Wednesday, March 4News That Matters

खोटाङमा १३ वर्षीया छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ

खोटाङ फागुन, १० गते । खोटाङमा १३ वर्षीया  छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका २४ वर्षीय टेकबहादुर खत्री पक्राउ परेका हुन् ।

आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी  गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए ।

परिवारले घटनाको विषयमा जानकारी गराएपछी शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । परिवारले लिखित जाहेरी दिइसकेका छन । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
बालिकाको जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरिएको छ ।