Saturday, July 27News That Matters

मोफसलका गायक कुबेर राईले ल्याए “मैच्याङ”

खोटाङ, असोज १५ । गायक कुबेर राईले “मैच्याङ” बोलको गीत ल्याएका छन् । मोफसलमा बसेर सांगीतिक क्षेत्रमा लागिरहेका गायक राईले “मैच्याङ” बोलको तामाङ सेलो गीत सार्वजनिक गरेका हुन् ।

शब्द, संगीत र आवाज स्वयं गायक राईकै रहेको “मैच्याङ” तुवाचुङ टिभि युटुव च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको हो । स्टुडियो किङमा रेकर्ड गरिएको गीतको एरेन्ज मिक्सिङ राजु कार्कीले गरेका छन् ।

सोल्टीनी, सोल्टीनी २, मायाको चिनो, फाटेको रुमाल, जुग जाने माया लगायतका पूर्वेली लोक गीत बजारमा ल्याइसकेका गायक राईले अर्को कोसेलीकोरुपमा “मैच्याङ” लाई सार्वजनिक गरेका हुन् । युटुवमा गायक राईको सोल्टीनी गीतलाई सबै भन्दा धेरै रुचाइएको छ । सोल्टीनीलाई हालसम्म ६ लाख ८० हजार बढी दर्शकले हेरेका छन् । सोमबार सार्वजनिक भएको गायक राईको पुराना भन्दा फरक गीत “मैच्याङ” लाई पनि दर्शकले रुचाउनेमा आफु विश्वस्त भएको गायक राईले बताए ।

मोफसलमा बसेर सांगीतिक क्षेत्रमा लागिरहेका गायक राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका हुन् ।