महभीर फोडेर जोडियो दिक्तेल–तराई सडक
खोटाङ, असार १४ । महभीर फोडेर खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो दुरीको सडक जोडिएको छ । महभीर नजिक दुवैतर्फ सडकको ट्रयाक जोडिएपनि भीर फोड्न नसक्दा सडक जोडिन सकेको थिएन । करिब पाँच महिनाको लगातारको मिहिनेतले मह भीर फोडिएपछि पहिलो पटक छोटो दुरीको सडक जोडिएको हो ।
दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेलबाट तराईका जिल्ला आवतजावत गर्ने सबै भन्दा छोटो दुरीको सडक हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको महभीरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट महभिरसम्म ट्रयाक केही वर्ष अगाडीनै खोलिएको थियो । महभिरमा ठूलो चट्टान भएकाले विकल्पकोरुपमा राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारको सडक प्रयोगहुँदै आएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/०८३ को...









