Saturday, July 27News That Matters

सांसद पाँचकर्णलाई कालो मोसो दल्न खोज्ने पहिचान पक्षधर चार युवा पक्राउ गरेर छाडियो


खोटाङ, चैत २५ । खोटाङमा प्रदेश सांसद पाँचकर्ण राई बिरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा पक्राउ परेका छन् । कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै सांसद राई बिरुद्ध शनिबार समन्वय समितिको सभाहलमा भइरहेको जिल्लासभामा उनिहरु कालो झण्डासहित प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा उत्रिएका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खा दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका हुन् ।

जिल्लासभा सञ्चालन भइरहकैबेला प्रवेश गरेर नाराबाजी गर्दै कालो झण्डा देखाइएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । यायोक्खाका अध्यक्ष बाहेक अन्य तीन जनालाई भने हतकडी हालेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आव्हान गरिएको तर त्यस विपरित गरिएकाले बिरोध गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयमा लगिएका चार जनालाई नै केही समय पछि छाडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *