Saturday, July 27News That Matters

लोकप्रिय गायक थानेश्वर र खोटाङकी सबिताको स्वरमा “डाँडा पारी जुन”


खोटाङ, चैत ११ । लोकप्रिय गायक थानेश्वर गौतम र खोटाङमा जन्मिएकी गायिका सबिता बस्नेतको स्वरमा नयाँ गीत “डाँडा पारी जुन” बजारमा आएको छ । दुई दिन अगाडि युटुवमा सार्वजनिक गरिएको यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रभा ब्रर्तौलाको शब्द रहेको “डाँडा पारी जुन” गीतको संगीत स्वयं गायक थानेश्वरकै रहेको छ । संगीत संयोजन भने रमेश सेन्चुरीको रहेको छ । गीतको भिडियोमा प्रभात पल ठकुरी, सम्पदा अम्गाईं र युवराज भट्टराई लगायतको अभिनय देख्न सकिन्छ । राम केसीको टिमले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडिओ बिशाल घिमिरेले निर्देशन गरेका हुन् ।

नेपाली गीत संगीत क्षेत्रमा चर्चा कमाइसकेका गायक थानेश्व र नव गायिका सबिताको आवाजमा रहेको नयाँ गीत “डाँडा पारी जुन” ले पनि दर्शकको मन जित्ने टिमको विश्वास छ । एक पटक गीत हेरेर एवं सुनेर प्रतिक्रिया दिन गायिक बस्नेतले दर्शकहरुलाई अनुरोध गरेकी छिन् ।