Wednesday, March 4News That Matters

भट्टराईले कार्यकर्तालाई केराको पैसा दिएको थिए, सामाजिक सञ्जालमा फैलियो भ्रम

एमाले नेता भट्टराईले केरा लिदै गरेको र पैसा दिदै गरेको तस्बिर

खोटाङ, फागुन ६ । अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल छ । भाइरल फोटोमा एक जना ब्यक्तिलाई नेकपा एमालेका नेता विशाल भट्टराईले पैसा दिएकोे देखिन्छ । सोही फोटो मतदाता फकाउन नेता भट्टराईले पैसा दिएको भन्दै सामाजिक सञ्जालमा भाइरहल भइरहेको छ ।

यस विषयमा रुपाकोट खबरले बुझ्दा फोटोको यथार्थ अर्कै रहेको पाइएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज भट्टराईले रावा बेसी गाउँपालिका–१ कुभिण्डेका नवराज रेग्मीलाई केराको पैसा दिएको पुष्टि भएको छ । फागुन ५ गते एमालेले पालिकाको केन्द्र हरमटारमा निर्वाचन विशेष भेला आयोजना गरेको थियो । सोही भेलामा एमालेका सकृय सदस्य तथा कार्यकर्तासमेत रहेका रेग्मीले केरा लिएर आएका थिए ।

नवज्योति कृषि फर्मका सञ्चालक रेग्मी कुभिण्डेका अघुवा कृषक हुन् । पार्टीको भेलामा फर्ममा उत्पादन भएको केरा लिएर गएका थिए । उक्त केरा सित्तैमा खानु हुन्न भन्दै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले पाँच सय रकम दिएको बताउछन् । उक्त रकम दिदै गरेको फोटो खिचिरे गलत अर्थ लगाउदै सामाजिक सञ्जालमा अहिले भ्रम सृजना भइरहेको भट्टराईको भनाइ छ ।

सामाजिक सञ्जालमा फैलिएको विषय र नेता भट्टराईको भनाइको यथार्त बुझ्दा सामाजिक सञ्जालमा फैलिएको विषय भ्रम रहेको पुष्टि भएको छ । पैसा लिदै गरेको रेग्मी एमालेको सकृय सदस्य रहेको पुष्टि हुन्छ । (१६१८११४) नम्बरको उनको पार्टी सदस्यनै रहेको पुष्टि भएको छ । उनले केरा लिएर कार्यक्रममा गएको पनि पुष्टि भएको छ । तसर्थ आफ्नै कार्यकर्तालाई नेता भट्टराईले मत फकाउन पैसा दिएको भन्ने कुरा भ्रम रहेको देखिन्छ । तथापी त्यसरी कुनै सामानको पैसा दिदा निर्वाचनको समयमा फोटोनै खिचेर पैसा दिनु गलत रहेको कतिपयको भनाइ छ ।

नवराज रेग्मीको एमाले पार्टी सदस्यता