Saturday, July 27News That Matters

खोटाङका गायक हर्क गदाल र शान्ती श्री परियारको नयाँ गीत सार्वजनिक (भिडियो सहित)

खोटाङ, माघ १५ । खोटाङका गायक हर्क गदाल र चर्चित गायीका शान्ती श्री परियारको आवाजमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । खोटाङमै छायांकन गरिएको “मेरी काली” बोलको उक्त म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका गदाल लामो समयदेखि मोफसलमा बसेर गीत संगीतमा काम गरिरहेका छन् । उनै गायक तथा संगीतकार गदालले “मेरी काली” बोलको लोक दोहोरी गीत बजारमा ल्याएका हुन् । गीतलाई साइनो कला केन्द्रको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका उपमेयर विसन राईले लोकार्पणसमेत गरेका छन् । खोटाङ म्युजिक युटुव च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।

गीतमा गदालको आफ्नै शब्द, संगीत रहेको छ । गीतको भिडियो खोटाङको दिक्तेल, खाल्ले, मझुवागढी लगायतका क्षेत्रका छायांकन गरिएको हो । खोटाङ खार्मीका ज्ञानेन्द्र कमेडियानले निर्देशन गरेको भिडियोमा प्राय सबै जिल्लाकै नव कलाकारहरुको अभिनय रहेको छ । पर्शु गजमेर, सारा विश्वकर्मा, राजेश तामाङ, प्रमिला रम्तेल, सुजता रिजाल, केदार अनुरागी, नुरकाजी सैजु, दुर्गा रसाइली, पदम हिङमाङ, पुर्न परियार लगायतले भिडियोमा अभिनय गरेका छन् ।

गीत लोकार्पण कार्यक्रममा बोल्दै उपमेयर राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, पत्रकार दमन राई लगायतले गीत र भिडियो दुवै उत्कृष्ट बनेको बताएका छन् ।

गायक गदालको माया प्रति लाउनु, पञ्चेबाजा लगायतका गीत चर्चित छन् ।

हेर्नुहोस् गीत