Saturday, July 27News That Matters

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को टप ९ मा खोटाङका राजेश राई

खोटाङ, भदौ २८ । इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राईले प्रतिस्पर्धा गरिरहेका छन् । हालसम्म टप ९ घोषणा हुँदा राई पनि पर्न सफल भएका छन् ।

प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको टप ८ कालागि भोटिङ खुल्ला भइसकेको छ । राईलाई टप ८ मा पु¥याउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए । टप ८ कालागि आगामी आइतबार राती १२ बजेसम्म भोट गर्न मिल्नेगरी गत आइतबारबाट भोटिङ लाइन खुल्ला भइसकेको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–८ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् ।

भ्वाइस स्टार नेपाल्सले निर्माण गरेको उक्त रियालिटी शोमा निर्णायक संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहेका छन् । शोको नियम अनुसार अन्य रियालिटी शोमा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्षभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक गायिकाले सहभागीता जनाएका छन् ।

कार्यक्रमको विजेताले २५ लाख नगद प्राप्त गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *