
खोटाङ, असार ८ । अघिल्लो वर्षको तुलानामा खोटाङमा कक्षा १२ को नतिजामा समग्र केही सुधार देखिएपनि दुई वटा विद्यालयले निल खाएका छन् । अघिल्लो वर्ष करिब ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका थिए । यो वर्ष ५६.८२ प्रतिशत विद्यार्थीले सफल ग्रेड प्राप्त गरेका छन् अर्थात परीक्षामा उत्तिर्ण भएका छन् ।
असार ५ गते राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार समग्र जिल्लाको उत्तिर्ण दरमा सामान्य सुधार भएपनि केही विद्यालयको नतिजा निराशाजनक रहेको छ । साकेला गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र हलेसी तुवाचुङ नगरपालिकाको मालिकादेवी माध्यमिक विद्यालयले भने निल खाएका छन् । सरस्वतीबाट २ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २ जनानै अनुत्तिर्ण भएका हुन् । यस्तै, मालिकादेवीबाट ७ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा सबै अनुत्तिर्ण भएका छन् ।
दश वटै स्थानीय तहका शिक्षा शाखाले दिएको तथ्याङ्क अनुसार जिल्लाभरको निजी तथा सामुदायिक विद्यालयबाट कक्षा १२ को समग्र नतिजामा अघिल्लो वर्ष भन्दा केही सुधार भएपनि उल्लेखनीय प्रगती नदेखिएको हो । जिल्लाभर १ हजार १ सय ८१ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमा ६ सय ७१ जना उत्तिर्ण भएका हुन् । माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका अजय पाण्डेले सबै भन्दा धेरै ३.९० जीपिए ल्याएर जिल्ला उत्कृष्ट भएका छन् ।
जिल्लाको सबै भन्दा थोरै विद्यार्थी संख्या भएको साकेला गाउँपालिकामा राधाकृष्ण माविबाट ५ जना सहभागी भएकोमा ३ जना उत्तिर्ण, साकेला माविबाट ४ जना सहभागी भएकोमा १ जना उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कविराज राईले बताउनुभयो । जिल्लाको अग्रणी क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसबाट ४५ जना सहभागी भएकोमा २७ जना उत्तिर्ण भएको क्याम्पसका कम्युटर अपरेटर मिलन राईले बताउनुभयो ।
केपिलासगढी गाउँपालिकाको कक्षा १२ सम्म सञ्चालन रहेको एउटा मात्र विद्यालय पृथ्वी माध्यमिक विद्यालयबाट ३७ जना सहभागी भएकोमा ३४ जना विद्यार्थी उत्तिर्ण भएको प्रधानाध्यापक चण्डी प्रसाद रिमालले बताउनुभयो ।
यस्तै, कक्षा १२ सञ्चालन भएको एउटा मात्र विद्यालय रहेको जन्तेढुंगा गाउँपालिकाको चिसापानी माविबाट ९७ जना विद्यार्थी सहभागी भएकोमा २८ जना मात्र उत्तिर्ण भएको गाउँपालिकाको शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक चक्र बहादुर कार्कीले बताउनुभयो ।
यस्तै, कक्षा १२ सम्म सञ्चालन भएको दुई वटा मावि रहेको बराहपोखरी गाउँपालिकामा बालकन्या माविबाट ४४ जना सहभागी भएकोमा ३४ जना उत्तिर्ण र शङ्खेस्वरी माविबाट २९ जना सहगाभी भएकोमा १८ जना विद्यार्थी उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विज्ञान राउतले बताउनुभयो ।
यस्तै, खोटेहाङ गाउँपालिकाको भगवती दिनानाथ माविबाट ५० जना सहभागी भएकोमा ४७ जना उत्तिण, सिम्पानी माविबाट ४१ जना सहभागी भएकोमा १९ जना उत्तिर्ण र सावाकाली माविबाट ९ जना सहभागी भएकोमा २ जना मात्र उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार खड्काले बताउनुभयो ।
