
खोटाङ, माघ १५ । रावा बेसी गाउँपालिका–६ हौँचुरका नौमती बाजा संरक्षण समुहलाई वडा कार्यालयले नौमती बाजा प्रदान गरेको छ । परम्परागत नौमती बाजा संरक्षणको लागि वडामा संरक्षण समुह निर्माण गरिएको छ । उक्त समुहलाई वडा कार्यालयले बिहिबार एक थान बाजा हस्तान्त्रण गरिएको हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले जानकारी दिनुभयो ।
सभा सम्मेलन, बिहे, पूजाआजा लगायतमा नौमती बाजाको प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय बाजा बजाउन चलन हट्दै गएको छ । जसकारण त्यसको संरक्षणको लागि सुबास परियारको नेतृत्वमा संरक्षण समुह निर्माण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । उक्त समुहलाई गाउँपालिकाले फर्ममार्फत खरिद गरेको दुई वटा सनाइ, दुई वटा नरसिङ्गा, १/१ वटा दमाह, झ्यालि झ्याम्टा, ट्याम्को, कर्नाल र ढोलकी हस्तान्त्रण गरिएको उहाँको भनाइ छ ।
गाउँघर, सहर बजार सबैतिर सभा सम्मेलन, बिहे, पूजाआजा लगायतमा नौमती बाजाको प्रयोग अनिर्वाय जस्तै थियो । तर, पछिल्लो समय यसको प्रयोग कमहुँदै गएको छ । बढ्दो प्रविधिको प्रयोग, दलित समुदायका व्यक्तिले मात्र बाजा बजाउनु पर्छ भन्ने गलत सोच र युवा पुस्ताले बाजा बजाउने कार्यलाई नअपनाउनु लगायतका कारण नौमती, पञ्चे बाजाहरु लोपहुँदै गएका छन् ।
