
खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानित
खोटाङ, चैत २ । खोटाङका ५० जना निवृत्त शिक्षक सम्मानति भएका छन् । नेपाल शिक्षक संघ खोटाङले ५० जना निवृत्त शिक्षकलाई दोसल्ला ओढाएर सम्मान–पत्रले सम्मान गरेको हो ।
नेपाल शिक्षक संघ खोटाङ जिल्ला कार्य समितिले जिल्ला प्रतिनिधिसभा कार्यक्रमको अवसरमा शिक्षक संघमा आवद्ध भएका, २०६३ साल यता निवृत्त भएका शिक्षकहरुलाई सम्मान गरेको जनाएको छ । शिक्षक संघले वर्षभरिको आयव्यय प्रस्तुत, आगामी योजना निर्माणका लागि हरेक वर्ष प्रतिनिधिसभा कार्यक्रम गर्ने गरेको छ । २०८१ सालको प्रतिनिधिसभा चैत २ गते दिक्तेलस्थित वी.पी. स्मृति भवनमा सम्पन्न भएको शिक्षक संघका विशिष्ट सदस्य एकराज बुढाथोकीले जानकारी दिनुभयो ।
शिक्षा क्षेत्रमा साथै नेपाल शिक्षक संघमा आवद्ध भएर लामो समयसम्म अतुलनीय योगदान पु¥याएकोमा निवृत्त शिक्षकलाई सम्मान गरिएको बुढाथोकीले बताउनुभयो । नेपाली कांग्रेस खोटाङका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि विष...