र दलित महिलातर्फ भरुमायाँ बिश्वकर्मालाई सिफारिस गरिएको राईले बताउनुभयो ।...
एमाले महाधिवेशन : खोटाङबाट १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी

एमाले महाधिवेशन : खोटाङबाट १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मङ्सिर ११ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि खोटाङमा ६५ जना आकांक्षी देखिएका छन् । ११ औं राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधित्व हुने १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी देखिएका हुन् । नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईका अनुसार खुला ५ कोटामा ४१ जना, महिला ३ कोटामा ९ जना, युवा १ कोटामा ११ जना र दलित १ कोटामा ४ जना आकांक्षी रहेका छन् । आकांक्षीहरुलाई मङ्सिर १२ गते छलफलका लागि पार्टी कार्यालय दिक्तेल बोलाइएको अध्यक्ष राईले बताउनुभयो । सबै प्रतिनिधि सर्वसम्मत चयन गर्न प्रयत्न भइरहेको बताइएको छ । सहमति नभए १३ गते महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्ला भरका एमालेका संगठित सदस्यहरुले मतदान गर्नु पर्ने हुन्छ । तर, मतदान नगरी सहमतिमै प्रतिनिधि चयन गरिने अध्यक्ष राईको भनाइ छ । खोटाङकै अन्य ७ जना नेता भने स्वतः प्रतिनिधि हुनेछन् । एकालेको वर्तमान केन्द्रीय कार्यसमित...
महिलाले हाँकेको पालिका लगातार अगाडि, विकासमा उदाहरणीय प्रयास

महिलाले हाँकेको पालिका लगातार अगाडि, विकासमा उदाहरणीय प्रयास

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, भदौ ८ । देश संघीय संरचनामा गयो, गाउँ गाउँमा सिंहदरबार पुग्यो भनियो । तर, यो कुरा नागरिकले सुने मात्र की महसुस पनि गरे ? विशेस गरी गाउँका स्थानीय सरकार यो प्रश्नले घेरिएका थिए, र अझै घेरिरहेका छन् । स्थानीय सरकारको निर्माणहुँदै गर्दा गाउँमा अभावनै अभाव थियो भन्दा फरक नपर्ला । सडक, विद्युत, शिक्षा, स्वास्थ्य, खानेपानी, आधुनिक कृषि प्रणाली, रोजगारी, पर्यटन प्रवद्र्धन यि सबै कुराको अभावमा गाउँ बाँचिरहेको थियो । र अझै पनि त्यी सबै अभाव परिपुर्ति भइसकेका छैनन् । केही स्थानीय सरकारले त्यी अभावहरुलाई परिपुर्ति गर्ने प्रयास गरेका छन् । प्रयास गर्ने मध्येको एउटा स्थानीय सरकार हो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका । त्रि–धार्मिक स्थल हलेसी रहेको यस नगरपालिका हलेसीको नामले परिचित थियो । तर विकासले पछी । हिन्दु, बौद्ध र किराँत धर्मको सङ्गमस्थल हलेसीमा दर्शन गर्न नेपालसँ...
रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन

रास्वपाको खोटाङ–काठमाडौं सम्पर्क बिभाग गठन

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, भदौ १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” गठन गरिएको छ । सांसद डा.तोसिमा कार्की र केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको प्रमुख उपस्थितिमा शनिबार “खोटाङ–काठमाडौ सम्पर्क बिभाग” गठन गरिएको रास्वपाले जनाएको छ । रास्वपाले गठन गरेको “खोटाङ–काठमाडौं सम्पर्क बिभाग” सभापतिमा भरत प्रसाद घिमिरेलाई चयन गरिएको छ । खोटेहाङ गाउँपालिका–९ का घिमिरे सभापतिमा सर्वसम्मत चयन हुनुभएको हो । उपसभापतिमा एलिसा खड्का, सचिवमा यज्ञ बहादुर बन चयन हुनुभएको रास्वपा खोटाङका सभापति मुकुन्द कृष्ण थापाले जानकारी दिनुभयो । यस्तै, सदस्यहरुमा पर्शुराम बिष्ट, बलराम कार्की, लोक बहादुर कटवाल, विनोद दाहाल, कृष्ण बहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलक बहादुर राउत, नवीन फुयाँल, सोम बहादुर गिरी, कालुराम राई, प्रेम कुमार राई, बिरेन्द्र घिमिरे, खवराज (हरि) गिरी, तिला माया पुरी र नरेन्द्र...
अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

