खोटाङ, मङ्सिर ११ । नेकपा एमालेको महाधिवेशन प्रतिनिधिका लागि खोटाङमा ६५ जना आकांक्षी देखिएका छन् । ११ औं राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधित्व हुने १० प्रतिनिधि कोटामा ६५ जना आकांक्षी देखिएका हुन् ।
नेकपा एमाले खोटाङका अध्यक्ष देवविक्रम राईका अनुसार खुला ५ कोटामा ४१ जना, महिला ३ कोटामा ९ जना, युवा १ कोटामा ११ जना र दलित १ कोटामा ४ जना आकांक्षी रहेका छन् ।
आकांक्षीहरुलाई मङ्सिर १२ गते छलफलका लागि पार्टी कार्यालय दिक्तेल बोलाइएको अध्यक्ष राईले बताउनुभयो । सबै प्रतिनिधि सर्वसम्मत चयन गर्न प्रयत्न भइरहेको बताइएको छ । सहमति नभए १३ गते महाधिवेशन प्रतिनिधि चयनका लागि जिल्ला भरका एमालेका संगठित सदस्यहरुले मतदान गर्नु पर्ने हुन्छ । तर, मतदान नगरी सहमतिमै प्रतिनिधि चयन गरिने अध्यक्ष राईको भनाइ छ ।
खोटाङकै अन्य ७ जना नेता भने स्वतः प्रतिनिधि हुनेछन् । एकालेको वर्तमान केन्द्रीय कार्यसमितिको पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्यहरु खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल र केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले स्वत प्रतिनिधि हुनेछन् । यस्तै, पार्टीले गरेको विशेष व्यवस्था अनुसार एकिकृत समाजवादीबाट एमालेमा आएका केन्द्रीय सदस्य ववि चाम्लिङ र अम्बिका राई पनि स्वतः प्रतिनिधि हुने अध्यक्ष राईले जानकारी दिनुभयो ।
आकांक्षीहरुको नाम निम्नअनुसार छ


