Thursday, September 21News That Matters

Banner News 1

जीर्ण भवनमा ज्यामिरे स्वास्थ्य चौकी, नयाँ भवन हाँसेको हाँसै

जीर्ण भवनमा ज्यामिरे स्वास्थ्य चौकी, नयाँ भवन हाँसेको हाँसै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २९ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे स्वास्थ्य चौकीको जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको छ । लामो समयदेखि निर्माणधिन नयाँ भवन सञ्चालनमा नआउदा स्वास्थ्यकर्मीहरु पुरानै जीर्ण भवनबाट स्वास्थ्य सेवा दिन बाध्य भएका छन् । हाल स्वास्थ्य चौकी सञ्चालन भइरहेको भवन अत्यन्तै जीर्ण छ । ढुंगा र माटोको पुरानो भवनको बाहिरी सबै भागहरु चर्किएका छन् । भवनको भित्र ढलान गरिएको भएपनि फुटेर पुरै चिराचिरा भएको छ । जोखिम मोलेर बाध्यताले उक्त जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव तेज बहादुर राईको भनाइ छ । ‘औषधी लयातको सामान राख्ने ठाउँ, बिरामी जाँच गर्ने ठाउँ र प्रशासन सञ्चालन सबै एउटै कोठामा छ । त्यही पनि भवन जीर्ण भएर कुन बेला भत्किन्छ टुंगो छैन् ।’ अहेव राईले बताए । बर्थिङ सेन्टरका लागि छुट्टै सानो २ कोठाको भवन छ । जसकारण प्रसूति गराउन समस्या नरहेको उनको भनाइ ...
खोटाङकी ७७ वर्षीया छलमाया मगर ३ दिनदेखि बेपत्ता

खोटाङकी ७७ वर्षीया छलमाया मगर ३ दिनदेखि बेपत्ता

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ २४ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीकी ७७ वर्षीया वृद्धा ३ दिनदेखी बेपत्ता भएकी छिन् । घरबाट गाउँ हिडेकी डुम्रेधापानीस्थित गुँहेलेकी ७७ वर्षीया छलमाया मगर बेपत्ता भएकी हुन् । शुक्रबार बिहान करीब १० बजे घरबाट गाउँ डुल्न भनेर हिडेकी वृद्धा मगर अहिलेसम्म घर फर्किएकी छैनन् । छिमेकी फणिन्द्र अधिकारीको घरमा केही समय बसेर करीब १५ मिनेट टाढा रहेको सम्धीको घर जान्छु भन्दै वृद्धा हिडेकी थिइन् । उक्त घरमा पुगेर मास र गहत लिएर फर्किएको सम्धिनी बेलीमाया मगरको भनाइ छ । सम्धिनीसँग दिउँसो करीब ११ः३० बजे छुटेकी वृद्धा मगर साँझसम्म घर नपुगेपछि खोजतलास गरिएको छिमेकी अधिकारीले बताए । शुक्रबार गाउँलेले खोजतलासगर्दा फेला नपरेपछी शनिबार डुम्रुेधारापानी प्रहरी चोकीमा खोजतलास गर्न निवेदन दिएको परिवारले जनाएको छ । स्थानीय र प्रहरीहरुले खोजतलास जारी राखेपनि अहिलेसम्म वृद्धा भेटिएकी छैन...
निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीहरुलाई फलफुल वितरण

निजामती कर्मचारी युनियनको स्थापना दिवसमा बिरामीहरुलाई फलफुल वितरण

Banner News 1, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, भदौ १९ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा खोटाङमा बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला अस्पताल खोटाङमा भर्ना भएर उपचार गराइरहेका १८ जना बिरामीहरुलाई मंगलबार बिहान फलफुल वितरण गरिएको हो । युनियनको स्थापना दिवसको अवसरमा बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा लगायतको फलफुल वितरण गरिएको निजामती कर्मचारी युनियन खोटाङका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो । युनियनका जिल्ला अध्यक्ष घिमिरेसँगै केन्द्रीय सदस्य अनिल आचार्य र इरन राई, कोशी प्रदेश समिति उपाध्यक्ष भगत आचार्य, सदस्य खेमराज आचार्य, ट्रेड युनियनका जिल्ला सचिव विवेक पराजुली लगायतले फलफुल वितरण गर्नुभएको हो । फलफुल वितरणका तस्विरहरु ...
डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

