
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषी गीत सार्वजनिक भएको छ । नगरपालिकाको आर्थीक लगानि र गायक हर्क गदालको शब्द संगितमा तयार भएको गीत शनिबार (आज) खोटाङ म्युजिक प्रा.लि. युटुव च्यानलबाट सार्वजनिक भएको हो ।
संगित एरेन्ज बिजय थापाको रहेको गीतमा आवाज स्वयं गायक गदालसँगै लोकदोहोरी क्षेत्रकी चर्चित गायिका पुर्णकला बि.सि.को रहेको छ । नगरपालिका भीत्रका बिभिन्न तरकारी तथा पशुपालन फर्ममा गीतको भिडियो छायंकन गरिएको छ । गाउँमै बसेर कृषी र पशुपालनमा लागे जीवन यापनको लागि बिदेश जान नपर्ने सन्देश गीतबाट दिन खोजिएको गीतका सर्जक गदालले बताउँनु भयो ।
यस्तै गाउँमै बसेर उद्यमी बन्न चाहानेहरुको लागि नगरपालिका सधै साथमै रहेको भन्दै हौसला प्रदानको लागि नगरपालिकाले कृषी गीतको अडियो र भिडियो तयार पारेको नगर प्रमुख दिप नारायण रिजाल र उपप्रमुख बिणा देवी राईले बताउँनु भयो ।
