Sunday, April 19News That Matters

मल्टिमिडिया

डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, चैत १५ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थल खोटाङको रुपाकोट चर्चामा आउन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्ने सम्भावना भएपनि प्रचारको अभावले ओझेलमा रहेको छ । रुपाकोट डाँडा जिल्ला सदरमुकाम दिक्तेलको शिरमा रहेपनि हालसम्म लुकेको अवस्था छ । रुपाकोट डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विभिन्न हिमशृङ्खलासँगै अन्य मनोरम दृश्य देखिन्छ । रुपाकोट आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं धार्मिक महत्व बोकेको ठाउँ पनि हो । जानकारहरुका अनुसार मौसम खुलेको समयमा रुपाकोटबाट सगरमाथा, चोयु, लोत्से, मकालु र आमाडब्लम विश्व चर्चित सँगै अन्य थुर्पै साना हिमशृङ्खला देखिन्छ । अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त मुन्धुुम ट्रेलको अन्तिम स्थल साल्पा सिलिचुङ लगायतका दृश्यको अवलोकन रुपाकोटबाट गर्न सकिन्छ । यस्तै, ...
१४ देशका चित्रकारले सुरु गरे खोटाङको महत्वपुर्ण स्थानको दृश्य क्यानभासमा उतार्न

१४ देशका चित्रकारले सुरु गरे खोटाङको महत्वपुर्ण स्थानको दृश्य क्यानभासमा उतार्न

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
  खोटाङ, असोज १८ । खोटाङ आएका नेपालसहित १४ देशका ३७ जना कलाकारहरुले जिल्लाका महत्वपुर्ण स्थानहरुलाई क्यानभासमा उतार्न सुरु गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा बुधबारबाट सुरु भएको “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी” मा सहभागि कलाकार एवं चित्रकारहरुले चित्र कोर्न सुरु गरेका हुन् । चित्रकारहरु बिहिबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा पुगेका थिए । जालपाबाट उनिहरुले औपचारिकरुपमा लाइभ चित्र कोर्न सुरु गरेका छन् । २१ असोजसम्म सञ्चालन हुने कार्यक्रममा चित्रकारहरु जिल्लाका विभिन्न ठाउँमा पुगेर धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने कार्यक्रम रहेको छ । बिहिबार (आज) जालपासँगै खानीडाँडा विमानस्थलसम्म चित्रकारहरु पुगेका थिए । शुक्रबार बिहान मझुवागढी डाँडाम...
‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, मल्टिमिडिया, स्थानीय
खोटाङ, भदौ २८ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राईले प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म टप ९ घोषणा हुँदा राई पनि पर्न सफल भएका छन् । प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको टप ८ कालागि भोटिङ खुल्ला भइसकेको छ । राईलाई टप ८ मा पु¥याउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । टप ८ कालागि आगामी आइतबार राती १२ बजेसम्म भोट गर्न मिल्नेगरी गत आइतबारबाट भोटिङ लाइन खुल्ला भइसकेको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–८ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा ...
एक पटक जानै पर्ने ठाउँ, प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पा पोखरी

एक पटक जानै पर्ने ठाउँ, प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पा पोखरी

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ ९ । धार्मिक आस्थाको प्रतिक अनि प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल, जसको बारेमा सुनेपछि एक पटक जान मन लाग्ने स्थल हो साल्पा पोखरी । जुन खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा गरी चार जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल हो । चार जिल्लाको संगमस्थल भएपनि भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका साविकको दोभाने गाउँ विकास समितिमा साल्पा पोखरी पर्दछ । समुद्र सतहदेखि ३ हजार ४ सय ४३ मिटर उचाइमा रहेको साल्पा पोखरीमा चार जिल्लाबाटै जाने बाटाहरु रहेका छन् । खोटाङको सदरमुकाम दिक्तेलदेखि तालखर्क, मैयुङ डाँडा हुँदै मुन्दुम पदमार्गको बाटोबाट जान सकिन्छ भने सुङदेल हुँदै अर्को बाटोबाट पनि जान सकिन्छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर पनि जान सकिन्छ । भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गर्दै साल्पा पोखरी पुग...

दिक्तेलमा प्रदर्शन गरिएको लाखे नाँच (फोटो फिचर)

Banner News 3, ताजा अपडेट, धर्म संस्कृति, मल्टिमिडिया
खोटाङ, साउन २७ । खोटाङको सदरमुकाम दिक्तेलमा प्रदर्शन गरिएको लाखे नाँच,    
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक (भिडियो सहित)

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक (भिडियो सहित)

Banner News 1, ट्रेन्डिङ, मनोरञ्जन, मल्टिमिडिया, समाचार
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक भएको छ । नगरपालिकाको आर्थीक लगानि र गायक हर्क गदालको शब्द संगितमा तयार भएको गीत शनिबार (आज) खोटाङ म्युजिक प्रा.लि. युटुव च्यानलबाट सार्वजनिक भएको हो । संगित एरेन्ज बिजय थापाको रहेको गीतमा आवाज स्वयं गायक गदालसँगै लोकदोहोरी क्षेत्रकी चर्चित गायिका पुर्णकला बि.सि.को रहेको छ । नगरपालिका भीत्रका बिभिन्न तरकारी तथा पशुपालन फर्ममा गीतको भिडियो छायंकन गरिएको छ । गाउँमै बसेर कृषी र पशुपालनमा लागे जीवन यापनको लागि बिदेश जान नपर्ने सन्देश गीतबाट दिन खोजिएको गीतका सर्जक गदालले बताउँनु भयो । यस्तै गाउँमै बसेर उद्यमी बन्न चाहानेहरुको लागि नगरपालिका सधै साथमै रहेको भन्दै हौसला प्रदानको लागि नगरपालिकाले कृषी गीतको अडियो र भिडियो तयार पारेको नगर प्रमुख दिप नारायण रिजाल र उपप्रमुख बिणा देवी राईले बताउँनु भयो ।...