Banner News 1, अर्थ, ताजा अपडेट, समाचार
३० साउन । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।...
खोटाङमा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाइते

खोटाङमा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाइते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, साउन १३ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा जीप दुर्घटनाहुँदा ५ जना गम्भीर घाईते भएका छन्  । इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङतर्फ जाँदै गरेको जीप दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीको खुदुर्केमा दुर्घटना भएको हो । ज ३३८७ नम्बरको जीपमा २ वर्षको बच्चासहित १३ जना सवार रहेका थिए । अन्य सामान्य घाईते भए पनि पाँच जनाको अवस्था गम्भीर देखिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । बेहोस् अवस्थामा रहेका पाँच घाईतेको पहिचान हुन बाँकी छ । गाउँपालिका प्रहरी, नेपाल प्रहरी र स्थानीयले दुर्घटनाका घाईतेको उद्धार गरिरहेका छन् । घाइतेको गाउँपालिकाको ‘हेल्लो डाक्टर’ सेवामार्फत प्राथमिक उपचार भइरहेको छ । घाईतेको अवस्था हेरेर जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताए । पञ्चमी -याङसोलाटार सडक खण्डमा ढुंगा खसेको र फुटा...
वडा सदस्य राईद्वारा विपन्न परिवारका विद्यार्थीलाई पोसाक वितरण

वडा सदस्य राईद्वारा विपन्न परिवारका विद्यार्थीलाई पोसाक वितरण

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, असार १६ । रावा बेसी गाउँपालिका-१ कुभिण्डेका वडा सदस्य विशाल राईले  विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीलाई पोसाक वितरण गरेका छन  । रत्न राज्य लक्ष्मी आधारभूत विद्यालयका ४ जना विद्यार्थीलाई राईले विद्यालय पोसाक वितरण गरेका हुन । विद्यालायले छनोट गरेका उक्त ४ जना विद्यार्थीलाई वडा सदस्य राईले शुक्रबार विद्यालयमै पुगेर पोसाक हस्तान्तरण गरेका छन । पोसाक पाउनेहरुमा कक्षा १ मा अध्यनरत कमला उपरकोटी, कक्षा ३ मा अध्यनरत खिला नेपाली र सुरेश मिजार र कक्षा ५ मा अध्यनरत दिक्षा नेपाली रहेका छन । अध्ययनलाई निरन्तरता दिन सहयोग र हौसलाको लागि पोसाक प्रदान गरेको सदस्य राईले बताए । विद्यार्थीलाई सहयोग गर्ने वडा सदस्य राईलाई विद्यालयले सम्मान गरेको छ ।  ...
हलेसी तुवाचुङमा विद्युतीय चुलो प्रयोग गर्न सुरु, नगरपालिकाद्धारा निःशूल्क वितरण

