
डुम्रेधारापानीका नागरिकले काठमाडौंमै पाए वडाको सेवा
खोटाङ, भदौ २६ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीका नागरिकले संघीय राजधानी काठमाडौंमै वडाको सेवा पाएका छन् । डुम्रेधारापानी स्थायी ठेगाना भएर विभिन्न कामले काठमाडौं बस्दै आएका नागरिकलाई जनप्रतिनिधि र कर्मचारीले उहीँ पुगेर वडाको सेवा प्रदान गरेका हुन् ।
डुम्रेकोट सेवा समाज खोटाङ, काठमाडौंको समन्वयमा वडा कार्यालयले सोमबार आयोजना गरेको प्रशासनिक घुम्ति सेवाबाट २ सय बढीले सेवा लिएका छन् । वडाध्यक्ष ज्ञान बहादुर पाण्डे र वडा सचिव सुवास पौडेल उपस्थित भएर प्रदान गरिएको घुम्ति सेवा बिहान ८ बजेदेखि राती ८ बजेसम्म सञ्चालन भएको थियो । सेवाग्राहीको भिड लागेकाले रातीसम्म सेवा सञ्चालन गर्दा पनि केही नागरिकको काम बाकी नै रहेको छ । उक्त बाकी काम मंगलबार (आज) सक्ने वडाध्यक्ष पाण्डेले बताउनुभयो ।
स–साना कामका लागि ठुलो खर्च गरेर वडा कार्यालय आउनु पर्ने नागरिकहरुको समस्या छ । जसकारण नागरिकको ...