Thursday, December 4News That Matters

जेनजी आन्दोलनमा बनेपा हिरासतबाट फरार एक ब्यक्ति खोटाङमा पक्राउ

खोटाङ, कात्तिक २२  । जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक ब्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका–६ केराबारीका २३ वर्षीय प्रबिन मगर रहेका छन् ।

जबरजस्ती करणीको मुद्धामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थिए । फरार भएको करिब २ महिना पछि प्रहरीले पक्राउ गरेको हो । काभ्रे हिरासतबाट फरार भएका मगर आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले कात्तिक २० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

मगरलाई थप कारबाहीको लागि बनेपा इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीलाई कात्तिक २२ गते जिम्मा लगाएर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो ।