Saturday, April 18News That Matters

Banner News 1

डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

डाँडामा रहेर पनि लुकेको खोटाङको पर्यटकीय स्थल रुपाकोट

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, मल्टिमिडिया, समाचार, समाज, स्थानीय
राजकुमार सरगम (भट्टराई) खोटाङ, चैत १५ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण ऐतिहासिक एवं धार्मिक महत्व बोकेको स्थल खोटाङको रुपाकोट चर्चामा आउन सकेको छैन् । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्ने सम्भावना भएपनि प्रचारको अभावले ओझेलमा रहेको छ । रुपाकोट डाँडा जिल्ला सदरमुकाम दिक्तेलको शिरमा रहेपनि हालसम्म लुकेको अवस्था छ । रुपाकोट डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथादेखि विभिन्न हिमशृङ्खलासँगै अन्य मनोरम दृश्य देखिन्छ । रुपाकोट आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवं धार्मिक महत्व बोकेको ठाउँ पनि हो । जानकारहरुका अनुसार मौसम खुलेको समयमा रुपाकोटबाट सगरमाथा, चोयु, लोत्से, मकालु र आमाडब्लम विश्व चर्चित सँगै अन्य थुर्पै साना हिमशृङ्खला देखिन्छ । अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त मुन्धुुम ट्रेलको अन्तिम स्थल साल्पा सिलिचुङ लगायतका दृश्यको अवलोकन रुपाकोटबाट गर्न सकिन्छ । यस्तै, ...
भट्टराईले कार्यकर्तालाई केराको पैसा दिएको थिए, सामाजिक सञ्जालमा फैलियो भ्रम

भट्टराईले कार्यकर्तालाई केराको पैसा दिएको थिए, सामाजिक सञ्जालमा फैलियो भ्रम

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, फागुन ६ । अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल छ । भाइरल फोटोमा एक जना ब्यक्तिलाई नेकपा एमालेका नेता विशाल भट्टराईले पैसा दिएकोे देखिन्छ । सोही फोटो मतदाता फकाउन नेता भट्टराईले पैसा दिएको भन्दै सामाजिक सञ्जालमा भाइरहल भइरहेको छ । यस विषयमा रुपाकोट खबरले बुझ्दा फोटोको यथार्थ अर्कै रहेको पाइएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज भट्टराईले रावा बेसी गाउँपालिका–१ कुभिण्डेका नवराज रेग्मीलाई केराको पैसा दिएको पुष्टि भएको छ । फागुन ५ गते एमालेले पालिकाको केन्द्र हरमटारमा निर्वाचन विशेष भेला आयोजना गरेको थियो । सोही भेलामा एमालेका सकृय सदस्य तथा कार्यकर्तासमेत रहेका रेग्मीले केरा लिएर आएका थिए । नवज्योति कृषि फर्मका सञ्चालक रेग्मी कुभिण्डेका अघुवा कृषक हुन् । पार्टीको भेलामा फर्ममा उत्पादन भएको केरा लिएर गएका थिए । उक्त केरा सित्तैमा खानु हुन्न भन्दै कार्यक्रमका...
शैक्षिक सुधारमा हलेसी तुवाचुङको निरन्तर प्रयास, प्रधानाध्यापकलाई रातो बङ्गलाको प्रशिक्षण

शैक्षिक सुधारमा हलेसी तुवाचुङको निरन्तर प्रयास, प्रधानाध्यापकलाई रातो बङ्गलाको प्रशिक्षण

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २२ वटा विद्यालयका प्रधानाध्यापकलाई नेतृत्व विकास र शिक्षण सामाग्री व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेसन पाटन ललितपुरसँगको सहकार्यमा रातो बङ्गला स्कूलमा तीन दिने तालिम प्रदान गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेसन ललितपुरसँग तीन वर्ष सहकार्य गर्ने समझदारी भएको छ । सोही कार्यक्रम अन्तरगत २२ वटा विद्यालयका प्रानाध्यापक, शिक्षा शाखाका कर्मचारी र कार्यक्रम सञ्चालनको लागि नियुक्त गरिएको दुई जना फिल्ड अधिकृतलाई तालिम प्रदान गरिएको नगरपालिकाका मेयर विमला राईले जानकारी दिनुभयो । नगरपालिकाको ४५ दशमलव २२ र रातो बङ्गलाको ५४ दशमलव ७८ प्रतिशत लागत साझेदारीमा तीन वर्षसम्म चल्ने उक्त कार्यक्रमका लागि नगरपालिकाका २२ वटा विद्यालय छनोट गरिए...
नौमती बाजा संरक्षणमा हौँचुर

