Monday, January 19News That Matters

राप्रपा खोटाङबाट युवा नेता सर्जुसहित ६ जनाको नाम सिफारिस


खोटाङ, पुस ७ । आसन्न निर्वाचनका लागि राप्रपा खोटाङले युवा नेता सर्जु श्रेष्ठसहित ६ जनाको नाम सिफारिस गरेको छ । फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम राप्रपा खोटाङले सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ युवा नेता श्रेष्ठसहित गुणराज राजभण्डारी र आदिवासी जनजाती महिलातर्फ कृष्णकुमारी राईलाई सिफारिस गरिएको राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राईले बताउनुभयो । ०७९ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाले खोटाङबाट श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो । आसन्न निर्वाचनमा पनि श्रेष्ठको नाम जिल्लाले सिफारिस गरेको छ ।

यस्तै, समानुपातिकतर्फ आदिवासी जनजाती महिलामा बिजयकला राई, खस आर्यतर्फ शिवकुमार खत्री र दलित महिलातर्फ भरुमायाँ बिश्वकर्मालाई सिफारिस गरिएको राईले बताउनुभयो ।