Sunday, October 5News That Matters

रास्वापाले खोटाङमा सुरु गर्यो वडा अधिवेशन, दिक्तेलको सभापतिमा दुर्गादेवी


खोटाङ, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खोटाङमा वडा अधिवेशन सुरु गरेको छ । जिल्ला सदरमुकाम एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबाट रास्वपाले वडा अधिवेशन सुरु गरेको हो ।

शुक्रबार भएको पहिलो वडा अधिवेशनले दिक्तेल वडाको सभापतिमा दुर्गा देवी कार्कीलाई चयन गरेको छ । पार्टीको बिधान अनुसार कार्कीको नेतृत्वमा ११ जनाको वडा समिति निर्माण गरिएको रास्वपाका खोटाङ सभापति मुकुन्द कृष्ण थापाले जानकरी दिनुभयो । उप–सभापतिमा चन्द्र बहादुर परियार, सचिवमा पदम घिमिरे चयन हनुभएको छ । यस्तै, सदस्यहरुमा सिता बस्नेत, इन्द्र बेलास आचार्य, सुशिला बास्तोला, गिता आचार्य, लीलानाथ पाण्डे, डिल्ली प्रसाद आचार्य, राधा घिमिरे पराजुली र तोरण सैंजु रहनुभएको छ ।

कार्यक्रममा जिल्ला सभापति थापासँगै जिल्ला सचिव तुला बहादुर खत्री, दिक्तेल नगर संयोजक पर्शुराम थापा (आशिष), जिल्ला RAT बिभाग संयोजक आनन्द खत्री, जिल्ला अनुशासन आयोगका सदस्य तिर्षना विश्वकर्मा लगायतको उपस्थिति रहेको बताइएको छ ।

आगामी असोजसम्म वडा अधिवेशन सक्ने र पालिका अधिवेशन सुरु गर्ने रास्वपाको केन्द्रीय निर्णय रहेको छ । सोही अनुसार जिल्लामा असोज भित्र ७९ वटै वडाको अधिवेशन सम्पन्न गरिने सभापति थापाले बताउनुभयो ।