Saturday, November 9News That Matters

टेम्मामा कात्तिक १ गते फुटबलसँगै सांस्कृतिक कार्याक्रमको रौनक


खोटाङ, असोज २१ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा कात्तिक १ गतेदेखि फुटबल प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम हुने भएको छ । टेम्मा स्पोर्ट क्लबको आयोजनामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सँगै राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

दसैँ एवं तिहार लगायतको चाडपर्वको अवसरमा आयोजना गरिएको कार्यक्रममा (७–ए साइड) अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता हुनेछ । यस्तै, कार्यक्रममा कलाकारहरु सुनिता थेगिम, उमेश राई (फुलन्देको आमा), रुपकुमार राई, रोशन राई, इन्द्रकला राई, हसन राई, अर्जुना राई, बिनोद राई, गण्डकी राई, मोडलहरु अनुशा राना साम्पाङ र शसिकला राईको विशेष प्रस्तुती रहने कार्यक्रमका संयोजक ग्याबिन किराँतीले बताउनुभएको छ ।

कार्यक्रम टेम्मास्थित कृष्ण उच्च माविको खेल मैदानमा सञ्चालन हुनेछ । फुटबल प्रतियोगिताको विजेता हुने टिमले रु ७० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै, उपविजेता टिमलाई रु ४० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, हाई स्कोरर, बेस्ट डिफेण्डर र बेस्ट कोचलाई जनही नगद २ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक राईको भनाइ छ ।

यस्तै, खुल्ला एकल नृत्य प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद १० हजार, ५ हजार र ३ हजारको साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।