अनेरास्ववियु खोटाङ र सोलुखुम्बुको इन्चार्जमा उपरकोटी, खोटाङ संयोजकमा तिमिल्सिना

Banner News 2, ताजा अपडेट, राजनीति, समाचार
खोटाङ, साउन १६ । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको खोटाङ र सोलुखुम्बु जिल्ला इन्चार्जको जिम्मेवारी विष्णु उपरकोटीले पाएका छन् । अनेरास्ववियुकाको खोटाङ जिल्लाको निवर्तमान अध्यक्ष उपरकोटी हालै सम्पन्न अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्य उपरकोटीलाई अनेरास्वियुको केन्द्रीय सचिवालय बैठकले खोटाङ र सोलुखुम्बु दुई जिल्लको इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, सचिवालयको बैठकले अनेरास्ववियु खोटाङ जिल्ला संयोजक शुसिला तिमिल्सिनालाई तोकेको छ । तिमिल्सिनाले संयोजकको जिम्मेवारी पाउदा अबिशेक घिमिरे र इश्वर आचार्यलाई सह–संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।...
रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी

रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा वडा अधिवेशन सुरु गरेको छ । जिल्ला सदरमुकाम एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबाट रास्वपाले वडा अधिवेशन सुरु गरेको हो । शुक्रबार भएको पहिलो वडा अधिवेशनले दिक्तेल वडाको सभापतिमा दुर्गा देवी कार्कीलाई चयन गरेको छ । पार्टीको बिधान अनुसार कार्कीको नेतृत्वमा ११ जनाको वडा समिति निर्माण गरिएको रास्वपाका खोटाङ सभापति मुकुन्द कृष्ण थापाले जानकरी दिनुभयो । उप–सभापतिमा चन्द्र बहादुर परियार, सचिवमा पदम घिमिरे चयन हनुभएको छ । यस्तै, सदस्यहरुमा सिता बस्नेत, इन्द्र बेलास आचार्य, सुशिला बास्तोला, गिता आचार्य, लीलानाथ पाण्डे, डिल्ली प्रसाद आचार्य, राधा घिमिरे पराजुली र तोरण सैंजु रहनुभएको छ । कार्यक्रममा जिल्ला सभापति थापासँगै जिल्ला सचिव तुला बहादुर खत्री, दिक्तेल नगर संयोजक पर्शुराम थापा (आशिष), जिल्ला RAT बिभाग संयोजक आनन्द ख...
खोटाङबाट राष्ट्रिय युवा संघको १३ जना केन्द्रीय प्रतिनिधि छनोट

खोटाङबाट राष्ट्रिय युवा संघको १३ जना केन्द्रीय प्रतिनिधि छनोट

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, वैशाख २८ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ खोटाङले सर्वसम्मत केन्द्रीय प्रतिनिधि छनोट गरेको छ । पोखरामा हुने आसन्न महाधिवेशनको लागि युवा संघ खोटाङले १३ जना प्रतिनिधि सर्वसम्मत छनोट गरेको हो । जिल्ला सदरमुकाम दिक्तेलस्थित एमालेको पार्टी कार्यालयमा शनिबार बसेको युवा संघको तेस्रो पूर्ण बैठकले दश स्थानीय तहबाट १/१ जना र जिल्लाबाट ३ जना गरी १३ जना प्रतिनिधि छनोट गरेको युवा संघका जिल्ला अध्यक्ष रोशन राईले बताउनुभयो । जिल्लाबाट रोशन राई, सविन राई र रस्मिका आचार्य प्रतिनिधिकोरुपमा छनोट हुनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट विजय राई, हलेसी तुवाचुङ नगरपालिकाबाट किसन राई, ऐसेलुखर्क गाउँपालिकाबाट डेबिट राई, केपिलासगढी गाउँपालिकाबाट मौसम राई र रावा बेसी गाउँपालिकाबाट यम मगरलाई केन्द्रीय प्रतिनिधिमा छनोट गरिएको छ । यस्तै, साकेला गाउँपालिकाबाट भैरब बस्नेत, दिप्रुङ चुइचु...