यस्तै, रावा बेसी गाउँपालिकामा शारदा मावि खार्पाबाट १८ जना सहभागी भएकोमा १६ जना उत्तिर्ण, देउराली माविबाट ३३ जना सहभागी भएकोमा १० मात्र उत्तिर्ण र विश्वज्योति माविबाट ४ जना सहभागी भएकोमा ४ जनै उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनकुमार खत्रीले बताउनुभयो ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा माक्पा माविबाट ८ जना सहभागी भएकोमा ३ जना उत्तिर्ण, त्रिभुवन माविबाट ३१ जना सहभागी भएकोमा २५ जना उत्तिर्ण र कालिका बाल विकास माविबाट १४ जना सहभागी भएकोमा १३ जना विद्यार्थी उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निरकुमार बस्नेतले बताउनुभयो ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा महेन्द्रद्धोय मावि ओख्रेबाट २० जना सहभागी भएकोमा ७ जना उत्तिर्ण, शान्ति मावि छोरम्बुबाट ५ जना सहभागी भएकोमा सबै उत्तिर्ण, जनता मावि बतासेबाट २० जना सहभागी भएकोमा १० जना उत्तिर्ण, कृष्णमावि टेम्माबाट ९ जना सहभागी भएकोमा ५ जना उत्तिर्ण, सरस्वती मावि डाडाखर्कबाट ३१ जना सहभागी भएकोमा १२ जना उत्तिर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले बताउनुभयो ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा च्यास्मिटार माविबाट १९ जना सहभागी भएकोमा १२ जना उत्तिर्ण, लक्ष्मी माविबाट १६ जना सहभागी भएकोमा १२ जना उत्तिर्ण, दुर्छिम माविबाट १६ जना सहभागी भएकोमा १० जना उत्तिर्ण, पिपलडाँडा देवीस्थान माविबाट १८ जना सहभागी भएकोमा १४ जना उत्तिर्ण, महेन्द्रदोय माविबाट २५ जना सहभागी भएकोमा २१ जना उत्तिर्ण, बुलापन्थे माविबाट १६ जना सहभागी भएकोमा ९ जना उत्तिर्ण, जनता मावि सल्लेबाट ६ जना सहभागी भएकोमा १ जना मात्र उत्तिर्ण, सरस्वती मावि अर्खौलेबाट १५ जना सहभागी भएकोमा ८ जना उत्तिर्ण र ज्याति माविबाट १३ जना सहभागी भएकोमा ११ जना उत्तिर्ण भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेश प्रसाद निरौलाले बताउनुभयो ।
यस्तै, सबै भन्दा धेरै कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय र धेरै विद्यार्थी भएको दिक्तेल रुपाकोट मझुवागढीमा श्री मावि बास्बोटेबाट १६ जना सहभागी भएकोमा १२ जना उत्तिर्ण, पञ्चमाविबाट ६ जना सहभागी भएकोमा ५ जना उत्तिर्ण, चम्पावती मावि बुइपाबाट ३३ जना सहभागी भएकोमा १२ जना उत्तिर्ण, सरस्वती मावि दिक्तेलबाट १ सय ६९ जना सहभागी भएकोमा ९६ जना उत्तिर्ण, विद्धोदय मावि दोर्पाबाट १२ जना सहभागी भएकोमा ४ जना उत्तिर्ण, पञ्कन्या मावि मालाबाट १४ जना सहभागी भएकोमा १२ जना उत्तिर्ण, सरस्वती मावि पाथेकाबाट ३० जना सहभागी भएकोमा २६ जना उत्तिर्ण, कालिका मावि खार्मीबाट १४ जना सहभागी भएकोमा ११ जना उत्तिर्ण, जालपा मावि जालपाबाट २० जना सहभागी भएकोमा ३ जना मात्र उत्तिर्ण, चम्पावती मावि विजयखर्कबाट ५ जना सहभागी भएकोमा ३ जना उत्तिर्ण, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलबाट ९० जना सहभागी भएकोमा ४७ जना उत्तिर्ण र दिक्तेल इङ्लिस बोर्डिङ स्कुलबाट २४ जना सहभागी भएकोमा २१ जना उत्तिर्ण भएको शिक्षा शाखा प्रमुख धनेन्द्र अधिकारीले बताउनुभयो ।
