
धान दिवस ! कठै ! कृषि प्रधान मेरो देश !
तिर्थराज दाहाल (राजु)
खोटाङ, असार १६ । वि.स. २०४९/५० सालतिर सानो केटो म र म जस्ता धेरैको जनजीवन तराईको देहात ( गाउँमा ) हलि दाईहरू सत्ना,बौवा ,भर्ता लगायत ८/१० हल गोरू २०/३० जना रोपाहारलाई बिहान ७/८ बजे खाजा सुख्खा रोटि वा तात्तातो भात,प्याज,काँचो तेल सहित नुन खोर्सानी पानी हालेर छप्ल्याङ छप्ल्याङ पारेर ग्वामग्वाम खान्थे र खाईन्थ्यो ।
हलिले खाजा खाएको समयमा अनौभन्दा सानो भएपनि २/४ फेर घुमाईन्थ्यो । राष्ट्रिय धान दिवस थाहा थिएन तर धान खेत खलियानमा पहेँलपुर हुन्थे । साँझबिहान गोरू घुमाएर दाउनी गर्ने, धान राति पेट्रोलम्याक्स बालेर कत्रिने (बाला काटेर छुट्याउने), बयलगाडामा धान पराल लोड गरेर सुरक्षित रूपमा माच (कुन्यु) बनाएर राख्ने चलन थियो । मल नजिकको बजारमा नपाए पनि कालोबजारीका मल भए पनि सहजै पाईन्थ्यो । ढुवानीमा समस्या भएपनि साईकल, बयलगाडामा ल्याईन्थ्यो । धानको उचित मूल्य निर्धारण थिएन क...