हलेसी तुवाचुङमा विद्युतीय चुलो प्रयोग गर्न सुरु, नगरपालिकाद्धारा निःशूल्क वितरण

Banner News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असार ९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशूल्क विद्युतीय चुलो वितरण गर्न थालेको छ । शनिबार नगरपालिकाले यस वर्ष १ सय ३९ जना शिक्षिका र १७ जना पूर्व महिला जनप्रतिनिधिलाई विद्युतीय इन्फ्रारेड चुलो प्रदान गरेको हो । चालु आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले २ सय वटा इन्फ्रारेड चुलो खरिद गरेको थियो । जसमध्ये नगरपालिका भरिका शिक्षिक र पूर्व महिला जनप्रतिनिधिलाई शनिबार नगर प्रमुख विमला राई, उपप्रमुख रमेशकुमार राउत र प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले चुलो प्रदान गर्नुभएको हो । बाकी रहेको चुलो एकल महिला र विधुर पुरुषलाई प्रदान गरिने नगर प्रमुख राईले बताउनुभयो । देश बाहिर जाने रकमलाई अध्याधिक रकमलाई रोक्न विद्युतीय चुलोको प्रयोगलाई नगरपालिकाले जोड दिएको प्रमुख राईको भनाइ छ । ‘आजभोली धेरैले ग्यास प्रयोग गर्न थालिसकेका छन्, जसले गर्दा हाम्रो ...
कुभिण्डेले गर्यो वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ

कुभिण्डेले गर्यो वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ ३० । खोटाङको रावा बेसी गाउँपालिका-१ कुभिण्डेले वडामा सञ्चालन भएका योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० मा वडामा सञ्चालन भएका सबै योजनाहरुको सार्वजनिक सुनुवाइ गरेको हो ।  चालू आ.वमा कुभिण्डेमा साना ठुला गरेर ५२ वटा योजनाहरु सञ्चालन भएका छन । संघ, प्रदेश, पालिका र वडाको गरेर कुल रु ४ करोड १८ लाख ४० हजार बजेटको योजना कुभिण्डेमा सञ्चालन भएको वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । जसको पारदर्शिताका लागि योजनाहरुको प्रगति र सार्वजनिक सुनुवाइ गरिएको वडाध्यक्ष राईको भनाइ छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षक, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधि  लगायतको उपस्थिति रहेको थियो । यस्तै, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि सुझावसमेत लिइएको  वडाध्यक्ष राईले बताउनुभयो । ...
वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

वडा स्तरीय भलिबलको उपाधि ज्यामिरेलाई, हौँचुर दोस्रोहुँदा डुम्रे तेस्रो

Banner News 1, खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १४ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा भएको वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेले जितेको छ । कुभिण्डे वडा र रावा बेसी गाउँपालिकाको आर्थिक सहयोगमा कुभिण्डे खेलकुद विकास समितिले आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि ज्यामिरेले जितेको हो । रावा बेसी–६ हौँचुरलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जितेको ज्यामिरेले नगद ५५ हजार ५५५ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको हौँचुरले नगद ३३ हजार ३३३ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । १३ टिम सहभागि भएको प्रतियोगितामा रावा बेसी–४ डुम्रे धारापानीले तेस्रो स्थान हात पारेको छ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई हराउदै तेस्रो भएको डुम्रेले नगद २२ हजार २२२ को साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानका...
युवाहरुले गरे भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध

युवाहरुले गरे भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध

Banner News 1, ताजा अपडेट, समाचार, समाज
खोटाङ, जेठ ३ । कोशी पद्रेशका विभिन्न जिल्लाका युवाहरुले भ्रष्टाचारीहरुको सामुहिक श्राद्ध गरेका छन् । सुनसरीको दुहबी–३ गणेश मन्दिरमा मंगलबार सम्पुर्ण भ्रष्टाचारीहरुको नर्कमा बासको श्राप सहित सामुहिक श्राद्ध गरेका हुन् । देशमा निरन्तर भ्रष्टाचार बढिरहेको र भ्रष्टाचारमा उच्च ओहदाको ब्यक्तिहरुको संग्लनता रहेकाले उनिहरुको नष्ट हुनु पर्ने भन्दै श्राद्ध गरिएको खोटाङका निर्दोष पोखरेलले बताउनुभयो । देशको अर्थतन्त्र खस्किएको तर भ्रष्टाचारीहरु मौलाइरहेकाले उनिहरुलाई पिण्डदान सहित त्रिपनताम गरि बिरोध गरिएको पोखरेलको भनाइ छ । ...