Saturday, July 27News That Matters

अन्तर्राष्ट्रिय

हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प

हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय, ताजा अपडेट
हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प आएपछि मानिसहरु घरबाहिर भागेका र अहिले अवस्था कोलाहलपूर्ण रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । क्षतिको विवरण आइसकेको छैन । सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो । ११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकिँदै फेरि अर्को शक्तिशाली भूकम्प गएको हो ।...
भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० जनाको ज्यान गयो

भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० जनाको ज्यान गयो

अन्तर्राष्ट्रिय, ताजा अपडेट
भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको ज्यान गएको छ । अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ । त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडकमाथिको पहाड खस्दा यस्तो हताहती भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीसहित केही यात्रु पुरिएको आशङ्का गरिएको छ । पहिरो गएको जानकारी पाउना साथ राहत र उद्धारको टोली खटिएको त्यहाँको प्रशासनले जनाएको छ । पहिरो पछि पनि ठूला ढुङ्गा खसिरहेकाले उद्धारमा केही कठिनाइ भएको छ । हिमाञ्चल प्रदेशका मुख्मन्त्री जयराम ठाकुरले पहिरोमा पुरिएकाहरुको उद्धारका लागि हरसम्भव प्रयास गरिने बताउनु भएको छ । ...
अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

अफगानिस्तानमा तालिबानको बढ्दो प्रभाव रोक्न हवाई आक्रमणलाई तीव्रता

Banner News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको छ । जरञ्ज राज्यको शाबरगानमा रहेको एक जेलका सबै कैदीलाई तालिबानले रिहा गरिदिएको छ । तालिबानले पछिल्लो तीन दिनमा तीन वटा प्रान्तीय राजधानी आफूहरुले कब्जामा लिएको दाबी गरेको छ । लडाकुहरुले पछिल्लो पटक कुन्दुज प्रान्तको राजधानी नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यसअघि निम्रोजको राजधानीकाे जरञ्ज र जोजन राज्यको शाबरगान नियन्त्रणमा लिइएको दाबी गरिएको थियो । अफगानिस्तानबाट अमेरिकासहितका विदेशी सेना फिर्ता हुने निर्णयसँगै तालिबा...
सीमा क्षेत्रमा गोली चल्दा आसाम प्रहरीका ६ जवान मारिए

सीमा क्षेत्रमा गोली चल्दा आसाम प्रहरीका ६ जवान मारिए

Banner News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
आसाम र मिजोरमको सीमा क्षेत्रमा भएको भिडन्तमा आसाम प्रहरीका ६ जना मारिएका छन् । आसामका मुख्यमन्त्री हिम्मत विश्व सरमाले ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । मारिनेहरु सीमा सुरक्षामा खटिएका जवानहरु हुन् । आसाम र मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका थिए । आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ । मिजोरम र त्रिपुराबीचमा पनि सीमा विवाद छ । यी विवाद मिलाउन भारतको केन्द्र सरकारले हस्तक्षेपसमेत गरेको थियो । सीमा विवादकै कारण गत वर्ष पनि यहाँ तनावको स्थिति सिर्जना भएको थियो । आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा...