कार्यसम्पादन मुल्याङ्कनमा हलेसी तुवाचुङ लगातार खोटाङ प्रथम
खोटाङ, माघ २९ । स्थानीय सरकारहरूको कार्यसम्पादन मुल्याङ्कनमा खोटाङ जिल्लाको दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका लगातार प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नौ स्थानीय तहलाई पछि पार्दै हलेसी तुवाचुङ यो वर्ष पनि पहिलो भएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ को माघ २९ गते बिहिबार सार्वजनिक गरेको स्थानीय सरकारहरूको अन्तिम कार्यसम्पादन मुल्याङ्कन नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले सबै भन्दा बढी ७२.५५ नम्बर पाएको छ । अघिल्लो आर्थिक वर्षमा पनि हलेसी तुवाचुङ नगरपालिकानै प्रथम भएको थियो । यो वर्ष पनि दोस्रो भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७१.९४ अङ्क पाएको छ । ६६.४१ अङ्क ल्याएर खोटेहाङ गाउँपालिका तेस्रो भएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकाले ६...









