
खोटाङ, पुस ११ । खोटाङले नयाँ प्रमुख जिल्ला अधिकारी (सिडीओ) पाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रेखा कँडेललाई खोटाङको सिडीओकोरुपमा खटाएको जनाएको छ ।
खोटाङका सिडीओ कल्पना श्रेष्ठको केही दिन अघि सरुवा भएको थियो । नयाँ सिडीओमा कँडेललाई गृह मन्त्रालयले खटाएको हो । गृहले शुक्रबार १२ जिल्लाका सीडीओहरू हेरफेर गरेको हो ।
जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।