नौमती बाजा संरक्षणमा हौँचुर

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १५ । रावा बेसी गाउँपालिका–६ हौँचुरका नौमती बाजा संरक्षण समुहलाई वडा कार्यालयले नौमती बाजा प्रदान गरेको छ । परम्परागत नौमती बाजा संरक्षणको लागि वडामा संरक्षण समुह निर्माण गरिएको छ । उक्त समुहलाई वडा कार्यालयले बिहिबार एक थान बाजा हस्तान्त्रण गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो । सभा सम्मेलन, बिहे, पूजाआजा लगायतमा नौमती बाजाको प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय बाजा बजाउन चलन हट्दै गएको छ । जसकारण त्यसको संरक्षणको लागि सुबास परियारको नेतृत्वमा संरक्षण समुह निर्माण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । उक्त समुहलाई गाउँपालिकाले फर्ममार्फत खरिद गरेको दुई वटा सनाइ, दुई वटा नरसिङ्गा, १/१ वटा दमाह, झ्यालि झ्याम्टा, ट्याम्को, कर्नाल र ढोलकी हस्तान्त्रण गरिएको उहाँको भनाइ छ । गाउँघर, सहर बजार सबैतिर सभा सम्मेलन, बिहे, पूजाआजा लगायतमा नौमती बाजाको प्रयोग अनिर्वाय...
एमाले महाधिवेशन : खोटाङबाट १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी

एमाले महाधिवेशन : खोटाङबाट १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङ, मङ्सिर ११ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि खोटाङमा ६५ जना आकांक्षी देखिएका छन् । ११ औं राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधित्व हुने १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी देखिएका हुन् । नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईका अनुसार खुला ५ कोटामा ४१ जना, महिला ३ कोटामा ९ जना, युवा १ कोटामा ११ जना र दलित १ कोटामा ४ जना आकांक्षी रहेका छन् । आकांक्षीहरुलाई मङ्सिर १२ गते छलफलका लागि पार्टी कार्यालय दिक्तेल बोलाइएको अध्यक्ष राईले बताउनुभयो । सबै प्रतिनिधि सर्वसम्मत चयन गर्न प्रयत्न भइरहेको बताइएको छ । सहमति नभए १३ गते महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्ला भरका एमालेका संगठित सदस्यहरुले मतदान गर्नु पर्ने हुन्छ । तर, मतदान नगरी सहमतिमै प्रतिनिधि चयन गरिने अध्यक्ष राईको भनाइ छ । खोटाङकै अन्य ७ जना नेता भने स्वतः प्रतिनिधि हुनेछन् । एकालेको वर्तमान केन्द्रीय कार्यसमित...
खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि

खोटाङमा मृत भेटिए एउटै घरका छोराछोरी, प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
राजकुमार भट्टराई (सरगम) खोटाङ, साउन २४ गते । खोटाङमा मृत भेटिएका बालबालिकाको प्रहरीलाई जानकारी नगराई अन्त्यष्टि गरेको पाइएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापतेलका नवराज बस्नेतका छोरी र छोरा बिहिबार राती मृत भेटिएका थिए । प्रहरीलाई जानकारी नगराई शुक्रबार बिहान छोराछोरीको अन्त्यष्टि गरिएको पाइएको हो । साउन २२ गते बिहिबार घरबाट हराइरहेका १० वर्षकी छोरी र ४ वर्षको छोरा जङ्गलमा मृत भेटिएका थिए । सँगै हराएका अन्य ४ जना बच्चा भने सकुसल भेटिएको पूर्व वडाध्यक्षसमेत रहनुभएका स्थानीय इन्द्र बहादुर बस्नेतले बताउनुभयो । भीरबाट लडेर मृत अवस्थामा भेटिएका उक्त दुई बच्चाको शुक्रबार अन्त्यष्टि गरिएको उहाँको भनाइ छ । यता प्रहरीलाई भने घटनाको केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भीरबाट लडेर मृत भेटिएको बालबालिकाको अन्त्यष्टि गरिएको भनेर गोरखापत्र समाचारदातालाई जानकारी आ...
दिप्रुङमा चैत २९ र ३० गते साहित्यिक माहोल, नवराज पराजुलीको कविता कन्सर्ट

दिप्रुङमा चैत २९ र ३० गते साहित्यिक माहोल, नवराज पराजुलीको कविता कन्सर्ट

Banner News 1, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २६ । खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चैत २९ र ३० गते साहित्यकि माहोल बन्ने भएको छ । गाउँपालिकाको व्यवस्थापन र ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ को आयोजनामा भब्य साहित्यिक कार्यक्रम हुन लागेको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपालकै चर्चित साहित्यकारहरुको उपस्थिति रहने छ । ‘दिप्रुङ चुइचुम्मा प्राज्ञ समाज’ ले आयोजना गरेको खुला राष्ट्रव्यापी कविता प्रतियोगितामा छनोट भएका देशभरका कविहरु प्रतियोगि कविता पनि वाचन गरेर सुनाउने छन् । यस्तै, राष्ट्रव्यापी कविता प्रतियोगितासँगै स्रष्टा सम्मान कार्यक्रम पनि रहेको संस्थाको सचिव आस्था कोपिलाले जानकारी दिनुभएको छ । प्रतियोगिताका लागि आएका ६७ कवितामध्ये वाचनका लागि कविहरू १५ वटा कविता अर्थात कविहरु छनोट भएको उहाँको भनाइ छ । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी, वरिष्ठ गायक बच्चु कैल...
खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानित

खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानित

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, चैत २ । खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानति भएका छन् । नेपाल शिक्षक संघ खोटाङले ५० जना निवृत्त शिक्षकलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरेको हो । नेपाल शिक्षक संघ खोटाङ जिल्ला कार्य समितिले जिल्ला प्रतिनिधिसभा कार्यक्रमको अवसरमा शिक्षक संघमा आवद्ध भएका, २०६३ साल यता निवृत्त भएका शिक्षकहरुलाई सम्मान गरेको जनाएको छ । शिक्षक संघले वर्षभरिको आयव्यय प्रस्तुत, आगामी योजना निर्माणका लागि हरेक वर्ष प्रतिनिधिसभा कार्यक्रम गर्ने गरेको छ । २०८१ सालको प्रतिनिधिसभा चैत २ गते दिक्तेलस्थित वी.पी. स्मृति भवनमा सम्पन्न भएको शिक्षक संघका विशिष्ट सदस्य एकराज बुढाथोकीले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा साथै नेपाल शिक्षक संघमा आवद्ध भएर लामो समयसम्म अतुलनीय योगदान पु¥याएकोमा निवृत्त शिक्षकलाई सम्मान गरिएको बुढाथोकीले बताउनुभयो । नेपाली कांग्रेस खोटाङका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि विष...
अपाङ्ग सेवा संघ खोटाङको नयाँ कार्य समिति चयन

अपाङ्ग सेवा संघ खोटाङको नयाँ कार्य समिति चयन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, माघ १८ । अपाङ्ग सेवा संघ खोटाङको नयाँ कार्य समिति चयन भएको छ । माघ १७ गते दिक्तेलमा भएको सातौँ अधिवेशनबाट जय नारायण कटवालको अध्यक्षतामा १५ जनाको कार्य समिति चयन भएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समिक्षालय हलमा भएको अधिवेशनले कटवाललाई सर्वसहमत अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा सर्वजित राई, सचिवमा लोकमणी श्रेष्ठ, सह–सहिचवमा सिता खत्री र कोषाध्यक्षमा रमेश चन्द्र राईलाई भेलाले सर्वसहमत निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा उमेशचन्द्र आचार्य, भानुभक्त अधिकारी, धन बहादुर नेपाली, अम्बिका अधिकारी, भगवती प्रधान, कजन बहादुर खड्का, हिमाल राई, चन्द्रकला रिजाल, गणेश खड्का र चेतना मगर निर्वाचित भएको नवनिर्वाचित सचिव लोकमणी श्रेष्ठले बताउनुभयो । कार्यक्रममा जिल्ला भरका करिब १५० जना अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संविधान सदस्य दुर...
ठाउँ–ठाउँमा पहिरो : हलेसी–जयराम सडक अझै खुलेन, यात्रु अलपत्र

ठाउँ–ठाउँमा पहिरो : हलेसी–जयराम सडक अझै खुलेन, यात्रु अलपत्र

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, असोज १८ । अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको हलेसी–जयराम सडक अझै खुल्न सकेको छैन् । धेरै ठाउँमा पहिरो खसेकाले सडक खुल्न ढिलो भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । १७ गते राती परेको अविरल वर्षाका कारण सडकको ठाउँ–ठाउँमा पहिरो खसेको हो । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको खोक्सेली लगायतका ठाउँहरुमा पहिरो खस्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनुभयो । अन्य सबै पहिरो पन्छाएर जेसिबि अहिले कदुवा पुगेको छ । कदुवामा पनि दुई वटा पहिरो रहेकाले पन्छाएर सडक खोल्न अझै २ घण्टा बढी लाग्ने उहाँको भनाइ छ । साँझ ७ बजेसम्ममा सडक पूर्णरुपमा सञ्चालनमा आउने प्रहरी निरीक्षक राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाले व्यवस्थाप...